• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपाल र किम्स अस्पतालबीच स्वास्थ्य सेवामा सीप र क्षमता अभिवृद्धिका लागि सहकार्य

June 1st, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपाल र किम्स अस्पतालबीच स्वास्थ्य सेवामा सीप र क्षमता अभिवृद्धिका लागि सहकार्य

हेल्थ टुडे,
काठमाडौं, १८ जेठ : भारतको एक प्रमुख कर्पोरेट स्वास्थ्य संस्था, कृष्णा इन्स्टिच्युट अफ मेडिकल साइन्सेज लिमिटेड (किम्स हस्पिटल्स) ले नेपालको स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्दै स्वास्थ्य सेवा क्षेत्रमा सीप विकास र क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेको छ । १८ वटा तृतीय–स्तरीय अस्पतालहरूको सञ्जाल, पाँच हजार ५०० भन्दा बढी शैय्या, र पछिल्लो ५ वर्षमा १ करोडभन्दा बढी जीवनहरूमा प्रत्यक्ष प्रभाव पारेको किम्स अस्पतालले आफ्नो विशेषज्ञता सीमाभन्दा पर पु¥याउने लक्ष्य राखेको छ । यो सहकार्यले चिकित्सा उत्कृष्टता, रोगी सुरक्षा, र मानव स्रोत विकासको क्षेत्रलाई मजबुत पार्ने उद्देश्य राखेको छ ।
सहकार्यका मुख्य स्तम्भहरू निम्ब अनुसार रहेका छन :

१. क्लिनिकल तालिम र फेलोसिप कार्यक्रमहरू : नेपाली डाक्टर, नर्स, र प्यारामेडिक्सहरूले किम्सका ट्रान्सप्लान्ट, कार्डियाक साइन्स, क्यान्सर, न्यूरोसाइन्स र प्रजनन चिकित्सा लगायतका ३० भन्दा बढी विशेषज्ञ केन्द्रहरूमा उन्नत तालिम
र फेलोसिप पाउनेछन् ।
२. ज्ञान साटासाटमार्फत क्षमता अभिवृद्धि : संयुक्त कार्यशाला, वेबिनार, र नेपालमै हुने प्रशिक्षण कार्यक्रमहरूमार्फत नयाँ प्रविधि र प्रक्रियाहरू सम्बन्धी ज्ञान प्रदान गरिनेछ ।
३. प्रविधि र टेलिमेडिसिन समर्थन :किम्सले आफ्नो टेलिमेडिसिन प्लेटफर्ममार्फत नेपाली चिकित्सकहरूलाई विशेषज्ञ सल्लाह र केस डिस्कसनमा सहयोग पु¥याउनेछ ।
४. सार्वजनिक स्वास्थ्य र पूर्व–रोग पहिचान पहलहरू : यस सहकार्य अन्तर्गत जनचेतनामूलक अभियान र स्वास्थ्य परीक्षण कार्यक्रमहरू सञ्चालन गरी नेपालमा पूर्व–रोग पहिचान प्रणालीलाई बलियो बनाइनेछ ।
५. किम्स भारतमा प्रत्यक्ष अनुभव : नेपाली स्वास्थ्यकर्मीहरूले किम्स अस्पतालहरूमा पुगेर प्रत्यक्ष अनुभव लिने, सर्जिकल प्रक्रिया, बिरामी हेरचाह र बहु–विषयगत व्यवस्थापन सिक्ने अवसर पाउनेछन् ।
६. विश्वस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार : पहिल्यै ४५ भन्दा बढी देशहरूका अन्तर्राष्ट्रिय बिरामीहरूलाई सेवा दिँदै आएको किम्स अस्पतालले सीमाभन्दा पर उपचार गर्ने दृढ संकल्प राखेको छ।

पछिल्लो वर्ष मात्रै, २,००० भन्दा बढी अन्तर्राष्ट्रिय बिरामीहरूले किम्समा गुणस्तरीय, सस्तो र व्यक्तिगत उपचार पाएका थिए । नेपालसँगको यो सहकार्यले किम्सको उद्देश्यलाई अझ मजबुत बनाउँदै दिगो सहकार्यमार्फत क्षेत्रीय क्षमताहरू विकास गर्ने दिशामा टेवा पु¥याउनेछ ।
“हामी नेपाली साझेदारहरूसँग हातेमालो गर्न पाउँदा गर्व गर्छौं,” किम्सका हस्पिटलका प्रवन्ध निर्देशक समेत रहेका सिनियर कन्सलटेन्ट कार्डियोथोरासिस एण्ड भार्कुलर सर्जन डा. बि. भास्कर रावले भने “शिक्षा, प्रविधि र करुणापूर्ण हेरचाहमार्फत स्वास्थ्य सेवामा समानता ल्याउने हाम्रो दृष्टिकोणलाई यो साझेदारीले अझ सशक्त बनाउनेछ ।”

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’
Next article मेड आईक्यूले ल्यायो ‘हस्पिटल अपरेटिङ सिस्टम’ नामक आधुनिक सफ्टवेयर

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132702
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web