• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 11th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अब नेपालमै आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम संचालन हुने

June 10th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अब नेपालमै आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम संचालन हुने

हेल्थ टुडे,
काठमाडौं, २७ जेठ : नेपाल नेत्रज्योति संघ र अर्विस ईन्टरनेशनबिच नेपालमा आँखा उपचार सम्बन्धी डिजिटल तालिम हबका रुपमा विकास गर्ने परियोजना संचालनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आँखा स्वास्थ्य क्षेत्रमा आवस्यक पर्ने क्लिनिकल, पारामेडिक्स, ब्यवस्थापन तथा प्रशासनिक कर्मचारीहारुलाई तालीम दिई दक्ष जनशक्ति को रुपमा बिकास गर्ने उद्देश्यले उक्त सम्झौता गरिएको हो । नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दका अनुसार समय, आर्थिक अभाव, भाषा र बिदेश गएर तलिम लिन नसक्नेलाई लक्षित गरी विश्वस्तरीय तालिम संचालनका लागि यो परियोजना संचालन गरिएको हो । भविश्यमा आवस्यकता अनुसार विभिन्न देशका विभिन्न भाषामा समेत तालिम संचालन गरिनेछ ।
‘नेपालले आँखा उपचारका क्षेत्रमा गरेको प्रगती विश्वमै उदाहरणिय छ, अब विश्व स्तरमै संचालन हुने क्षमता अभिवृद्धि तालिमहरु नेपालमै संचालनका लागि नेत्रज्योति संघसंगको सहकार्यमा यो परियोजना संचालन हुनेछ’ अर्विस इन्टरनेशन इन्डियाका कन्ट्री डाईरेक्टर डा.ऋषिराज बोराहले भन्नुभयो ।
यो परियोजना अन्तर्गतको तालिममा सहभागी हुने सहभागिहरुले भौतिक रुपमा आफैँ उपस्थित भई वा स्यान्डबीच ब्लेन्डेड लर्निङ्ग एप्रोचबाट आफू कार्यरत जुनसुकै ठाउँबाट मोतिबिन्दुको, ऐन्टेरियर सेगमेन्ट,भिट्रियो रेटिना,जलबिन्दु,अप्ट्रोमेट्री साईन्स, आँखा स्वास्थ्य कार्यक्रम व्यवस्थापन तालिम,वेट ल्याब व्यबस्थाप तालिम लगायतका अप्थाल्मीक बिधाहरुमा तालिममा सहभागी हुन सक्नेछन्, जसमा हाइ टेक्नोलोजी रिमोट सर्जिकल किट्जस्ता अत्यन्तै अत्याधुनिक प्रविधिको प्रयोग समेत हुनेछ । अर्विसको साईबर साईट प्रविधिको प्रयोग गरी विभिन्न विधामा सिएमई र हस्पिटल बेस्ड तालिम नियमित रुपमा संचालन गरिनेछ ।त्यस्तै यो परियोजना अन्र्तगत संचालन हुने तालिममा नेपालमा रहेका सम्पुर्ण आँखा अस्पतालहरु, मेडिकल कलेज, निजि आँखा अस्पतालहरु,स्वास्थ सेवा प्रतिस्ठानहरु, सरकारी स्वास्थ्य संस्थाहरुमा कार्यरत जनशक्तिहरुका साथै विश्वकै विभिन्न स्वास्थ्य संस्थाहरुका जनशक्तिहरु समेत सहभागि हुनसक्नेछन् । उक्त तालिमहरुको सहजिकरण विश्वस्तरमै सम्बन्धीत विषयमा ख्याति प्राप्त विषयबिज्ञहरुद्धारा गराइनेछ ।
संघका कार्यकारी निर्देशक डा.शैलेश कुमार मिश्रका अनुसार परियोजना संचालनका लागि हाललाई बिराटनगर आँखा अस्पतालमा तालिम संचालनका लागि आवश्यक सिमुलेटर,वेट ल्याब र रिमोट सर्जिकल किट लगायतका स्टेट अफ आर्ट फ्यासिलिटी तहको भौतिक संरचना तयार भई संचालन भएको छ भने बिस्तारै भैरहवाको श्री रणअम्बिका शाह आँखा अस्पतालमा समेत यो परियोजना विस्तार हुनेछ ।
यो परियोजनाले नेपालमा मात्र नभई विश्वमा नै उपचार पछि निको हुने अन्धोपना निवारण गर्न कोशेढुंगाा साबित हुने अपेक्षा राखिएको छ । लहान आँखा तथा कान स्वास्थ्य कार्यक्रमका प्रमुख प्रशासक सुधिर ठाकुरले नेपालमै पहिलो पटक यो परियोजना मार्फत यस प्रकार को विश्वस्तरिय तालिम संचालन गरिने बताउनुभयो ।
संघका कार्यक्रम व्वस्थापक रन्जन शाहका अनुसार हाल लाई नेपालका जनशक्तीहरुलाई लक्षित गरी तालिम संचालन गरिने छ भने अर्को वर्ष बाट देश बाहिरको जनशक्तिहरुको लागि समेत खुला गरिने छ । यो परियोजना अन्तर्गत संचालन गरिने तालिमहरु प्रकृति हेरी १ हप्ता, १ महिना, ३ महिना, १ वर्ष र २ वर्ष अवधिका हुनेछन् ।
स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा संघका २८ आँखा अस्पताल, २२४ उपचार केन्द्र र ४४ जिल्ला शाखाहरुको संजाल मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड ६८ लाख ६८ हजार ६० जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दश वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति मस्यौदामा छलफल
Next article औषधीको मूल्य नीति सम्बन्धी प्रतिवेदन प्रति औषधि व्यवसायीको विरोध

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 11th 7:55 AM
समाचार

औषधीको मूल्य नीति सम्बन्धी प्रतिवेदन प्रति औषधि व्यवसायीको विरोध

Jun 10th 7:34 AM
समाचार

अब नेपालमै आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम संचालन हुने

Jun 9th 9:04 AM
समाचार

दश वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति मस्यौदामा छलफल

Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

Jun 4th 7:32 AM
समाचार

चिकित्सक संघ, रोटरी क्लव र डब्लूएचओको पहलमा सर्पदंश रोकथाम सम्वन्धी कार्यशाला सम्पन्न

Jun 3rd 12:24 PM
समाचार

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

Jun 3rd 12:13 PM
समाचार

मेड आईक्यूले ल्यायो ‘हस्पिटल अपरेटिङ सिस्टम’ नामक आधुनिक सफ्टवेयर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131578
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

16
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web