• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 26th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

गर्मी मौसमको तुलनामा जाडोमा दोब्बर बढ्छ दम रोग,कसरी बच्ने ?

November 30th, 2019 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गर्मी मौसमको तुलनामा जाडोमा दोब्बर बढ्छ दम रोग,कसरी बच्ने ?

हेल्थ टुडे,
एजेन्सी,मंसिरः अनुसन्धानले दम रोग गर्मी मौसमको तुलनामा जाडो मौसममा दोब्बर बढ्ने देखाएको छ । यदि क्रोनिक पुरानो दम छ भने यसलाई थप नराम्रो हुनबाट बच्न सकिने उक्त अनुसन्धानले उल्लेख गरेको छ । अनुसन्धानकर्ताहरुले दम रोगीमा गरेको अध्ययन अनुसार दम रोग गर्मी मौसमको तुलनामा जाडोमा दोब्बर बढ्छ। जाडो मौसममा दमरोगीको अस्पताल भर्ना हुने दर पनि उत्तिकै बढ्ने देखाएको छ ।
चिसोमा पटक–पटक कडा खोकी लाग्ने,खोक्दा खकार आउने,श्वास फेर्न गाह्रो हुने,श्वाँ–श्वाँ बढ्ने जस्ता समस्या बढ्न सक्छन् । यस कारण चिसो मौसमभरी सकेसम्म विहान बेलुकीको चिसोमा बाहिर ननिस्कने,बाहिर जानै परेमा सफा रुपमालले मुख र नाक छोप्ने गर्नुपर्छ यसले फोक्सोमा चिसो पस्न रोक्छ। अनुसन्धानले भन्छ कि यी उपाय अपनाउँदैमा पुरानो दम पुरै निको त हुँदैन तर चिसोको कारण बढ्ने दमलाई कम गर्न सकिन्छ । चिसोको कारण बढ्ने दमलाई कम गर्न निम्न उपाय अपनाउनु अत्यावश्यक छः
घटाउन सकिन्छ। जुन निम्न उपाय अपनाउनुपर्छः–
१.धुमपान र धुवाँवाट बच्ने–
जाडो छेक्न घरभित्र बालिने धुवाँले फोक्सोमा इरिटेशन हुन सक्छ। बिशेष गरी दाउरा,इट्टा,मट्टितेलको हिटर,गुइँठा जस्ता आगोले फोक्सोमा इरिटेशन ल्याउँछ।
२. दमको उपचार व्यवस्थापन गर्ने–
राम्रोसंग दमको उपचार गरेमा चिसोको कारण थप बढ्ने दमलाई घटाउन सकिन्छ । यो मौसममा लाग्न सक्ने भाइरल फ्लुको संक्रमण र रुघाखोकी लाग्नबाट बच्न सकिन्छ।
३.न्यानो बनाउने उपकरण प्रत्येक दिन सफा गर्ने–
प्रत्येक दिन यस्ता उपकरणहरु सफा राख्नाले यी उपकरणले कोठामा उचित मात्रामा न्यानोपन राख्छन् । यसले गर्दा उपकरणबाट निस्कने थप इरिटेशनवाट बचाउँछ।
४.दमरोगीले यो मौसममा आउन सक्ने भाइरल संक्रमणबाट बच्नको लागि आफ्नो चिकित्सकको सल्लाहमा निमोनियाँ बिरुद्धको खोप लिनु उचित हुन्छ।
५.आफ्नो दमको अवस्था बारे जानकारी
दम पहिचान भइसकेको छ भने आफ्नो चिकित्सकलाई शरिरमा भएको अल्फा– १ एन्टिट्राइप्सनको अवस्था थाहा पाइराख्नुपर्छ । यो यस्तो अवस्था हो शरिरले प्रर्याप्त प्रोटिन उत्पादन गर्न सक्दैन र जसले फोक्सो र कलेजोलाई नष्ट हुनबाट बचाउँछ।
६.बिरामीवाट टाढै रहने–
चिसो मौसममा सामाजिक सम्वन्ध र अन्तरक्रियामा कसरी सहभागी हुने भन्ने बारेमा सामान्य दिमाग लगाउनुपर्छ । बालबालिकाको समुहबाट र रुघाखोकी लागेका बिरामीको छेउमा जानुहुन्न । यसो गर्दा भाइरल संक्रमणबाट बच्न सकिन्छ।
७.प्रर्याप्त मात्रामा पानी पिउने
प्रर्याप्त मात्रामा पानी पिउनाले श्वास फेर्न सजिलो हन्छ। बिशेष गरी श्वास–प्रश्वास प्रक्रियामा संक्रमण भएको अवस्थामा सहज हुन्छ।
८. नियमित हात धुने–
किटाणुसंग लड्नको लागि राम्रोसित हात धुनु सवै भन्दा राम्रो सफाइ हो। आँखा,मुख छुनु अघि आफ्नो हात राम्रोसंग धुनुपर्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सागमा कान्तिपुर डेन्टलको उपचार सहित अत्याधुनिक भ्यान
Next article सर्लाही जिल्ला अस्पतालमा आगलागी,७ लाख रुपैँया बराबरको क्षति

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Jul 25th 7:19 AM
समाचार

चर्को विरोधपछि डा.गोविन्द केसी अनसन छोडेर सेती प्रादेशिक अस्पताल भर्ना

Jul 24th 7:43 AM
समाचार

डा. केसीविरुद्ध सुदूरपश्चिममा विरोध चर्कियो, संघर्ष समितिले दियो प्रतिअनशनको चेतावनी

Jul 23rd 10:28 AM
समाचार

५ बुँदे माग राख्दै धनगढीबाट डा. गोविन्द केसीले सुरु गरे अनसन

Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133561
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

121
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

115
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web