• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विदेश जाने कार्यक्रम कसैको पुर्खेउली पेसा होइन : स्वास्थ्य मन्त्री ढकाल

December 4th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विदेश जाने कार्यक्रम कसैको पुर्खेउली पेसा होइन : स्वास्थ्य मन्त्री ढकाल

हेल्थ टुडे,
भक्तपुर, १८ मंसिर : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयबाट पटक पटक विदेश जाने गरेका कर्मचारीहरुलाई इंगित गर्दै विदेश जाने कार्यक्रमलाई कसैले पुर्खेउली पेसा बनाउन नहुने बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार भक्तपुरको कृषि विकास बैंक तालिम केन्द्र, बोडेमा आयोजना गरेको राष्ट्रिय बार्षिक समिक्षाको अवसरमा मन्त्री ढकालले सो कुरा बताएका हुन । मन्त्री ढकालले भने, ‘स्वास्थ्य मन्त्रालयबाट एकै कर्मचारी पटक पटक विदेश जाने गरेको पाइएको छ । विदेश जाने कार्यक्रमलाई कसैले पनि पुर्खेउली पेसा ठान्नु हुदैन । केन्द्रका कर्मचारीले मात्र नभएर प्रदेश र स्थानिय तहका कर्मचारीले पनि मौका पाउनु पर्छ । ’ स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न दातृ निकायहरुले पनि पटक पटक सँगै गइरहेका कर्मचारीसंग विदेश जादा सजिलो हुन्छ भन्ने ठानेर एउटैलाई अवसर दिनु गलत भएको समेत मन्त्री ढकालले बताए । स्वास्थ्य मन्त्रालयमा अधिकांश सह सचिव र उपसचिव स्तरका पहूचवाला कर्मचारीहरुले मात्र विदेश जाने अवसर पाउने गरेकोले यसको विरोध हुने गरेको छ । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत आर्थिक वर्षमा गरेका प्रगतिको समिक्षा भइरहेको छ । विभिन्न विभाग र महासाखाहरुले आ आफ्नो प्रगति विवरण पेश गरिरहेका छन । समिक्षा बिहीबार सम्पन्न हुने छ । बुधबारको समिक्षामा औषधि व्यवस्था विभाग, आयुर्वेद विभाग, स्वास्थ्य विमा बोर्ड, शहरी विकास, निजी योजना महासाखा, स्वास्थ्य सेवा विभाग लगायतका विभाग र महासाखाले कार्यप्रगति विवरण पेस गरेका छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article त्रिविका विद्यार्थीले सात वटा अस्पतालमा एक लाखसम्म उपचार खर्च पाउने
Next article मुख धुवाउछन् अनि फोक्सो कुहाउछन्

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134355
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web