• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 26th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

कोरोना नियन्त्रणका लागि सरकारका ६ टी फर्मुला

April 13th, 2020 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोरोना नियन्त्रणका लागि सरकारका ६ टी फर्मुला

हेल्थ टुडे,
काठमाडौं, १ बैसाख : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अहिले विश्वव्यापी कोरोना भाइरससँग लड्नका लागि सरकारले नयाँ फर्मुला ल्याएको बताएका छन । ६ टी फर्मुला ट्राभल्स रेस्ट्रिक्सन, टेष्टिङ्ग, ट्रेसिङ्गु, ट्रयाकिङ्ग, ट्रिटमेन्ट, टुगेदरको आधारमा सरकारले कार्यक्रम अगाडि बढाएको जानकारी दिदै उनले कोरोना भाइरसको संक्रमण रोक्न सबैको सहकार्य हुनु पर्नेमा जोड दिएका छन । नयाँ वर्षको अवसरमा बिशेष संवोधन गर्दै मन्त्री ढकालले चिकित्सकहरु र स्वास्थ्यकर्मीको मनोवल गिर्ने गरि कुनै काम सरकारले नगर्ने बताएका छन ।

स्वास्थ्यमन्त्री ढकालले गरेको सम्बोधनको पूर्ण पाठ
सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरु नमस्कार । आजबाट हामी नयाँ वर्षमा प्रवेश गरेका छौँ । सबैलाई नववर्ष २०७७ को हार्दिक शुभकामना दिन चाहान्छु । नयाँ वर्षसँगै कोरोना संक्रमणको विश्वव्यापी महामारीको यो विषम परिस्थितिमा देशलाई थप संक्रमणबाट मुक्त राख्न तपाईँ हामी सबैको सहकार्यले सफलता प्राप्त हुने विश्वास व्यक्त गर्दछु ।
यस सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट दैनिक रुपमा यहाँहरुलाई अपडेट गराइरहेकै छौँ । यस संक्रमणको विकासक्रम सँगै हामीले आफ्ना रणनीतिहरुलाई थप परिष्कृत र परिमार्जित गरिरहेकै छौँ । अहिले मुख्य ६ वटा टी को फर्मुलाबाट आफ्ना रणनीतिहरु अगाडि सारेका छौँ ।

‘ट्राभल्स रेस्ट्रिक्सन’

यसको लागि आवतजावत बन्द गर्ने नै हो । जसको लागि बाहिरी मुलुकबाट नेपाल भित्रिने सबै किसिमका मार्गहरु बन्द गरिएका छन भने नेपाल भित्र पनि गत चैत्र १० गतेदेखि लकडाउनको अवस्था छ ।
यो अवस्थामा विदेशबाट नेपाल भित्रिएका व्यक्तिहरु क्वारेन्टाइनमा रहन जरुरी छ । जसले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण नसरोस। हाल धेरैजसो देशहरुले यो रणनीति अपनाएका छन । यो प्रभावकारी पनि सावित भएको छ ।
यो लकडाउनले सर्वसाधारणमा केही असहजता त भएको छ तर आफ्नो देशलाई संक्रमणबाट बचाउन यो कुरा अपरिहार्य छ । यसमा यहाँहरुले गर्नुभएको सहयोगको म उच्च मूल्याङ्कन गर्छु ।

‘टेष्टिङ्ग’
यस अन्तर्गत स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले व्यवस्था गरेका क्वारेन्टाइनमा रहेका सबै व्यक्तिहरुको नमुना परीक्षण गर्ने र होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको पनि आवश्यकता अनुसार नमुना परीक्षण गर्ने नीति लिइएको छ ।
कुन व्यक्तिलाई कस्तो खालको परीक्षण गर्ने र कति अवधीमा गर्ने भन्ने कुरालाई स्वास्थ्य विज्ञहरुको सुझावमा हामीले कार्यविधि बनाई व्यवस्थित गरेका छौँ । हाम्रो हालको रणनीति परीक्षणको दायरालाई थप फराकिलो बनाई धेरै भन्दा धेरै व्यक्तिहरुलाई सो दायरामा ल्याई परीक्षण गर्नु हो ।

ट्रेसिङ्गु
ट्रेसिङ्ग भन्नाले संक्रमित व्यक्तिका परिवार नजिकका व्यक्तिहरु जोसँग ती संक्रमितहरु न्जिकको सम्पर्कमा आउनुभयो त्यस्ता व्यक्तिहरुलाई पत्ता लगाई परीक्षणको दायरामा ल्याउनु हो ।
हामीले धेरैजसो संक्रमितहरुको ट्रेसिङ्ग कार्य पुरा गरिसकेका छौँ भने पछिल्लो समयमा पहिचान भएका संक्रमितहरुको ट्रसिङ्ग कार्य भइरहेको छ । यो कार्य इपिडिमियोजलोजी तथा रोग नियन्त्रण महाशाखाले व्यवस्थित रुपमा गर्दै आइरहेको छ ।

‘ट्रयाकिङ्ग’
सम्भावित संक्रमित र संक्रमित व्यक्तिहरुको एक ठाउँबाट अर्को ठाउँमा आवत जावत भएमा सो कुराको यकिन गरी उनिहरुलाई आइसोलेशनमा राख्न अनुगमन गर्ने विधि ट्रेकिङ्ग कार्य हो । यसको लागि स्वास्थ्य मन्त्रालय मातहतबाट खटिएका टोलीहरु, ऋऋःऋ तथा स्वास्थ्य मन्त्रालयद्वारा सञ्चालित कल सेन्टरहरु, मोबाइल एप र वेवसाइट मार्फत ट्रेकिङ्ग कार्यलाई थप व्यवस्थित गरिएको छ ।
यस कार्यलाई अझ थप व्यवस्थित गर्न व्यक्तिहरु क्वारेन्टाइनमा रहे नरहेको अनुगमन गर्नुपर्ने हुन्छ । यस कार्यका लागि मन्त्रालयले आफ्नो संयन्त्र परिचालन गरिसकेको छ । त्यसका साथै स्थानीय तह तथा प्रदेश सरकारका जनप्रतिनिधिहरु, सुरक्षाकर्मीहरु, मिडियाकर्मीहरु र सम्बन्धित सबै सरोकावालाहरुलाई यस कार्यमा सहयोग, समन्वय र सहकार्यका लागि हार्दिक अनुरोध गर्दछु ।

‘ट्रिटमेन्ट’
हालसम्म नेपालमा १३ जना संक्रमितको संख्या रहेको छ । जसमध्ये एक जना निको भएर घर फर्कि सक्नुभएको र १२ जना विभिन्न अस्पतालमा उपचारको क्रममा हुनुहुन्छ । वहाँहरु सबैको स्वास्थ्य स्थिति सामान्य रहेको छ ।
सम्भावित संक्रमणको संख्या आँकलन गरी योजनाबद्ध तरिकाले उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयले आफ्नो रणनीति तय गरेको छ । कोरोना संक्रमणको उपचारको लागि काठमाडौं उपत्यकाका र उपत्यका बाहिरका विभिन्न अस्पतालहरुलाई तोकिएको छ । कोरोना संक्रमणको सम्पूर्ण उपचारको व्यवस्था र खर्च नेपाल सरकारले निशुल्क गर्ने प्रबन्ध गरेको छ । कोरोना संक्रमण बाहेकका आकप्मिक सेवा र निरन्तर उपचारका क्रममा रहनुभएका बिरामीहरु थप समस्यामा नपरुन र उनिहरुलाई सर्वसुलभ रुपमा सेवा प्रवाह होस् भन्नका लागि मन्त्रालय गम्भीर छ र त्यस्तो सेवा प्रवाह गर्ने आवश्यक प्रबन्ध मिलाउन हामी निरन्तर लागिपरेको ब्यहोरा अनुरोध छ । यस महामारीको घडिमा के सरकारी के गैह्रसरकारी सबै किसिमका अस्पतालहरुबाट उपचार गर्नु पर्ने हुन्छ । त्यसैले नेपाल भरका सबै किसिमका अस्पतालहरुलाई सञ्चालन गर्ने योजनाका साथ मन्त्रालय तयारी अवस्थामा रहेको छ । यसमा सबैको सहयोगको अपेक्षा गर्दछु ।

‘टुगेदर’
कोरोना संक्रमणको यो सम्भावित महामारी रोक्न स्वास्थ्य मन्त्रालय मात्र होइन सिंगो देश नै लागिपरेको छ । उच्चस्तरीय समिति, ऋऋःऋ देखि लिएर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा विभिन्न तहमा कमिटीहरु बनाइ कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कार्य व्यवस्थित रुपमा भइरहेको छ । यसका अतिरिक्त अन्य मन्त्रालयहरु तथा निकायहरुमा समेत विषयगत समितिहरु सक्रिय छन् ।

यस कार्यमा स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, अत्यावश्यक दैनिक उपभोग्य सामानहरुको व्यवस्था गर्नेहरु, सरकारी तथा गैह्रसरकारी संघसंस्था तथा सञ्चारमाध्यम लगायतसबै मिलेर मात्र यो लडाईमा हामीले विजय हाँसिल गर्न सक्नेछौँ ।

यस संक्रमणको नियन्त्रण र रोकथामको लागि आवश्यक पर्ने पीपीई।, परीक्षणको लागि आवश्यक सामग्री लगायतका अन्य वस्तुहरुको हाल विश्वव्यापी रुपमा नै अभाव रहेको छ । सामानहरु प्राप्तिका लागि र रोगबाट बच्नका लागि विश्वस्तरमा राष्ट्रहरुले गर्दै आएका प्रयत्नहरुलाई हामी सबैले नजिकबाट नियालीरहेकै छौँ । तसर्थ हामीले देशमा आफुसँग भएको साधन श्रोतको अधिकतम उपयोग गरौँ । दुरुपयोग नगरौँ । आफुसँग भएका सामानको समुचित प्रयोग गरौँ भन्ने हाम्रो अनुरोध छ । यो चुनौतिको सामना हामी सबै एकजुट भई काम गरेर मात्र सम्भव छ । देशलाई महामारीबाट बचाउ । बाँकी बहस पछि गरौँला । महामारीको यो लडाईमा जनताको स्वास्थ्य सुरक्षाको ग्यारेण्टी गरौँ ।
यस्तो विषम परिस्थितिमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहन्छ । यहाँले निर्वाह गर्नुभएको रचनात्मक भूमिकाकोम कदरगर्दछु । आगामी दिनमा यहाँहरुबाट कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि अझ सकारात्मक र रचनात्मक भूमिकाको अपेक्षा गर्दछु ।

कोरोना संक्रमण बिरुद्धको यो लडाईको अग्रमोर्चामा नेतृत्व गरिरहनु भएका चिकित्सक र स्वास्थ्यकर्मीहरु नै हुनुहुन्छ । वहाँहरुको स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गराउनु राज्यकोपहिलो प्राथमिकता हो । तसर्थ यो मन्त्रालय चिकित्सक र स्वास्थ्यकर्मीको बारेमा अत्यन्त सचेत छ । उपचारको क्रममा आवश्यक पर्ने व्यक्तिगत सुरक्षाका सामाग्रीहरु यथेष्ट मात्रामा पु¥याउन हामी लागि परेका छौँ । चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्र सेवक कर्मचारी लगायत कोरोना संक्रमणको नियन्त्रणमा खटिने जनशक्तिलाई प्रोत्साहन स्वरुप सत प्रतिशतसम्म भत्ता र बिमाको समेत व्यवस्था गरिसकिएको छ । अहिले हामी सबै नै क्वारेन्टाइनमा छौँ । घरभित्रै बसेका छौँ । तर हाम्रो स्वास्थ्य तथा सुरक्षाको लागि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, दैनिक उपभोग्य वस्तुहरुको व्यवस्था गर्न अत्यावश्यक सेवा प्रदान गर्ने व्यक्तिहरु हुनुहुन्छ । राष्ट्र र जनताको सेवामा क्रियाशील वहाँहरुले गर्दा नै हामी घरभित्र सुरक्षित रहन पाएका छौँ । वहाँहरु सबैलाई धन्यवाद दिन चाहान्छौँसाथै वहाँहरुको मनोबल उच्च बनाउने काममा सबैले आ–आफ्नो ठाउँबाट योगदान गरौँ ।

अन्त्यमा
हरेक नागरिकले आफ्नो पुरै जीवनकालमा देशलाई गर्ने योगदान अहिले गर्न सक्छौँ । यसको लागि हामीले अहिले गर्ने भनेको आजको यो समयमा घरभित्र क्वारेन्टाइनमा रहनु हो । तपाई हाम्रो यो सहयोगले सिंगो देशलाई कोरोना संक्रमणको महामारीबाट बचाउन मद्दत पुग्छ । आजको परिस्थिति मानव जातिको रक्षाको लागि योगदान गर्ने अवस्था हो । यस्तो कठिन एवं असाधारण परिस्थितिमा राज्यले अबलम्बन गरेको लकडाउन र अन्य व्यवस्थाहरुलाई आत्मसात गरि तपाइहरुले गर्नुभएको महत्वपूर्ण सहयोग प्रति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दछु । अन्त्यमा, कोभिडविरुद्ध हामी सबैको आ–आफ्नो तर्फबाट सकारात्मक योगदान रहने विश्वास व्यक्त गर्दै पुनः नवबर्षको शुभकामना व्यक्त गर्न चाहन्छु ।
धन्यबाद ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सनसिटी अपार्टमेन्टका आरडिटी जाचमा पोजेटिभ देखिएका तीनमध्ये दुई जनामा कोरोना पुष्टि, एकको रिपोर्ट आन बाकी
Next article कैलाली र रौतहटमा थपिए फेरि दुई जना संक्रमित, अहिलेसम्म कोरोना संक्रमित १४

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Aug 25th 11:56 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८ औं कलेजो प्रत्यारोपण सफल

Aug 25th 11:42 AM
समाचार

पाँच महिना बित्दा पनि सकिएन स्वास्थ्यमा सरुवा : नीति योजनामा डा. विवेक र क्षयरोगमा डा. गुणनीधि

Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134266
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

97
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

100
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web