• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 30th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सय शैय्याको कोरोना उपचार केन्द्र

April 20th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सय शैय्याको कोरोना उपचार केन्द्र

हेल्थ टुडे,
धरान, ८ बैसाख : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० आईसीयूसहितको १०० शैय्याको कोभिड–१९ उपचार केन्द्रको निर्माण कार्य तिव्र रुपले अगाडि बढेको छ । उपचार केन्द्र वैशाख १२ देखि सञ्चालनमा ल्याउने तयारी छ ।
कोरोना संक्रमितको संख्या भविश्यमा बढ्न सक्ने अनुमान गर्दै त्यसको जोखिमलाई ध्यानमा राखी आवश्यक उपकरणसहितको छुट्टै उपचार केन्द्र बनाउन लागिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अनुसार यहाँ लेभल ३ को कोराना उपचार केन्द्र संचालन हुनेछ । सरकारले मेची अस्पताल र कोसी अस्पताललाई लेभल १ र २ सम्मको उपचार गर्ने केन्द्रका रूपमा अघि सारेको छ । थप संवेदनशील अवस्थामा पुगेका संक्रमितलाई प्रतिष्ठानमा उपचार गरिने उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले बताए । उक्त केन्द्रको लागत १२ करोड ५० लाख रुपैयाँ छ । ‘निर्माणाधीन केन्द्रमा १० आईसीयू बेड जडानका लागि डिजाइनअनुसार काम भइरहेको छ । आगामी वैशाख १२ देखि सञ्चालनमा ल्याइने छ ।’ गिरीले भने । उनका अनुसार यहाँ सिटिस्क्यान, एमआरआई, अप्रेसन थिएटर, प्रयोगशाला र एक्सरे मेसिनहरू जडान गरिनेछन ।
चार वर्षअघि ७ करोड रुपैयाँमा लागतमा निर्मित द्वन्द्वपीडित पुनःस्थापना केन्द्रको भवनलाई कोरोना उपचारमा प्रयोगमा ल्याइन लागेको हो । उक्त भवन प्रतिष्ठानको हाडजोर्नी विभाग मातहत थियो ।
कोरोना उपचार केन्द्र सञ्चालनमा ल्याउन तीव्र गतिमा काम भइरहेको अस्पताल निर्देशक प्रा।डा। गौरीशंकर साहले बताए । उनका अनुसार अहिले कोरोना उपचारलाई लक्षित गरी फिवर क्लिनिक, हेल्प डेस्क र २० बेडको आइसोलेसन वार्ड सञ्चालनमा छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कैलालीका युवक पनि कोरोना संक्रमणबाट निको भएर घर फर्के
Next article कोराना संक्रमितको संख्या ४२ पुग्यो, एकै दिन उदयपुरमा ११ जनामा संक्रमण, ५ औं संक्रमित धनगढी अस्पतालबाट डिस्चार्ज

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

Jul 21st 12:26 AM
समाचार

बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँ : स्वास्थ्य मन्त्री पौडेल

Jul 12th 11:22 AM
समाचार

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

Jul 12th 8:13 AM
समाचार

नेपाली हेल्थका प्रधान सम्पादक न्यौपानेलाई ब्लोदानको सम्मान

Jul 8th 9:00 AM
समाचार

मंगलबार पनि आकस्मिक बाहेकको उपचार ठप्प, चिकित्सक सडकमा

Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131705
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

16
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web