• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 10th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

कोरोना संक्रमित सुत्केरीको मृत्युले उब्जाएको प्रश्न

May 18th, 2020 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोरोना संक्रमित सुत्केरीको मृत्युले उब्जाएको प्रश्न


सुस्मिता दवाडी,

कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गर्दा नेपालमा पनि कोरोनाबाट दुईको मृत्यु भएको छ। ग्लोबल ट्रेन्ड हेर्ने हो भने वृद्धा- बृद्धाहरुमा कोरोनाको असर बढी रहेको देखिन्छ भने मृत्यु हुनेमा पनि उनीहरुकै संख्या बढी छ। तर नेपालमा मृत्यु हुनेमा सिन्धुपाल्चोककि २९ बर्षिय महिला र बाँकेका २५ बर्षे युवक हुन्। गर्भवती ति महिला वैशाक २३ गते काठमाडौँको टिचिंग अस्पतालमा भर्ना भईन्, २४ गते बच्चा जन्माइन् र २५ गते डिस्चार्ज भईन्। उनी डिस्चार्ज भएर सिन्धुपाल्चोक नै गइन्। जेठको १ गते तिर टिचिंग अस्पताल सिल गरिएको समाचार आयो। कारण थियो त्यहाँ भर्ना भएकी एक बालिकामा कोरोना संक्रमण। उता काठमाडौँमा कोरोना संक्रमितको संख्या बढिराखेको खबर आगोसरी बढ्दै गर्दा टिचिंगबाट डिस्चार्ज भएकी सिन्धुपाल्चोककि ति सुत्केरी महिला अस्वस्थ भईन् र स्थानीय स्वस्थसंस्थामा उपचारको लागि पुगिन् तर त्यहाँ उपचार सम्भव नभए पछि धुलिखेल अस्पताल ल्याउदै गर्दा बाटोमै उनको मृत्यु भएको खबर बाहिर आयो। उनको मृत्यु के कारणले भएको हो भन्ने बिषयमा सरकारी निकायबाट पनि निकै चासोले सोधी खोजी गरियो र अन्त्यमा उनको मृत्युको कारण कोरोना नै भएको पुष्टी भयो। ति २९ बर्षीय सुत्केरी महिलाको मृत्युले हामी समक्ष दुई वटा मनन गर्नुपर्ने बिषय उजागर गर्दिएको छ :

महामारीप्रतिको सतर्कता: विश्वभरि फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न बिश्वभरि नै साबधानी अपनाईएको छ। तर हामीकोमा टिचिंग अस्पतालमा भएको उक्त घटनाले हाम्रो साबधानी र सतर्कताको स्तर कस्तो रहेछ भन्ने प्रष्टाईदिएको छ। ति महिला आफ्नो बच्चा जन्माउन टिचिंग गइन् तर रोग बोकेर घर फ र्किन् जुन् उनको लाही प्राणघातक साबित भयो। कोरोना संक्तामन फैलिएको यो अवस्थामा यदि अस्पतालमा उचित व्यवस्थापन र सजकता अपनाईएको थियो भने एक जना संक्रमितबाट संक्रमण फैलिने थिएन। स्वयम् स्वस्थसंस्थाबाट संक्रमण फैलिनु दुर्भाग्यपूर्ण हो।ति महिला कहाँ र कसरी संक्रमित भईन् भन्ने कुरा भन्दा पनि ९ दिनको सुत्केरी कोरोनाको कोरोनाबाट मृत्यु भएको बिषय महत्वपुर्ण हो।

सुत्केरी अवस्थाबारे सजकतामा कमि : ‘मरे काल बाँचे सुत्केरी’ भन्ने प्रचलित नेपाली उखान ति महिलामा लागू भयो। उनले बच्चा त जन्माइन् तर सुत्केरी अवस्थामामै ज्यान गुमाइन्। बच्चा जन्मिएपछि बढी ध्यान बच्चामा मात्र केन्द्रित हुने गर्छ। प्रशव पिडाबाट गुज्रिएर बच्चा जन्माउने ति आमालाई त्यसपछि कति स्याहार र हेरचाह चाहिन्छ भन्ने कुराको ख्याल कम राखेको पाइन्छ। सुत्केरी अवस्थामा एउटा महिलाको शरीर निकै कमजोर भएको हुन्छ। केहि समय पहिले मैले भर्खर सुत्केरी भएका महिलाहरुको अनुभव पढेको थिएँ जना एक जना महिलाले भन्दै थिइन् कि बच्चा जन्मीसके पछि उसलाई आफु कार दुर्घटनामा परेर बाच्दा जस्तो शरीरको अवस्था हुन्छ त्यस्तै महसुस भएको बताएकी थिइन्।हुन पनि एउटा जीवनलाई आफ्नो शरीरभित्र ९ -१० महिनासम्म जतनले हुर्काएर जन्मा दिंदासम्म ती महिलाले कयौं पिडा सहेकी हुन्छिन्। राति आरामको निन्द्रा के हो भन्ने कुरा उसले बिर्सिसकेकी हुन्छिन् भने खानेकुराको लिस्टमा आफुलाई भन्दा पनि बच्चालाई के खाँदा फाइदा हुन्छ भन्ने चिज बढी हुन्छ। एउटा सिंगो जीवनलाई जन्न्म दिंदा ती महिलाको शरीर र स्वस्थ कति कमजोर हुन्छ भन्ने कुराको बिचार गरिएन भने मृत्यु हुनलाई महामारी नै फैलिएको हुनुपर्छ भन्ने छैन।

सुत्केरी अवस्थामै ती महिलाको मृत्युले हामीलाई सुत्केरी अवस्थामा महिलाहरुको राम्रो हेरचाह गर्नुपर्छ भन्ने तिर पनि ध्यानाकर्षीत गराएको छ। उसको उचित खानपान, सरसफाई, पर्याप्त आराम लगायतका बिषयमा बिशेषगरि उनको परिवारले विचार पुर्याउनु पर्ने आवस्यकता औल्यैदिएको छ। सुत्केरी अवस्थामा ती महिलाको स्वास्थ कमजोर भएकोले संक्रमणले छिटो आक्रमण गर्यो र उनको ज्यान जान पुग्यो। यसबाट सुत्केरी महिलाको शरीर कति सम्म संबेदनशील हुन्छ भन्ने बारे तिर पनि सोच्न जरुरी छ भन्ने कुरा उठेको छ। संक्रमितको संख्या २९१ पुग्दा मृत्यु हुनेमा पहिलो मृतक सुत्केरी महिला नै परिन्। ज्यान कसैको पनि जान हुने थिएन। तर ती महिला कोरोना संक्रमणको शिकार बनिन्। उनको मृत्युले सबैभन्दा ठुलो चोट उनको त्यो दुधे बालकलाई परेको छ। जन्मिन नपाउदै आमा गुमाएको छ। केहि विकशित शहरहरु भन्दा बाहिर गएर हाम्रो समाज नियाल्ने हो भने आफ्नी आमाको मृत्युको दोष ती बालकले बोक्नु पर्ने अवस्था पनि छ।
पोस्ट नेटल अवस्थाको बारेमा हाम्रो समाजमा खासै बहस भएको पाईन्न गर्भवती अवस्थालाई तीन त्रैमासिकमा विभाजित गरिएको छ तर सबै भन्दा संबेदनशील त्रैमासिक भनेको चौथों त्रैमासिक हो- बच्चा जन्मिसके पछिको पहिलो तीन महिना।बच्चा जन्मिसके पछि ती महिला शारीरिक रूपमा आफै कमजोर भएको अवस्था हुन्छ त्यसमा पनि बच्चाको हेरचाहको जिम्मेवारी उनीमाथि थपिएको हुन्छ।यस्तो बेलामा परिवारको साथ र सहयोग उनलाई चाहिन्छ। तर नेपालमा सुत्केरी अवस्थालाई गम्भीर रूपमा लिइदैन। केहि गैर सरकारी अन्तर्राष्ट्रिय संस्थाहरुले बाहेक हाम्रा सरकारी र निजी संस्थाहरुले बढीमा ४५ दिन सुत्केरी बिदा दिने गरेका छन्। सुत्केरी महिलाको स्वास्थ्य र उनीमाथि थपिएको जिम्मेवारीलाई कति महत्त्वका साथ हेरिएको छ भन्ने त्यहि बाट देखिन्छ। पोस्ट नेटल अवस्थाको बारेमा स्वयम् महिलाहरुले नै पुग्ने गरि ध्यान दिएका छैनन्। सुत्केरी अवस्थाको बिषयले प्राथमिकतामै पर्दैन। हाम्रो संसदमा महिला प्रतिनिधिको संख्या पनि राम्रै छ। तर दुर्भाग्य, चालु संसदमा यो बिषयले कुनै स्थान पाएन।

कोरोना संक्रमणबाट ती २९ बर्षीय महिलाको मृत्यु भयो तर उनको प्रशव कसरी गराइयो, उनको स्वस्थमा अन्य केहि समस्या थियो कि थिएन, सुत्केरी अवस्थामा आमा र बच्चाको हेरचाह कसरी गर्नु पर्छ भन्ने कुरा बारे जानकारी स्वास्थ्यकर्मीहरुबाट उनका परिवारले पाएका थिएकी थिएनन्, सुत्केरी पछि घरमा उनको स्याहार कसरी गरियो यी सबै बिषय खोजी गर्नु पर्ने बिषय हो। किन भने सुत्केरी महिलाले बच्चा जन्माई सकेपछि पाउने स्याहार हाम्रो समाजमा गहन छलफलको बिषय हो। महामारी नै नभए पनि नेपालमा मातृ मृत्युदर उल्लेखनीय छ।झन्डै २४% बच्चा जन्माउने क्रममा र १९% महिलाको मृत्यु हुने गरेको छ। सन् २०१९ मा नेपालमा हरेक १००,००० बच्चाको जन्न्म हुँदा २२९ महिलाको प्रसवको समय अथवा सुत्केरी भैसकेपछि मृत्यु भएको थियो। नेपालमा पोस्ट नेटल हेरचाह लगभग नील नै छ।पोस्ट नेटल समयमा आमा र बच्चाको स्वस्थ अवस्था जांच गर्न स्वस्थाकर्मी घरमा पठाउने योजना कागजमै सिमित छ।’सेफ मदरहुड’ को नारा पोस्टरमै मात्र सिमित छ।सन् २०३० सम्ममा नेपालले हरेक १००,००० बच्चाको जन्म हुँदा मातृ मृत्युदर ७५ मा झार्ने लक्ष्य लिएको छ तर अहिलेको अवस्था हेर्ने हो भने त्यो पुरा हुने स्थिति छैन।जब सम्म महिलाको बिषय केवल महिलाले मात्र उठाउनु पर्ने स्थितिको अन्त्य हुंदैन तब सम्म बच्चा जन्माउने क्रममा र सुत्केरी अवस्थामा मृत्यु हुने सिलसिला जारी नै रहन्छ। (नयाँ विकल्पबाट)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोरोना भाइरसका कारण नेपालमा पहिलो मृत्यु, सिन्धुपाल्चोककी २९ बर्षिय महिलाको निधन
Next article ‘कोबिड– १९’ प्रतिरोधी आहारपूरक फुडसप्लिमेन्ट

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132686
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web