• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 24th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोरोना रोकथाम तथा नियन्त्रणमा अहिलेसम्म १० अर्ब खर्च

June 4th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोरोना रोकथाम तथा नियन्त्रणमा अहिलेसम्म १० अर्ब खर्च

हेल्थ टुडे,

काठमाडौँ, २२ जेठ  : कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा अहिलेसम्म सरकारले करिब १० अर्ब रुपैयाँ खर्च भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले बताएका छन् । कोरोना नियन्त्रणका लागि उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरणमा सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको बिडारीले जानकारी दिए । बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समिति बैठकमा खर्चको विवरण सार्वजनिक गरिएको हो ।

सचिव बिडारीका अनुसार कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा स्थानीय सरकारले गरी ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेका हुन् । स्थानीय तहबाट भएको खर्चको पूर्ण विवरण आइनसकेको उनले बताए । कोरोना कोष र संघीय सरकारबाट ६ अर्ब ३ करोड, प्रदेशहरुबाट १ अर्ब ८ करोड र स्थानीय तहहरुबाट २ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको उनले बताए ।

समिति बैठकमा लकडाउनलाई सहज बनाउँदै कसरी लैजान सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ । लकडाउन खुकुलो बनाउनेबारे स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग पनि समितिले छलफल गरेको छ । तहगत रुपमा लकडाउन खुकुलो पार्दै लैजाने गरी मस्यौदा तयारी गरी सरकारलाई बझुाउने समझदारी पनि बैठकमा बनेको छ । यसैबिच प्रधानमन्त्री केपी ओलीले बुधबार नै विभिन्न क्षेत्रका विज्ञहरु बोलाएर लकडाउनको स्वरुप फेर्ने की भन्ने बिषयमा छलफल गरेका छन । विज्ञहरुले परीक्षणको दायरा बढाएर लकडाउन खुकुलो बनाउनु पर्ने सुझाव दिएको जनस्वास्थ्यविज्ञ डा. समिरमणी दिक्षितले जानकारी दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सक संघले सुरु गर्यो स्वास्थ्यकर्मीका लागि कोरोना केन्द्रित अनलाइन तालिम
Next article स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ मन्त्रालय तानिए, डा. दीपेन्द्ररमण सिंह भए विभागको महानिर्देशक

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132138
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

33
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web