• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 20th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

कोरोनाको समयमा यस्तो हुनपर्छ तपाईको जीवनशैली, इम्यूनिटी बढाउन के गर्ने के नगर्ने ?

September 5th, 2020 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोरोनाको समयमा यस्तो हुनपर्छ तपाईको जीवनशैली, इम्यूनिटी बढाउन के गर्ने के नगर्ने ?

हेल्थ टुडे,

काठमाडौं, २० भदौ : हामीले सानैदेखि नै ’स्वास्थ्य नै धन हो’ भन्ने कुरा सिक्दै आएका छौँ। यद्यपी, हालसम्म जसले यसलाई गम्भीरताका साथ लिएनन्, उनीहरुका लागि यो कोरोना समयमा राम्रो स्वास्थ्य नै धन हो भन्ने कुराको ज्ञान भएको छ।

रोग ब्याक्टेरिया वाला होस् वा भाइरस, यदि हाम्रो इम्यूनिटी अर्थात् रोग प्रतिरोधात्मक क्षमता बलियो भयो भने हामी कम मात्र बिरामी हुन्छौँ। तपाईको इम्यूनिटी कत्तिको बलियो हुने भन्ने कुरा तपाईको जीवनशैली कस्तो छ? भन्ने कुरामा निर्भर गर्दछ।

डाक्टर र विशेषज्ञहरुका अनुसार, राम्रो जीवनशैली बिना मजबुत इम्यूनिटी सम्भव हुन सक्दैन। जीवनशैली केबल तपाईको खानपान, क्रियाकलाप वा निद्रामा मात्र सीमित नभएर यसमा तपाईको काम, आसपासको वातावरण, पर्यावरण र समाजप्रति तपाईको सजगता जस्ता कुराहरु पनि सामेल हुन्छन्। प्रतिरोधक क्षमताको अर्थ तपाई भित्र प्राकृतिक रुपमा उपलब्ध आत्मबल प्रणाली हो, जसले तपाईलाई कोरोना भाइरसलगायत सबै प्रकारका भाइरसहरुबाट बचाइ राख्न मद्दत गर्दछ।

खासमा तपाईको राम्रो–नराम्रो बानी तपाईको जीवनशैलीको एउटा हिस्सा हो।

व्यक्तिगत स्वच्छता र वातावरण
तपाईको खानपान र खाने–पिउने तरिका
तपाईको क्रियाकलाप अर्थात् सक्रियता
तपाईको उठाई, बसाई, हिडाई, सुताई, आदि।
अर्थात्, हाम्रो जीवनशैली इम्यूनिटीबीच गहिरो सम्बन्ध छ भन्न सकिन्छ।

राम्रो जीवनशैली बिना हाम्रो इम्यूनिटी अर्थात् रोग प्रतिरोधक क्षमता कम हुन्छ। यस्तोमा हामी कोरोना भाइरस वा अन्य भाइरल रोगको चपेटामा सहजै पुग्न सक्छौँ।

अधिक तेलमा तारेको र भुटेको खाना खादा कोलेस्ट्रोलको स्तर बढ्छ र यसले कोरोना संक्रमणको समयमा ब्लडमा अक्सिजनको आपूर्तिमा समस्या हुनसक्छ र अवस्था गम्भीर हुनसक्छ। त्यसैले, अधिक तेलजन्य खाना, जंक फूड, धुम्रपान र मद्यपानजन्य कुराहरुसँग दूरी बनाइराख्न विशेषज्ञहरुले सुझाव दिएका छन्।

यी कुराहरु बुझ्न जरुरी

प्रतिरोधक क्षमता एन्टीबडी डेभलप हुनुसँग सम्बन्धित छ, तर केही मानिसहरुमा लामो समयसम्म पनि इम्यूनिटी विकसित नभएको पाइएको छ। केही अध्ययनमा बताइए अनुसार, संक्रमणबाट ठीक भएपछि पनि मानिसहरुमा फेरि कोभिड–१९ को लक्षण देखिएको छ।

मानिसहरुले मास्कको प्रयोग गरिरहेका छैनन्, सामाजिक दूरी र सरसफाईमा ध्यान दिइरहेका छैनन्, यस्तोमा संक्रमणको खतरा सिर्जना गरिरहेका छन्। एजेन्सीको सहयोगमा

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पीसीआर नेगेटिभ रिपोर्ट भएकाले मात्र उपत्यका प्रवेश गर्न पाउने
Next article लैंगिक हिंसा रोकथाम परियोजनाको दोस्रो चरण प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा सुरु

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131763
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web