• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

कोरोनाका बिषयमा गलत हल्लाको पछि नलागौं

September 8th, 2020 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोरोनाका बिषयमा गलत हल्लाको पछि नलागौं

डा. शरद वन्त,

केही देशहरुमा नियन्त्रण भए तापनि बिश्वब्यापी रुपमा फैलिएको  कोभिड १९ ( कोरोना भाइरस ) को  महाब्याधी रोकिएको भने छैन । विश्वभरि अहिलेसम्म करिब नौ लाख मानिसहरुको ज्यान लिइसकेको कोभिड १९ आज सबैकोलागि चिन्ताको बिषय बनेको छ । हाम्रो देशमा कोभिड १९ बाट झण्डै पचास हजारको हाराहारीमा सँक्रमित भएर तीन सय भन्दा बढी नेपालीको यसबाट ज्यान  गुमाई सकेका छन् र हामीले यथेष्ठ सतर्कता अपनाउन नसके आउँदा दिनहरुमा यो रोगले अझै क्षति गर्ने प्रष्टं छ ।

यति बेला कोभिड १९ को प्रकोपलाई रोक्न र यसले जनजीवनमा पारेको बहुपक्षिय नकरात्मक प्रभावलाई ब्यवस्थापन गर्ने सरकारको प्रयासलाई सहयोग गर्दै तथा सरकारको काममा भएको कमी कमजोरीप्रति आलोचक भएर सरकारलाई आबश्यक सुझाव दिँदै आम नागरिकले यो रोगबाट सुरक्षित रहन सँक्रमण रोक्ने उपायहरुलाई  गम्भीरता साथ अवलम्बन गर्ने  महत्वपूर्ण क्षण हो । तर यो सम्बेदनशील समयमा एउटा समूह भने आम नागरिकलाई अन्योलमा राख्ने दुष्प्रयास गरीरहेका छ । उनिहरु कोभिड् १९ कुनै वास्तविक समस्या नै होइन, यो जनतालाई आतँकित बनाउन बिश्व स्वास्थ्य सँगठन र मेडिकल माफियाले चलाएको हल्ला मात्रै हो भनेर जनतालाइ दिग्भ्रमित बनाउदै छन् । यो समूहको यस्तो प्रयासले हामीलाई कोभिड १९ को भयानक जोखिममा पुर्याउन सक्छ ।

त्यसैले हामीले  आफ्नो पहूचमा भएका माध्यमहरु तथा सम्पर्कहरुको प्रयोग गरी यस्तो गैर जिम्मेवार र अमानवीय प्रयासको  तर्कपूर्ण बिरोध गर्दै आम जनसमुदायलाई  यस्तो दुष्प्रचारको भ्रममा नपरी भयभित नभएर आफू पनि कोभिड १९ को संक्रमणबाट बच्न र अरुलाई पनि  बचाउन सबै उपायहरु अवलम्बन गर्न आह्वान गर्न सबैमा हार्दिक अनुरोध गर्दछु ।

( वरिष्ठ जनस्वास्थ विज्ञ डा. वन्त,  पिपल्स हेल्थ मुभमेन्ट नेपालका संयोजक हुन । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोभिड–१९ बारे २३ वटा अध्ययन गर्दै स्वास्थ्य अनुसन्धान परिषद्
Next article लैंगिक हिंसा रोकथाम परियोजनाको दोस्रो चरण प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा सुरु

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134410
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web