• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपालमा करिब ३० प्रतिशत बयस्कमा उच्च रक्तचाप

September 29th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपालमा करिब ३० प्रतिशत बयस्कमा उच्च रक्तचाप

हेल्थ टुडे,

काठमाडौं, १३ भदौ  : नेपालमा करिव ३० प्रतिसत बयस्कमा उच्च रक्तचापको समस्या रहेको देखिएको छ । उच्च रक्तचापलाई मुटु रोगको प्रमुख कारक मानिन्छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार हाल नेपालमा कूल जनसख्ंयाको ३० प्रतिसत बयस्कमा उच्च रक्तचापको समस्या छ । त्यसैगरि जनसंख्याको २५ प्रतिसत अर्थात करिव ७५ लाख जनतामा कुनै न कुनै प्रकारको मुटुरोग रहेको अनुमान गरिएको छ । २० प्रतिशतलाई कालेस्टेरोलको समस्या, १० प्रतिशतलाई मधुमेह र एक प्रतिशत बालबालिकालाई बाथ–मुटु रोग छ ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानका महासचिव एवं वरिष्ठ मुटुरोग विज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार वर्षेनी १००० बालबालिका बाथ–मुटुरोगका कारण हार्ट फेल भएर मृत्युको मुखमा पर्ने गरेका छन । डा. रेग्मीका अनुसार बच्चा जन्माउने बेलामा धेरै महिलाहरुको पनिबाथ–मुटुरोग कै कारण मृत्यु भैराखेको छ ।  पछिल्ला वर्षमा मुटु रोगको समस्या बढ्नुको कारण खानपान र अव्यवस्थित जिवनशैली प्रमुख कारण रहेको विज्ञहरु बताउछन । डा. रेग्मीका अनुसार ९० प्रतिशत नेपालीले मुटुमैत्री खाना खाँदैनन् । करिब ५० प्रतिशत सहरिया नेपालीले आवश्यक व्यायाम गर्दैनन् । ४० प्रतिशतले चुरोट, सुर्ति सेवन गर्छन् ।

धेरै नेपालीलाई मानसिक तनाव छ । एकातिर खानामा अत्याधिक चिल्लो, गुलियो र नुनको मात्रा बढीे छ, हरियो सागपात, फलपूmल आदि कम छ । चुरोट, सुर्तीको सेवनबढी छ, रक्सी पिउने बानी धेरैको भएकाले समस्या थपिदै गएको विज्ञहरुको दावी छ । अस्वस्थकर जीवनशैलीलाई स्वस्थकर बनाउने तर्फ कदमचाल्नु नै मुटुरोगबाट बच्ने सबै सबैभन्दा सरल र उत्तम उपाय भएको उनीहरुको सुझाउ छ ।  यस कारण मुटु बचाउन सबैले आफ्नो मन लगाउन पर्छ । मन लगाउने भनेको तन, मन, धन, विवेक, बुद्धि आदि सबैको प्रयोग मुटु बचाउनकालागि गर्ने भनेको हो । यसै गरि  ‘ मन लगाउ, मुटु बचाउ ’ भन्ने नाराका साथ आज विश्व मुटु दिवस मनाइदै छ । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि यो दिवस मनाइदै छ । हरेक वर्ष सेप्टेम्बर २९का दिन विश्व मुटु दिवस मनाइन्छ ।

विश्वमा बर्षेनी १ करोड ८० लाख मानिसहरु मुटुको रोगका कारण मर्ने गर्दछन् । यस मध्ये विकासोन्मुख राष्ट्रहरुमा मुटु रोगबाट मर्नेहरुको संख्या ८० प्रतिशतभन्दा बढी पर्न आउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०३० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेहरुको संख्या वर्षेनी २ करोड ५० लाख पुग्ने अनुमान छ । विकासोन्मुख राष्ट्रहरुमा आज हृदयघातका कारण मृत्यु हुनेको संख्या २५ प्रतिसत छ भने सन् २०३० सम्ममा यो संख्या बढेर ३५ प्रतिस पुग्ने अनुमान गरिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिसोमा कोरोनाको खतरा बढ्न सक्ने विज्ञहरुको आकलन
Next article आईसियूमा उपचाररत् कोरोना संक्रमितको अवस्था बुझ्न स्वास्थ्यले विज्ञ टोली खटाउने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134304
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web