• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 19th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अंग प्रत्यारोपण गराएकासँग हारे डाक्टर

April 14th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अंग प्रत्यारोपण गराएकासँग हारे  डाक्टर

 

हेल्थ टुडे

अंग प्रत्यारोपण गरिएका व्यक्तिहरु र तिनको अंग प्रत्यारोपण गर्नमा संलग्न चिकित्सक टीम बिच भएको मैत्रीपूर्ण फुटवल प्रतियोगितामा प्रत्यारोपण गराएकाहरुको टीमले चिकित्सकहरुको टीमलाई सून्यका विरुद्घ १ गोलले जित हासिल गरेका छन् ।

नयाँ वर्षको अवसरमा मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर र आरोग्य प्रतिष्ठानले लगनखेलमा शुक्रबार आयोजना गरेको आठौं नेपाल प्रत्यारोपण खेलकुलमा प्रत्यारोपीत समूहले बिजय हासिल गरेको हो । प्रतियोगितामा अंग प्रत्यारोपीत समूहमा मिर्गौला र कलेजो प्रत्यारोपण गराएका व्यक्तिहरु सहभागी थिए भने चिकित्सकको समूहमा प्रत्यारोपण विशेषज्ञ, नेफ्रोलोजिस्ट र प्रत्यारोपण सर्जन सहभागी थिए ।  अंग प्रत्यारापितहरु  सक्षम र उत्पादनशील जीवन यापन गर्न योग्य छन् भन्ने सन्देश दिन र अंगदाताहरुको मनोबल उच्च राख्न यो प्रतियोगिता विगत ८ बर्षदेखि आयोजना गरिदैं आएको मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । यस किसिमको प्रतियोगिताले सकारात्मक सन्देश प्रवाह गरेको उनले बताए । फुटवलका अलावा प्रतियोगितामा दौड र व्याटमिन्टनको समेत अन्तिम प्रतिस्पर्धा गराइएको थियो ।

अंग प्रत्यारोपितहरुको पुरुषतर्फ १०० मिटर, २०० मिटर र ४०० मिटर दौड, महिलातर्फ १०० मिटर र २०० मिटर दौड तथा ब्याडमिन्टन प्रतियोगिता गराइएको छ । पुरुष १०० मिटर दौड तर्फ बिष्णुलाल श्रेष्ठ प्रथम, हरिबहादुर तामाङ्ग दोश्रो र रुलबहादुर आले तेश्रो भएका थिए । त्यसैगरि पुरुष २०० मिटर दौड तर्फ बिष्णु लाल श्रेष्ठ प्रथम, प्रेमरत्न मानन्धर दोश्रो तथा स्वजन मानन्धर तेश्रो भएका थिए । त्यसै गरि पुरुष ४०० मिटर दौडतर्फ प्रेमरत्न मानन्धर प्रथम, हरिबहादुर तामाङ्ग दोश्रो र रुलबहादुर आले तेश्रो भएका थिए ।

महिला १०० मिटर दौड तर्फ गीता श्रेष्ठ प्रथम, तुलसा भट्टराई दोश्रो र सानुशोभा शाक्य तेश्रो भएका थिए । त्यसै गरि महिला २०० मिटर दौड तर्फ गीताश्रेष्ठ प्रथम, तुलसा भट्टराई दोश्रो र सानुशोभा शाक्य तेश्रो भएका थिए । ब्याडमिन्टन तर्फ पुरुष भेटरान (४५ बर्ष भन्दामाथि) को समुहमा प्रेमरत्न मानन्धर प्रथम, बिष्णुलाल श्रेष्ठ दोश्रो र राजेश्वर कायस्थ तेश्रो भएका थिए । त्यसै गरी पुरुष ४५ बर्षभन्दा मुनिको उमेर समुहमा हरिबहादुर तामाङ्ग प्रथम, राजकुमार लिम्बु दोश्रो तथा रुद्रबहादुर बिक तेश्रो भएको थिए ।

महिला ब्याडमिन्टनतर्फ लिला गुरुङ्ग प्रथम, लक्ष्मी महर्जन दोश्रो तथा गीता श्रेष्ठ तेश्रो भएका थिए । यस पटकको बिजयीमध्येबाट दुई जना प्रत्यारोपितलाई यसै बर्षको जुन महिनामा स्पेनको मालागामा आयोजना हुने विश्वप्रत्यारोपण खेलकुदमा सहभागी गराईने डा. श्रेष्ठले जानकारी दिए । समारोहमा युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपालीले प्रत्यारोपितहरुलाई शिपमुलक तालिम दिई उत्पादनशील नागरिक बनाउन सहयोग गर्ने बताए । प्रतियागितामा सुप्रसिद्ध गायीका एवं आरोग्य प्रतिष्ठानकी अध्यक्ष आनी छोईङ्ग डोल्मा, सभासद प्रेम सुवाललगायत वरिष्ठ चिकित्सक, समाजसेवी र राजनीतज्ञहरुको सहभागिता रहेको थियो । सोही समारोहमा मृगौला प्रत्यारोपित खेमराज निरौलाद्धारा लिखित पुस्तक “जीवनको खोजीमा” विमोचन गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नयाँ वर्षमा ‘म स्वस्थ, मेरो देश स्वस्थ्य’
Next article एमालेको घोषणापत्रमा स्वास्थ्यका ६ बुँदा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

Jul 21st 12:26 AM
समाचार

बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँ : स्वास्थ्य मन्त्री पौडेल

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131762
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

15
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web