• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 25th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कलेजो प्रत्यारोपणमा पनि फड्को मार्दै शहीद धर्मभक्त प्रत्यारोपण केन्द्र, २ दिनमा २ को कलेजो प्रत्यारोपण

April 5th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कलेजो प्रत्यारोपणमा पनि फड्को मार्दै शहीद धर्मभक्त प्रत्यारोपण केन्द्र, २ दिनमा २ को कलेजो प्रत्यारोपण

हेल्थ टुडे

काठमाडौं, २२ चैत : मिर्गौला प्रत्यारोपणमा एकपछि अर्को सफलता प्राप्त गर्दै आइरहेको भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कलेजो प्रत्यारोपणमा पनि फड्को मार्न थालेको छ । केन्द्रले दुई दिनको अन्तरातलमा दुई जनाको कलेजो प्रत्यारोपण गरेको छ । यही चैत्र २० र २१ गते गरी दुई जनाको कलेजो प्रत्यारोपण गरिएको केन्द्रका कार्यकारी निर्देशक समेत रहेका अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठले बताए । उक्त शल्यक्रियामा नेपाली टोलीको नेतृत्व प्रत्यारोपण सर्जन डा.श्रेष्ठले गरेका थिए भने भारतको दिल्ली स्थित म्याक्स हस्पिटलका टोलिको नेतृत्व डा. शलिन अग्रवालले गरेका थिए ।
किर्तिपुरका ४६ वर्षिय इच्छा कुमार महर्जनलाई उनका उनकी श्रीमती ४३ वर्षिय ज्ञानी शोभा महर्जनले कलेजो दान दिएका थिए भने झापाका ५१ वर्षिय रामचन्द्र वलीलाई उनीकी १९ वर्षिय छोरी सुमित्रा वलीले कलेजो दिएका थिए । प्रत्यारोपण टीममा नेपाली टोलिमा सर्जनहरु डा. प्रदेज सापकोटा, डा क्षेतेन योञ्जन तामाङ्ग, डा अनिषा तिवारी, डा ललित कुमार दास, कलेजो फिजिसियन डा कर्ण राजवंशी, एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा आरती राई, डा निभा श्रेष्ठ, डा रेखा श्रेष्ठ, डा रश्मीत श्रेष्ठ, डा शिवसुन्दर राजचल, डा सुमन थिए भने रेडियोलोजि विभागको नेतृत्व डा कृष्ण बुढाथोकीले गरेको थिए । त्यस्तै कोपिला दाहालको नेतृत्वको नर्सिङ्ग टोलिमा बबिता लवजु, अनिता कार्की, लगायतले सघाएका थिए ।
हाल प्रत्यारोपण गरिएका दुबै जना कलेजो प्रत्यारोपित तथा अंगदाताहरुको स्वास्थ्य सामान्य रहेको छ । जटिल शल्यक्रिको लागि अत्याधुनिक सुविधाले सम्पन्न यस केन्दमा न्यूनतम शुल्कमा कलेजो प्रत्यारोपण हुने गरेको छ र आगामी महिना देखि मासिक २ जनाको कलेजो प्रत्यारोपण नियमित गर्ने तयारी गरेको छ । सेवाको उपलब्धता सँगै देशमा मृर्गौला प्रत्यारोपण निःशुल्क गरिए झैं कलेजो प्रत्यारोपणमा पनि सहुलियत प्राप्त भएमा यस सेवाबाट धेरै जना कलेजो फेल भएका व्यक्तिहरु लाभान्वित हुने विश्वास गरिएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपणले नेपालमै पहिलो पटक विसं २०७२ मंशीरमा कलेजो प्रत्यारोपण गरेको थियो । केन्द्रले हाल सम्म ८ जनाको कलेजो प्रत्यारोपण गरेको छ । डा. श्रेष्ठका अनुसार ८ जनाको कलेजो प्रत्यारोपण गरिएकोमा ७ जना स्वस्थ्य व्यक्तिबाट र १ जना मस्तिष्क मृत्यू भएको व्यक्तिबाट कलेजो दान भएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मिर्गौला प्रत्यारोपी, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार भत्ता
Next article डा. चेतराज पन्त : आँखा उपचारमा सिंगो जीवन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132913
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

41
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

39
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web