• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आयात रोक्ने निर्णय स्थगित, सँयुक्त आन्दोलन घोषणा

May 21st, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आयात रोक्ने निर्णय स्थगित, सँयुक्त आन्दोलन घोषणा

 

सरकारले ३५ प्रकारका औषधि आयातमा रोक लगाउने निर्णयको विरोधमा आन्दोलनरत नेपाल औषधि आयातकर्ता संघ (मियान) ले अत्यावश्यक औषधिको आयात ठप्प पार्ने र  विलिङ बन्द गर्ने निर्णय केही दिनका लागि  स्थगित गर्दै सयुक्त आन्दोलन अगाडि बढाउने निर्णय गरेको छ ।  मियानले सुरु गरेको आन्दोलनमा औषधि विक्रीबितरणका क्षेत्रमा क्रियाशिल नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ, नेपाल औषधिगत बिक्री प्रवन्धक संगठन र नेपाल खाद्य, आयुर्वेदिक न्युट्रास्विटिकल्स तथा कस्मेस्विटिक समाजले पूर्ण ऐक्यवद्दता जनाएपछि आन्दोलन संयुक्त र ससक्त रुपमा अगाडि बढ्ने मियानका महासचिव पवन आयार्चले बताए । नेपाल औषधि व्यवसायी संघले पनि आन्दोलनका पक्षमा विज्ञप्ति जारी गरेको छ ।

मियानले जेठ ७ गते औषधिको विलिङ बन्द गर्ने र जेठ ८ गतेदेखि विदेशबाट आयात हुने अत्यावश्यक औषधिको आयात ठप्प पार्ने गरि गत हप्ता आन्दोलनको घोषणा गरेको थियो । औषधि विक्रीबितरण क्षेत्रमा क्रियाशिल प्रमुख संगठनहरुले आन्दोलन प्रति ऐक्यवद्दता जाहेर गर्दै समर्थन गरे पनि औषधि आयात ठप्प पार्ने र विलिङ बन्द गर्ने निर्णय केही दिनका लागि पछाडि सार्न आग्रह गरे पछि संघले आफ्नो पूर्वघोषित निर्णयमाथि पुनर्विचार गर्ने हो । मियानका महासचिव पवन आचार्यले जनताको अनुरोध  र औषधि व्यवसाय क्षेत्रका क्रियाशिल प्रमुख संगठनको आग्रह पछि  पूर्वघोषित निर्णयमा पुनर्विचार गरिएको बताए । उनले भने, ‘ हाम्रा आन्दोलनका कार्यक्रम स्थगित गरेका होइनौ । आयत बन्द गर्ने कार्यक्रम मात्र केही दिन स्थगित गरेका हौ । सरकारले हाम्रा जायज माग सम्बोधन नगरेसम्म आन्दोलनका कार्यक्रम अझ ससक्त भएर अगाडि बढेछन ।’ आन्दोलनका भावी कार्यक्रमका बिषयमा सबै पक्षसंग बसेर निर्णय लिइने उनले बताए ।

औषधि विक्रीबितरणका क्षेत्रमा क्रियाशिल नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ, नेपाल औषधिगत बिक्री प्रवन्धक संगठन र नेपाल खाद्य, आयुर्वेदिक न्युट्रास्विटिकल्स तथा कस्मेस्विटिक  समाजले शनिबार छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै मियानको आन्दोलनमा आफूहरुको पूर्ण समर्थन र सहकार्य रहने जनाउदै जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै अत्यावश्यक औषधिको आयात ठप्प गर्ने र विलिङ बन्द गर्ने घोषित कार्यक्रम तत्कालका लागि स्थगित गर्न आग्रह गरेका हुन् । संघका महासचिव अनुप पाण्डे, संगठनका केन्द्रिय अध्यक्ष सुरजितदत्त र समाजका अधयक्ष सुरेन्द्र मानन्धरले विज्ञप्ति निकालेका हुन । मियानले औषधि व्ववस्था विभागमा ज्ञापनपत्र बुझाउने, कालोपट्टी बाधेर धर्ना दिने, विभाग घेराउ गर्ने जस्ता आन्दोलनका कार्यक्रम सम्पन्न गरि सकेको छ । मियानले स्वदेशी औषधि कम्पनीले उत्पादन गर्ने औषधिको बिक्री मूल्य र लागत मूल्यको फरक सार्वजनिक गर्न पनि सरकारसँग माग गरेको छ ।

 

 

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article औषधि आयतकर्ताको आन्दोलनमा तिन संस्थाको ऐक्यवद्दता
Next article औषधिको निर्णय फिर्ता लिन राज्यमन्त्रीलाई ज्ञापन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132235
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web