• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आयात रोक्ने निर्णय स्थगित, सँयुक्त आन्दोलन घोषणा

May 21st, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आयात रोक्ने निर्णय स्थगित, सँयुक्त आन्दोलन घोषणा

 

सरकारले ३५ प्रकारका औषधि आयातमा रोक लगाउने निर्णयको विरोधमा आन्दोलनरत नेपाल औषधि आयातकर्ता संघ (मियान) ले अत्यावश्यक औषधिको आयात ठप्प पार्ने र  विलिङ बन्द गर्ने निर्णय केही दिनका लागि  स्थगित गर्दै सयुक्त आन्दोलन अगाडि बढाउने निर्णय गरेको छ ।  मियानले सुरु गरेको आन्दोलनमा औषधि विक्रीबितरणका क्षेत्रमा क्रियाशिल नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ, नेपाल औषधिगत बिक्री प्रवन्धक संगठन र नेपाल खाद्य, आयुर्वेदिक न्युट्रास्विटिकल्स तथा कस्मेस्विटिक समाजले पूर्ण ऐक्यवद्दता जनाएपछि आन्दोलन संयुक्त र ससक्त रुपमा अगाडि बढ्ने मियानका महासचिव पवन आयार्चले बताए । नेपाल औषधि व्यवसायी संघले पनि आन्दोलनका पक्षमा विज्ञप्ति जारी गरेको छ ।

मियानले जेठ ७ गते औषधिको विलिङ बन्द गर्ने र जेठ ८ गतेदेखि विदेशबाट आयात हुने अत्यावश्यक औषधिको आयात ठप्प पार्ने गरि गत हप्ता आन्दोलनको घोषणा गरेको थियो । औषधि विक्रीबितरण क्षेत्रमा क्रियाशिल प्रमुख संगठनहरुले आन्दोलन प्रति ऐक्यवद्दता जाहेर गर्दै समर्थन गरे पनि औषधि आयात ठप्प पार्ने र विलिङ बन्द गर्ने निर्णय केही दिनका लागि पछाडि सार्न आग्रह गरे पछि संघले आफ्नो पूर्वघोषित निर्णयमाथि पुनर्विचार गर्ने हो । मियानका महासचिव पवन आचार्यले जनताको अनुरोध  र औषधि व्यवसाय क्षेत्रका क्रियाशिल प्रमुख संगठनको आग्रह पछि  पूर्वघोषित निर्णयमा पुनर्विचार गरिएको बताए । उनले भने, ‘ हाम्रा आन्दोलनका कार्यक्रम स्थगित गरेका होइनौ । आयत बन्द गर्ने कार्यक्रम मात्र केही दिन स्थगित गरेका हौ । सरकारले हाम्रा जायज माग सम्बोधन नगरेसम्म आन्दोलनका कार्यक्रम अझ ससक्त भएर अगाडि बढेछन ।’ आन्दोलनका भावी कार्यक्रमका बिषयमा सबै पक्षसंग बसेर निर्णय लिइने उनले बताए ।

औषधि विक्रीबितरणका क्षेत्रमा क्रियाशिल नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ, नेपाल औषधिगत बिक्री प्रवन्धक संगठन र नेपाल खाद्य, आयुर्वेदिक न्युट्रास्विटिकल्स तथा कस्मेस्विटिक  समाजले शनिबार छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै मियानको आन्दोलनमा आफूहरुको पूर्ण समर्थन र सहकार्य रहने जनाउदै जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै अत्यावश्यक औषधिको आयात ठप्प गर्ने र विलिङ बन्द गर्ने घोषित कार्यक्रम तत्कालका लागि स्थगित गर्न आग्रह गरेका हुन् । संघका महासचिव अनुप पाण्डे, संगठनका केन्द्रिय अध्यक्ष सुरजितदत्त र समाजका अधयक्ष सुरेन्द्र मानन्धरले विज्ञप्ति निकालेका हुन । मियानले औषधि व्ववस्था विभागमा ज्ञापनपत्र बुझाउने, कालोपट्टी बाधेर धर्ना दिने, विभाग घेराउ गर्ने जस्ता आन्दोलनका कार्यक्रम सम्पन्न गरि सकेको छ । मियानले स्वदेशी औषधि कम्पनीले उत्पादन गर्ने औषधिको बिक्री मूल्य र लागत मूल्यको फरक सार्वजनिक गर्न पनि सरकारसँग माग गरेको छ ।

 

 

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article औषधिको निर्णय फिर्ता लिन राज्यमन्त्रीलाई ज्ञापन
Next article औषधि आयतकर्ताको आन्दोलनमा तिन संस्थाको ऐक्यवद्दता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

41
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web