• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

११ औं बार्षिकोत्सव मनाउँदै राष्ट्रिय प्रत्यारोपण केन्द्र, पोखरा र सुर्खेतपछि कोशीमा छिट्टै मृर्गौला प्रत्यारोपण

April 19th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
११ औं बार्षिकोत्सव मनाउँदै  राष्ट्रिय प्रत्यारोपण केन्द्र, पोखरा र सुर्खेतपछि कोशीमा छिट्टै मृर्गौला प्रत्यारोपण

हेल्थ टुडे,
काठमाडौ, ६ बैसाख : शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले यही बैशाख ११ गते आफ्नो ११ औं बार्षिक उत्सव मनाउने भएको छ । नेपाल सरकार स्वस्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको यस केन्द्रले स्थापनाको छोटो अवधिमा अंगदान र प्रत्यारोपण क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ । अंग दान तथा प्रत्यारोपण कानून परिमार्जन तथा संसारको सबैभन्दा धेरै प्रत्यारोपण गर्ने मध्ये रहन सफल यो केन्द्रले ९९ प्रतिसत भन्दा वढी सफलताका साथ मृगौला प्रत्यारोपण गर्न सक्ने पहिचान बनाएको केन्द्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हालसम्म यस केन्द्रले १ हजार ४६ जनाको मृगौला प्रत्यारोपण र १० जनाको कलेजो प्रत्यारोपण गरी सकेको छ । केन्द्रले देशमा पहिलो पटक मस्तिष्क मृत्युवाट हुने मृगौला तथा कलेजो प्रत्यारोपण, अंगदान सम्बन्धी व्यापक प्रचारप्रसार, देशभरी डायलाइसिस विस्तार र प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गरेको छ । गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा र कर्णाली प्रदेश अन्तर्गतको सुर्खेत प्रदेशिक अस्पतालमा प्रत्यारोपण सेवा सुरु भै सकेको छ भने प्रत्यारोपण सेवालाई क्रमश कैलालीको सेती अस्पताल, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान हेटौडा अस्पताल र कोशी प्रदेशको कोशी अस्पताल विराटनगरमा प्रत्यारोपण सेवा विस्तार गर्ने समझदारी गरी प्रत्यारोपण कार्यको तयारी भइरहेको केन्द्रले जनाएको छ ।
केन्द्रले करिव २०० जना स्टाफ नर्स तथा प्रविधिकलाई तालिम दिई डायलाइसिस सेवा देश भरी फिजाइ रहेको छ भने बिभिन्न सरकारी अस्पताल तथा निजी अस्पतालमा भएका मृगौला प्रत्यारोपण कार्य यही केन्द्रवाट तालिम प्राप्त जनशक्तीबाट भएको छ ।

डा पुकारको पुन: नियुक्ती पश्चात केन्द्रका गतीविधि झनै तीव्र

डेड बर्ष अगाडि डा. पुकारको पुन नियुक्ती पछाडि केन्द्रका गतिविधिले झनै गति लिएको छ । डा. पुकारको पछिल्लो डेड बर्षको कार्यकालमा २८६ जनाको मृगौला प्रत्यारोपण भएको छ भने ४ जनाको कलेजो प्रत्यारोपण र उपत्यका बाहिर पोखरा र सुर्खेतमा मृगौला प्रत्यारोपणा कार्य भैसकेको र क्रमश धनगढी , हेटौडा र कोशी अस्पतालमा मृगौला प्रत्यारोपण गर्ने योजनाका साथ तयारी डा.पुकारको यसै कार्यकालमा भै रहेको केन्द्रले जनाएको छ ।
मुलुक भरी मात्र हैन विदेशवाट समेत प्रत्यारोपण गर्न आउने यस केन्द्रमा स्थान अभावको कारण जति यसले सेवा प्रवाह गर्नु पर्ने हो, त्यो भने हुन सकेको छैन । नेपाल सरकारको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई प्रत्यारोपण सम्बन्धी उच्च स्तरीय दक्ष जनशक्ती उत्पादन गर्ने स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रतिष्ठानको रुपमा विकास गर्ने र आवश्यक जनशक्ती उत्पादन गरी प्रत्यारोपण सेवासातै प्रदेशमा विस्तार गर्ने योजनालाई कार्यन्वयन गर्ने जिम्मेवारी समेत डा.पुकारको काँधमा छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवद्धय डा. रोशन पोख्रेल र देवकुमारी गुरागाईँको सक्रियतामा सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार हुँदै गएको हुँदा अंग फेल भएका सयौं नेपालीले नयाँ जिवन पाएका छन ।
डा.पुकारको पछिल्लो कार्यकालमा प्रत्यारोपण सम्बन्धी अन्र्तराष्ट्रिय स्तरको सम्मेलनदेखि देशका विभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रम, गोष्ठी, निशुल्क स्वास्थ्य सिविर तथ अंगदान सिविरहरु नियमित रुपमा भै रहेको र झन्डै २५ वटा विभिन्न कार्यक्रमहरु सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको सम्पुर्ण मन्त्री मण्डलले उहाँको पहलमा मस्तिष्क मृत्यु पश्चात अंगदान गर्ने घोषणा गर्नु भएको थियो ।
आफ्नो छुट्ट्ै भवन विस्तार गरी अझ बढिभन्दा बढी नेपालीलाई सहज पहुँचमा सेवा गर्न तयारी भैरहेको केन्द्रले जनाएको छ । यस केन्द्रलाई अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग आवद्ध गराई विभिन्न खालको शैक्षिक गतिविधि, जनशक्तिको तालिम तथा प्रविधि हस्तान्तरण गर्ने कार्यहरु भै रहेको छ । केन्द्रवाट १० बटा शोधपत्र तयार गरी प्रकाशन समेत भै सकेका छन र करिव १० बटा प्रकाशन गर्ने तयारी भैरहेको छ ।
केन्द्रको डायलाइसिस सेवा ३५ बटा मेसिनबाट बृद्धी गरी ७२ वटा मेसिनवाट सेवा दिइ रहेको छ । यसलाई अझ ३० वटा मेसिन थप गरी १०० भन्दा बढी मेसिनको डायलाइसिस केन्द्र बनाउने योजना रहेको केन्द्रले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article थप उपचारका लागि राष्ट्रपति पौडेल भारत प्रस्थान, नयाँदिल्लीको एम्समा हुनेछ उपचार
Next article स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बिच्छा राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132495
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

39
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

39
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

33
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web