• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

देश भरिका जिल्ला अस्पताल बैतडी सर्वोत्कृष्ट

May 15th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
देश भरिका जिल्ला अस्पताल बैतडी सर्वोत्कृष्ट

हेल्थ टुडे,
बैतडी, १ जेठ : देशभरका प्राथमिक अस्पतालमध्ये जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा सञ्चालनसम्बन्धी मापदण्डमा सर्वोत्कृष्ट भएको छ। न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम मूल्याङ्कनका आधारमा जिल्ला अस्पताल ९५ प्रतिशत अङ्क प्राप्त गरी सर्वोत्कृष्ट हुन सफल भएको हो।

न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमका संयोजक विमलचन्द्र पुनले आइतबार आयोजित कार्यक्रममा देशभरका प्राथमिक अस्पतालको मूल्याङ्कनका आधारमा बैतडी जिल्ला अस्पताल पहिलो भएको घोषणा गर्नुभयो। सो अवसरमा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जिल्ला अस्पतालले उपचारमा निकै ठुलो फड्को मारेको बताउनुभयो। अस्पतालको स्वास्थ्य उपचार सेवा दीर्घकालसम्म टिकाइराख्नुपर्नेमा उहाँले जोड दिनुभयो। १५ शय्या क्षमताको यस अस्पतालमा पाँच जना विशेषज्ञ चिकित्सक र सात जना मेडिकल अधिकृत गरी १२ जना स्वास्थ्यकर्मी छन्। सो अस्पतालबाट यो आर्थिक वर्ष २९ हजार बिरामीले सेवा लिएको पाइएको छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय, सुदूरपश्चिम प्रदेशद्वारा गरिएको अस्पतालको व्यवस्थापन, क्लिनिकल सेवा र सहयोगात्मक सेवा अन्तर्गत हुने मूल्याङ्कनमा एउटा नमुना अस्पतालका रूपमा उभिन सफल भएको अस्पतालका निमित्त मेडिकल सुरिन्टेन्डेन्ट डा. दीपेश श्रेष्ठले बताए ।

सुपरिन्टेन्डेन्ट डा. श्रेष्ठले भने “मूल्याङ्कनमा ७५० भन्दा बढी बुँदा हुन्छन्। बैतडीमा ५० शय्याको अस्पताल भवन बने पनि दरबन्दी १५ शय्याको मात्रै छ। सरकारबाट १५ शय्याको मात्रै सेवासुविधा आए पनि हामीले ४९ बेड सञ्चालन गरेर बिरामीको उपचार गरिरहेका छौँ।”
नेपाल सरकारले ७० वटा औषधी निःशुल्क भने पनि बैतडी अस्पतालले एक सयभन्दा बढी औषधी निःशुल्क दिने गरेको छ। हाडजोर्नी तथा नसारोग विशेषज्ञ, नाक, कान, घाँटीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट, स्त्रीरोग विशेषज्ञ, दन्तरोग विशेषज्ञसहित १२ जना चिकित्सकले सेवा दिइरहेका छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य तथा जनसंख्या मन्त्रीको प्रेस संयोजकमा दुलाल
Next article बंगालादेशले उन्मूलन गर्यो हात्तीपाइले

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

41
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web