• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

टिचिङमा ७० करोडका अत्याधुनिक उपकरण आउदै 

July 16th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
टिचिङमा ७० करोडका अत्याधुनिक उपकरण आउदै 

त्रिवि शिक्षण अस्पतालमा ७० करोड मूल्य पर्ने अत्याधुनिक उपकरण जडान हुने भएको छ । जापान सरकारको सहयोगमा एमआरआई, सिटीस्क्यान, भिडियो एक्सरे लगायतका  अत्यधुनिक उपकरण ल्याइन लागिएको हो । त्रिवि शिक्षण अस्पतालको ३५ औं बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. दीपक महराले ७० करोड पर्ने यी उपकरणका लागि बोलपत्र आव्हान भइरहेको बताउदै सबै उपकरण जापानबाट आउने जानकारी दिए । डा. महराले आफ्नो तिन बर्षे कार्यकालमा त्रिवि शिक्षण अस्पतालमा थुप्र्रै सुधारका काम भएको दाबी गर्दै अस्पताललाई आत्मनिर्भर बनाउने, १२१ नयाँ दरबन्दी थप्ने, बैकल्पिक उर्जा जडान, फोहोर व्यवस्थापन, लिफ्टको व्यवस्था, भाटभटेनी सुपरमार्केटका सञ्चालकको सहयोगमा अस्पताल हातामै १० तले आधुनिक भवन निर्माणका लागि समझदारी, अपांगमैत्री शौचालय लगायतका  त्रिवि शिक्षण अस्पतालमा थुप्र्रै सुधारका काम भएको दाबी गरे ।

कार्यक्रममा त्रिविका उपकुलपति तिर्थ खनियाले शिक्षण अस्पतालको प्रशंसा गर्दै एमविविएसको ७२ सिट बढाउन लाग्नु पर्ने आवश्यकता रहेको बताए । त्रिविका शिक्षाध्यक्ष डा. सुधा त्रिपाटीले अस्पताललाई डा. गोविन्द केसीले अनसन स्थल बनाएको प्रति आपत्ति प्रकट गर्दै त्यसले अस्पतालको साख गिर्नुका साथै उपचार समेत प्रभावित हुने गरेकाले अस्पताल परिसरमा अनसन बस्न नदिन सबै एक हुनु पर्ने बताइन । प्रध्यापक संघ महाराजगञ्ज एकाईका कार्यवहाक अध्यक्ष डा. अभिमन्यू झाले कक्षा कोठा सहितको भौतिक संरचनाको अभावमा सिटसंख्या बढाउन सकिने अवस्था नभएकाले त्रिविले ध्यान दिनु पर्नेमा जोड दिए ।

फ्याकल्टी डक्टर्स एसोसिएसनका कार्यवहाक अध्यक्ष डा. रामेश्वर पोखरेलले पुराना उपकरण डिस्पोजल गर्ने व्यवस्था हुनु पर्ने बताए । चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा. डा. जगदिश अग्रवालले एमविविएसमा सिट बढाउन पहल भइरहेको जानकारी दिदै यो वर्षदेखि बिडिएसको पढाई सुरु गर्ने बताए । अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अस्पतालको सेवा उत्कृष्ठ भएकैले दिन प्रतिदिन बिरामीको चाप बढीरहेको बताउदै सरकारले अस्पतालको स्तरवृदिका लागि कुनै कसर बाकी नराख्ने बताए ।

दुई वर्ष पहिले आएको विनासकारी भूकम्पका बेला विशेष सहयोग गरेको स्मरण गर्दै समारोहमा आम्दा इन्टरनेशनल जपानका सुगानामीलाई विशेष सम्मान र सहयोगी संस्थाहरुलाई मन्त्री कार्कीले सम्मान गरेका थिए । कार्यक्रममा त्रिवि शिक्षण अस्पतालका चिकित्सक, नर्सहरु, प्राविधिक कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मिर्गौला चोरी प्रकरणबारे बोल्ने सांसदलाई कार्वाही गर्न माग
Next article साडे ६ प्रतिसत महिलामा आङ खस्ने समस्या

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132568
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web