• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 26th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वीर अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था सुध्रिदैन : स्वास्थ्य मन्त्री बस्नेत

July 28th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वीर अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था सुध्रिदैन : स्वास्थ्य मन्त्री बस्नेत

हेल्थ टुडे,
काठमाडौं, १२ साउन : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था नसुध्रिने बताएका छन् । देशकै सबैभन्दा पुरानो र ठूलो वीर अस्पतालको १३४ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजना गरिएको समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले वीर अस्पताल नसुधारी देशको समग्र स्वास्थ्य अवस्था सुधार्न नसकिने भएकाले वीर अस्पताल सुधार्न आफु लागि परेको बताए । आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको अढाई महिनामा वीर अस्पतालमा विपन्न देखि भिआईपीसम्मका विरामीले महसुस गर्ने गरि काम गरेको दावी गर्दै मन्त्री बस्नेतले वीर अस्पताल सबै विरामीका लागि सबै प्रकारका विशेषज्ञ सेवा प्राप्त हुने अस्पतालका रुपमा विकास गरेको दावी गरे ।
वीर अस्पतालका ७०० शैया विपन्नका लागि निुशल्क गरेको, आकस्मिक कक्षमा शैया संख्या बढाएको, ओपिडी सेवा विहान ८ बजेदेखि बनाएको, अनलाईनबाट पनि टिकट काट्ने व्यवस्था लागु गरेको, भिआईपी र भिभिआईपी कक्ष दुईवाट बढाएर पाँच पुर्याएको र कर्मचारी समायोजन गरेको लगायतका सुधारको महसुस हुने गरि काम भएको बताए । वीर अस्पताल सुधार्न यहाँको सिंगो टीमको अहं भूमिका रहेको मन्त्री बस्नेतले बताए । उनले भने, ‘ वीरमा योग्य चिकित्सक र स्वास्थ्यकर्मी छन् । उहाँहरुको संयुक्त पहलबाट वीरमा सुधार संभव भएको छ ।’ वीर अस्पताल गरिव, विपन्न मात्र नभएर भिआईपीहरुको उपचारको पनि केन्द्र हुनु पर्ने सरकारको योजना अनुसार काम अगाडि बढीरहेको मन्त्री बस्नेतले जानकारी दिए ।
कार्यक्रममा चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान (न्याम्स ) का उपकुलपति प्रा. डा.भुपेन्द्र बस्नेतले न्याम्सले दक्ष जनशक्ति उत्पादनलाई पनि महत्वका साथ अगाडि बढाइरहेको बताउदै निकट भविश्यमै आईसियूको संख्या बढाएर सञ्चालन गर्न लागिएको बताए ।
वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले १५ शैयाबाट सुरु भएको वीर अस्पतालमा अहिले ९६६ शैया सञ्चालन हुन थाले पनि सो अनुसार बजेट वृदि नभएको दुखेसो पोखे । उनले ३८६ शैयाको अस्पताल हुदा २ अर्ब भन्दा बढी बजेट विनियोजन हुने गरेको तथ्यांक प्रस्तुत गर्दै यो वर्ष ७३ करोड मात्र बजेट विनियोजन भएको बताए । गएको वर्ष ओपिडी, इमरजेन्सी गरेर ५ लाख ६६ हजार जना विरामीले सेवा पाएको बताउदै वीरमा सेवा थपिदै गएको अवस्थामा विरामीको संख्या अर्को वर्ष अझ थपिने दावी पौडेलले गरे ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईले वीर अस्पताल देशको स्वास्थ्य क्षेत्रको अनुहार भएकाले यसको विकासमा मन्त्रालयले हरदम सहयोग गर्ने बताइन । राष्टिय चिकित्सा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी, न्याम्सको रजिस्टार डा. ज्ञानेन्द्र शाह, रेक्टर डा. लोचन कार्की लगायतले वीर अस्पतालले प्रदान गरिरहेको सेवाको चर्चा गर्दै यसको सुधारमा सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिएका थिए । समारोहमा मन्त्री बस्नेतले उत्कृष्ठ कार्य सम्पादन गर्ने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई विभिन्न पुरस्कारबाट सम्मानित गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चाल्नाखेलमा खुल्यो दक्षिणकाली नगर अस्पताल, स्वास्थ्य मन्त्री बस्नेतले गरे उदघाटन
Next article रक्तदाताले दान गरेको रगतको सही सदुपयोग हुनु पर्छ : स्वास्थ्य मन्त्री बस्नेत

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 25th 11:56 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८ औं कलेजो प्रत्यारोपण सफल

Aug 25th 11:42 AM
समाचार

पाँच महिना बित्दा पनि सकिएन स्वास्थ्यमा सरुवा : नीति योजनामा डा. विवेक र क्षयरोगमा डा. गुणनीधि

Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134267
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

82
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

100
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web