• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वर्गिय डा. अमात्यको सम्झनामा स्मारिका

July 31st, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वर्गिय डा. अमात्यको सम्झनामा स्मारिका

स्वर्गिय डा.नारायणगोविन्द अमात्यको ८५औं जन्मोत्सवका अवसरमा उहाँको सम्झनामा प्रकाशन गरिएको स्मारिका ‘डा.नारायणगोविन्द अमात्य, सम्झनाका श्रद्घान्जली पुष्प’ विमोचन भएको छ । संस्कृतिविद् शत्यमोहन जोशीले एक समारोहबिच उक्त स्मारिका विमोचन गर्नु भएको हो । डा. अमात्य एक असल चिकित्सकीय सेवाका साथै रोटरीमार्फत पनि समाजसेवामा संलग्न हुनुहुन्थ्यो । उहाँको हृदयघातका कारण मृत्यु भएको थियो ।

स्व.गोविन्द अमात्य र स्व.तुल्सीमाया अमात्यको कोखबाट वि.सं. १९८९ मा ललिपुरको मंगलबजारमा जन्मनु भएका डा. अमात्यले त्रिशुली, भैरहवा, झापा, रामेछाप, भक्तपुर लगायत थुप्रै ठाउँहरुमा चिकित्सकको रुपमा काम गर्नु भएको थियो । व्यवसायिक दक्षता र कामप्रतिको लगावका कारण डा. अमात्यले सन् १९८० मा अमेरिकन कलेज अफ चेस्ट फिजिसियनको फेलोसिप पाउनु भयो । यस्तै रोटरी इन्टरनेशनलद्धारा उहाँलाई पाउल हारिस फेलोसिप प्रदान गरिएको थियो । डा. अमात्यले नेपालनमा पहिलो पटक एलर्जी परिक्षणको पहिचान गरी त्यसको नियमित उपचार समेत शुरु गर्नु भएको थियो । जीवनको चार दशक लामो यात्रामा डा. अमात्यले नेपालको स्वास्थ्य क्षेत्रमा अमूल्य सेवा प्रदान गर्नुभयो । बिरामीहरुको सेवामा सदा समर्पित भएर धेरैलाई नयाँ जीवन दिनुभयो नै स्वास्थ्य संस्थाहरुमा समेत नेतृत्वदायी भूमिका प्रदान गर्नुभयो । यस क्रममा उहाँले अधिकृतको रुपमा विभिन्न अस्पतालहरुमा २५ वर्ष बिताउनु भयो भने वेलायत, भारत लगायतका मुलुकहरुमा  सिनियर हाउस अफिसरको रुपमा समेत काम गर्नुभयो । कालीमाटी चेष्ट हस्पितल र सेन्ट्रल चेष्ट किल्निक महाबौद्धमा वरिष्ठ  छाती रोग विशेषज्ञका रुपमा काम गर्नु भएको डा. अमात्यले क्षयरोग नियन्त्रणमा पु¥याउनु भएको योगदानलाई  कसैले पनि बिर्सन सक्दैन ।  बि.सं.२०४५ देखि २०४९ सम्म ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रमा निर्देशक पदमा रहेर काम गर्नु भएका डा. अमात्यले सो केन्द्रलाई सार्क क्षयरोग केन्द्रको रुपमा विकास गर्न पु¥याउनु भएको योगदान पनि कम महत्वपूर्ण छैन ।

नेपाल मेडिकल संघ, नेपाल क्षयरोग निवारण संस्था, नेपाल बेलायत समाज, राष्ट्रिय पोलियो उन्मुलन समिति, नेपाल छाती तथा क्षयरोग संघ, रोटरी क्लब लगायतका सामाजिक संघ संस्थाहरुमा समेत उहाँ संलग्न हुनुहुन्थ्यो । नेपाल र नेपालीका लागि पु¥याउनु भएको योगदानको कदर गर्दै डा. अमात्य श्री राज्यभिसेक, सुप्रसिद्ध गोर्खा दक्षिणबाहु तेश्रो लगायत थुप्रै पदक, सम्मान र पुरस्कारबाट पुरस्कृत एवं सम्मानित हुनु भएको थियो ।

स्वास्थ्य सेवामा जीवनलाई नै समर्पित गर्नु भएका डा. अमात्यले सरकारी सेवाबाट अवकास लिनु भएपछि  आफ्नो व्यवसायिक सेवालाई विट मार्न चाहनु भएन । फलस्वरुप उहाँले ललितपुरको कुपण्डोलमा सर्वाङ्ग स्वास्थ्य सदन स्थापना गरी जीवनको उत्तराद्र्धसम्म पनि बिरामीहरुको सेवा गरी नै रहनु भयो । जीवनको उत्तराद्र्धमा कालीमाटी चेष्ट हस्पिटलको निर्देशक समेत रहेर काम गर्नु भएका डा. अमात्यका श्रीमती डा. रोशना आमात्य एनेस्थेसियोलोजी विषयको प्राध्यापक हुनु हुन्छ भने एउटी छोरी डा. अर्चना अमात्य स्त्री रोग बिशेषज्ञ हुनुहुन्छ । अर्की छोरी लिन्डा अमात्य इन्जिनीयर हुनु हुन्छ । यस्तै छोरा आशिष पनि चिकित्सक पेसामा संलग्न हुनुहुन्छ ।

व्यवसायिक धर्म निवार्ह गर्न सदैव क्रियाशील रहने डा.अमात्यको भौतिक शरीर उपस्थित नभएपनि उहाँले अवलम्बन गर्नु भएको मार्ग, निष्ठा र  पु¥याउनु भएको योगदान सबैको लागि सधैको लागि प्रेरणाका श्रोत बन्न सकोस भनि स्मारिका प्रकाशित गरिएको उहाँकी सुपुत्री स्त्री रोग विशेषज्ञ डा. अर्चना अमात्यले बताउनुभयो । उहाँले भन्नु भयो, ‘उहाँको योगदान चीरस्मरण रहोस, उहाँलाई सबैले सम्झने माध्यम बनोस्, उहाँको योगदानबाट भावी सन्ततीले केही प्रेरणा लिन सकून् भन्ने उद्देश्यले हामीले स्मारिका प्रकाशन गरेका हौ ।’

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बयोधामा अत्याधुनिक आईसिसियू र ब्लड बैंक
Next article औषधि व्यबस्था बिभागले बुझ पचायो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132329
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

12
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web