• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघको विज्ञप्तिप्रति एक्सन नेपालको असहमति

May 23rd, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघको विज्ञप्तिप्रति एक्सन नेपालको असहमति


हेल्थ टुडे,

काठमाडौं, १० जेठ : नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले सुर्तिजन्य पदार्थमा लाग्ने गरेको करको विधा र प्रतिसतका बिषयमा जेठ ४ गते गोरखापत्र दैनिकमा प्रकाशित गरेको विज्ञप्ति प्रति एक्सन नेपालले विरोध जनाएको छ । बजेट निर्माणको कार्य अन्तिम अवस्थामा पुगेको बेला सरकारलाई सुर्तिजन्य पदार्थमाथि लाग्ने कर नबढाउन दवाव दिने उद्देश्यले अभिप्रेरित भएर उक्त विज्ञप्ति प्रकाशित भएको आशंका गर्दै एक्सन नेपालले उक्त विज्ञप्ति भ्रामक र सत्य तथ्यमा आधारित नभएको दावी गरेको छ ।
एक्सन नेपालले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त विज्ञप्ति आधारहिन भएको भन्दै विरोध जनाएको हो । एक्सन नेपाल सुर्तिजन्य पदार्थ विरुद्व सक्रिय गैरसरकारी संस्था हो । एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले सरकारी सञ्चार माध्यम गोरखापत्रमा छापिएको उक्त विज्ञप्तिले जनमानसमा र नीति निर्मातामा भ्रम सिर्जना गर्नुका साथै झुटो तथ्य सम्प्रेषण गरेकाले असहमति जनाएको बताए । चन्दले भने,‘ यस किसिमका भ्रामक सूचनाको आधारमा सरकारले सुर्तिजन्य पदार्थमा लाग्ने करको दायरा घटाउनु हुदैन । ’
दक्षिण पुर्वी एशियाका देशहरुमध्ये नेपालमा सुर्तिजन्य पदार्थमाथि लाग्ने कर सबैभन्दा कम भएकाले सरकारले सुर्तिजन्य पदार्थमाथि लाग्ने करको दायरा बढाउनु पर्ने आवश्यकता रहेको अध्यक्ष चन्दले बताए । अहिले सरकारले स्वास्थ्य जोखिम कर बाफत चुरोटको प्रति खिल्ली ६० पैसा लिइरहेकोमा अब प्रति खिल्ली ३ रुपैया पुर्याउनु पर्ने सुझाव एक्सन नेपालले सरकारलाई दिएको चन्दले बताए । एक्सन नेपालका कार्यक्रम निर्देशक पामिर गौतमले कर न्युन भएकाले दक्षिण एशियामै सबै भन्दा सस्तो चुरोट नेपालमा पाइने भएको दावी गर्दै कर बढाउदैमा चुरोट विदेशबाट आयात गर्नु पर्ने अवस्था नरहेको दावी गरे ।
नेपालमा वार्षिक ११ अर्ब २६ करोड ६६ लाख ६६ हजार खिल्ली चुरोट उत्पादन हुने गरेको तथ्यांक प्रस्तुत गर्दै गौतमले त्यसबाट बर्षमा २६ अर्व २२ करोड रुपैया राजश्व संकलन हुने गरेको बताए । सुर्तिजन्य पदार्थमा सरकारले ३३ प्रतिसत कर लगाइरहेकोमा अव करको दायरा बढाएर ७५ प्रतिसत गर्नु पर्ने एक्सन नेपालले माग गर्दै आएको छ । विश्व स्वास्थ्य संगठनले पनि सुर्तिजन्य पदार्थमा करको दर बढाएर ७५ प्रतिसत पुर्याउनु पर्ने सुझाव दिदै आइरहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपालहेल्थप्रेसको प्रधान सम्पादकमा अतुल मिश्र नियुक्त
Next article नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132798
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web