• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

आईओएममा माखो नमारेकी डा.दिव्यालाई फेरि डिन बनाउन डा.सायमीलाई सर्च कमिटीमा ल्याइँदै

August 4th, 2024 अन्तर्वार्ता 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आईओएममा माखो नमारेकी डा.दिव्यालाई फेरि डिन बनाउन डा.सायमीलाई सर्च कमिटीमा ल्याइँदै

हेल्थ टुडे,
काठमाडौं, २० साउन: चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डिन भएर विगत चार वर्षमा माखोसमेत नमारेकी डा.दिव्या सिंहलाई फेरि डिनमै दोहो¥याउन विवादास्पद पूर्वडिन डा.अरुण सायमीलाई नयाँ डिन नियुक्त गर्ने सर्च कमिटीको अध्यक्ष बनाउने चलखेल सुरु भएको छ । डा.दिव्याको कार्यकाल गत असार ३ गते समाप्त भइसकेको छ । उनलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक डिनको रूपमा कामकाज गर्न त्रिभुवन विश्वविद्यालयले तोकेको छ । ज्येष्ठता, कार्यक्षमता र योग्यताभन्दा पनि पावरका भरमा चार वर्षपहिले डा. दिव्या सिंह आईओएमकी डिन भएकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक भएकाले उनी पावर लगाएर डिन भएकी थिइन् । विगत चार वर्षमा आईओएमको शैक्षिक र प्रशासनिक क्षेत्रमा कुनै सुधारका काम अगाडि बढाउन नसकेकी डा. सिंहले फेरि ओली प्रधानमन्त्री भएपछि डिनमा आफू दोहरिने भन्दै कर्मचारीलाई तर्साउन थालेकी छन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. केशरजंग बराल, रेक्टर र रजिस्टार डा. दिव्याका कारण अहिले तनावमा छन् । आईओएममा कुनै काम गर्न नसकेकी उनलाई फेरि डिन बनाउन त्रिविका पदाधिकारी राजी छैनन् ।
डा. दिव्याका विरुद्घ त्रिविमा दर्जनौं उजुरीका चाङ छन् । डिन भएर पनि डा.दिव्याले ग्रान्डी अस्पतालमा प्राइभेट प्रेक्टिस गर्न नछाडेको, शैक्षिक क्षेत्रमा कुनै सुधारको काम गर्न नसकेको, सामन्ती व्यवहार प्रदर्शन गरेको, डिन भएर पनि थुप्रै लाभका पदमा मनोनीत भएको र विद्यार्थीहरू तथा प्राध्यापकहरूका समस्यातिर चासो नै नदिएको आरोप उनीमाथि छ । आईओएमका एक विद्यार्थीले भने, ‘आईओएमका कोही पनि दिव्याको व्यवहारबाट खुसी छैनन् । विद्यार्थीदेखि प्राध्यापकसम्म र कर्मचारी कसैका कुरा पनि नसुन्ने र भेट समेत नगर्ने स्वभावकी डा. दिव्याका कारण सबै हैरान छौं । उनी न आईओएमका लागि काम गर्छिन् न विद्यार्थी शिक्षकका लागि । आखिर डिन कस्को ?’ शैक्षिक कार्यक्रम चलाउन र सुधारका लागि फ्याकल्टी बोर्डको निर्णयअनुसार काम गर्नुपर्नेमा डा. दिव्याले पावरका भरमा पेलेरै आफ्नो कार्यकाल बिताएकी छन् । करोडौं रुपैयाँको लागतका बन्न लागेको आईओएमको नयाँ छात्रावास र डिनको कार्यालयबाट मोटो रकम कमिसन आउने भएकाले डा. दिव्याले फेरि डिनमा दोहोरिने चाहना राखेको उनी निकट स्रोतले बताएको छ । डा. दिव्या निकट एक कर्मचारीका अनुसार डा. दिव्या धेरै लामो समय डिन भएर काम गर्न चाहन्नन् । किनकि चार वर्ष डिन भएर बिताइसक्दा समेत उनलाई अहिलेसम्म डिनको काम, कर्तव्य के हो त भन्ने राम्रोसँग थाहा छैन । तर उनी नयाँ भवन निर्माण हुँदा त्यसबाट प्राप्त हुने कमिसनका लागि मात्र एक वर्ष डिन हुन खोजिरहेकी हुन् । ती कर्मचारीले भने, ‘डिनको कार्यकाल सकिएपछि मात्र डा. दिव्या पूरै समय कार्यालयमा बस्नु थालेकी छन् । दिनमा आधा समय त ती भवनका टेन्डरकै हिसाबकिताब र कमिसनकै विषयमा बित्छ ।’ डा. दिव्याकै जोडबलमा उक्त भवनहरूको डीपीआर बनाउने काम पाएको ठेकेदार र उनी निकटलाई नै ठेक्का दिने तयारी गरेकी छन् ।

त्यसका लागि उनले हदैसम्मका हतकण्डा अपनाएकी छन् । डा. दिव्याको चाहना पूरा गर्न अहिले विवादास्पद पूर्वडिन डा. अरुण सायमी लागेका छन् । डा. सायमी प्रधानमन्त्री ओली निकट आफू भएको भन्दै पावर लगाउँदै त्रिविका पदाधिकारी समक्ष आफूलाई सर्च कमिटीको अध्यक्ष बनाउनुपर्छ भन्दै दबाब दिन थालेका छन् । डा. सायमी डिन भएकै बेला त्रिवि शिक्षण अस्पताल र आईओएममा धेरै ठूलो आन्दोलन भएर सेवा नै हप्तौ ठप्प भएको थियो । डा. सायमीकै विवादास्पद कामका कारण डा. गोविन्द केसीले आन्दोलन सुरु गरेका थिए । त्यसपछि डा. सायमीलाई डिनलाट हटाइएको थियो । त्रिविका उपकुलपति लगायतका पदाधिकारी पनि डा. दिव्यालाई डिन बनाउनेमा पक्षमा छैनन् । तर प्रधानमन्त्री ओलीको चिकित्सक डा. दिव्या भएकाले उनलाई डिन नबनाए आफूहरूलाई भोलिका दिनमा काम गर्न गाह्रो हुन बुझेर उपकुलपति डा. बराल पेलानमा परेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला उपकुलपति बनेका डा. बराल अहिले प्रधानमन्त्री र शिक्षामन्त्री दुवै एमालेका भएकाले पेलान थेग्न नसक्ने भन्दै शक्तिको पूजा गरेर डा. दिव्यालाई नै डिन बनाउने वातावरण बनाउन थालेको उपकुपति निकट स्रोतले बताएको छ ।
फ्याकल्टी बोर्डको नवीकरण तथा पुनर्संरचना समयमै तथा तीन वर्षमा एक पटक पनि बैठक नबोलाएको भन्दै डा. दिव्याको विरोध आईओएमभित्र भइरहेको छ । यसका साथै हाजिरी अनियमितता, बायोमेटिकमा हाजिरी नगरेको, पदाधिकारीको हैसियतामा भन्दा धेरै बिदा र काजमा बसेकोले भन्दै कर्मचारीहरूले नै उनको विरोधमा ओर्लिएका छन् । पाठ्यक्रमबिनै मौखिक आदेशका भरमा शैक्षिक कार्यक्रम सुरु गरी आफूहरूको भविष्य अन्योल पारेको आरोप चिकित्साशास्त्रका विद्यार्थीले लगाएका छन् । डा. दिव्याले डिन रहेकै बेला शुक्रबार ३ बजे र अरू दिन ४ बजेपछि उपलब्ध हुने गरी निजी क्लिनिकको विज्ञापन गरेको र निजी अस्पताल ग्रान्डीको विभागीय प्रमुख भई गर्न नहुने काम गरेको आरोप पनि डा. दिव्यामाथि छ । स्नातक र स्नातकोत्तर तहको परीक्षासम्बन्धी कार्यविधि बनाउन उदासीन रहेर मौखिक आदेशका भरमा परीक्षा सञ्चालन गरी परीक्षा प्रणालीकै खिल्ली उडाएको र सेक्युरिटी बोर्ड बिनै परीक्षाफल प्रकाशित गरेकोमा डा. दिव्याको विद्यार्थी र प्राध्यापकहरूले नै विरोध गरेका छन् ।
डा. दिव्या क्षमता, योग्यता र अनुभव भएका प्राध्यापक आईओएममा हँुदाहुँदै फेरि असक्षम डा. दिव्यालाई डिनमा दोहो¥याए फेरि आईओएममा आन्दोलन हुने र त्यसलाई थेग्न गाह्रो हुने महाराजगन्ज मेडिकल क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष डा. आनन्द सिंहले बताए । उनले भने, ‘ बिगत ४ वर्षमा डा. दिव्याले गरेका कुनै काम पनि आईओएमको हितमा छैनन् । शैक्षिक स्तर बढ्नुको सट्टा घट्दो छ । ’ त्रिविले बनाएको कार्यविधिअनुसार ज्येष्ठता, योग्यता र कार्यक्षमताका आधारमा डिन नियुक्त हुनुपर्नेमा पावरमा भएर असक्षम व्यक्तिलाई डिन बनाइए विद्यार्थीसमेत आन्दोलनमा उत्रनुपर्ने अवस्था आउने उनले चेतावनी दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतलाई अभिनन्दन
Next article स्वास्थ्य बिमाको दायरा कम्तीमा ५ लाख पु¥याउने स्वास्थ्यमन्त्री पौडेलको दावी

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132701
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web