• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मंकीपक्सको जोखिममा नेपाल पनि

August 21st, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मंकीपक्सको जोखिममा नेपाल पनि

हेल्थ टुडे,
काठमाडौँ, ५ भदौ : अफ्रिकी मुलुक कंगोमा तीव्र रूपमा फैलिएको मंकीपक्सको नयाँ भेरिएन्ट ‘क्लेड १ बी’ को संक्रमण अफ्रिकाबाहेकका महादेशमा पनि देखिन थालेपछि नेपालमा पनि जोखिम बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत वर्ष नेपालमा एक ६० वर्षीय विदेशी महिलामा एमपक्स पुष्टि भएको भन्दै नेपाल यो रोगको जोखिममा नरहेको भन्न नसकिने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
२०२२ मा विश्वका ११२ भन्दा बढी देशमा फैलिएको एमपक्सको भेरिएन्टभन्दा अहिले फैलिएको भेरिएन्ट निकै संक्रामक र घातक मानिएको छ ।
विज्ञहरूले पनि विश्वको कुनै एक भागमा यो रोग फैलिएपछि हजारौं किलोमिटर टाढा रहेका मुलुकसमेत संक्रमण विस्तार हुन सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन् । पछिल्लो समय अफ्रिकी मुलुक कंगो, युगान्डा, केन्यालगायत देशमा फैलिएको एमपक्स स्विडेन र पाकिस्तानमा समेत देखा परिसकेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा.चुमनलाल दासले एमपक्स भाइरस फैलिन नदिन निगरानी, नमुना परीक्षण र प्रचारप्रसारमा ध्यान दिन जरुरी रहेको बताए । ‘एमपक्स प्रभावित मुलुकबाट आएकाहरूलाई नाकाहरूमा विषेश निगरानी गर्न जुरुरी छ,’ उनले भने, ‘शंकास्पद व्यक्तिहरूलाई कम्तीमा तीन सातासम्म स्वास्थ्य निगरानीमा राख्दा उचित हुन्छ ।’ उनले शंकास्पद लागेमा तत्काल नमुना परीक्षण गर्नुपर्ने बताए । ‘आमव्यक्तिमा संक्रमणबारे सुसूचित गर्न जरुरी छ,’ उनले भने ।
स्वास्थ्य मन्त्रालयले यो रोगबारे जानकारीका लागि कल सेन्टर १११५ सञ्चालनमा ल्याएको छ । साथै हवाई तथा जमिनका नाकाहरूमा रहेका हेल्थ डेक्सहरू तथा सरुवा रोगहरूको निगरानी गर्ने सम्बन्धित निकायलाई सर्तकता गराइसकेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सबै प्रदेशमा यस रोगको निदान तथा व्यवस्थापन गर्न अस्पताल र चिकित्सक तोकिसकेको जनाएको छ । ‘एमपक्स भाइरसको नयाँ भेरिएन्ट पाकिस्तानमा पनि देखिएकाले सबै जना सचेत रहन अनुरोध गर्दछु,’ उनले भने, ‘शंका लागेमा तत्काल नमुना परीक्षण गराउन अनुरोध गर्दछु ।’

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ‘हन्टर होमलेस कनेक्ट डे’ र मेरो अनुभव
Next article मंकीपक्सको माहामारी फैलिएपछि डब्लूएचओद्वारा स्वास्थ्य आपतकाल घोषणा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133824
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

133
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

117
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web