• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

‘निक साईमन्स अवार्ड–२०२४’ धादिङका जनस्वास्थ्य निरीक्षक रविन थापालाई

March 18th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
‘निक साईमन्स अवार्ड–२०२४’ धादिङका जनस्वास्थ्य निरीक्षक रविन थापालाई

हेल्थ टुडे,
काठमाडौँ, ५ चैत : निक साईमन्स ईन्सिच्युट र स्वास्थ्य सेवा विभाग राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रले हरेक वर्ष ग्रामिण क्षेत्रमा रहेर उत्कृष्ठ स्वास्थ्य सेपा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई प्रदान गर्ने ‘निक साईमन्स अवार्ड – २०२४’ जनस्वास्थ्य निरीक्षक रविन थापालाई प्रदान गरिएको छ । मंगलबार राजधानीमा आयोजना गरिएको १३ औं ग्रामिण स्वास्थ्यकर्मी सम्मेलन उदघाटनका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उक्त अवार्ड प्रदान गरेका हुन । धादिङको ज्वालामुखी गाउँपालिकास्थित ढोला स्वास्थ्य चौकीमा कार्यरत
े निक साईमन्स अवार्ड – २०२४ का लागि ईच्छुक स्वास्थ्यकर्मीहरुलाई ग्रामीण क्षेत्रमा आफूले गरेको कार्यविवरण सहित आवेदन दिन गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । विभिन्न प्रदेशबाट प्राप्त २५ जना स्वास्थ्यकर्मीबाट योग्यता पुगेका १७ जनाको छनौट गरिएको थियो । ती मध्ये ५ जना नर्स र १२ जना प्यारामेडिक्स थिए । उनीहरुमध्ये उत्कृष्ठ ५ जनाको नाम फाइनलका लागि छनौट भएको थियो । फाइनलमा पुग्न सफल ५ मध्ये थापा सहित कालिकोटका सी अहेव अमरबहादुर सहकारी, दैलेखका सीअहेव कमलकुमार भण्डारी, खोटाङकी अनमी गंगा दाहाल, र दार्चुलाका सीअहेव हरिकृष्ण जोशी थिए । ती ५ मध्ये थापाले सर्वोत्कृष्ठ भएर अवार्ड पाएका हुन ।
राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रकी निर्देशक यसोदा अर्यालको संयोजकत्वमा पाँच सदस्यीय समितिले अवार्डका लागि स्वास्थ्यकर्मी छनौट गरेको थियो । उदद्दाटन समारोहमा बोल्दै स्वास्थ्य मन्त्री पौडेलले नेपालको ग्रामिण क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीको मनोवल बढाउन र चिकित्सक नपुगेको स्थानमा विशेषज्ञ चिकित्सक पठाएर निक साइमन्सले सरकारलाई ठूलो सहयोग गरेको बताउदै यस किसिमको सहयोग भविश्यमा समेत रहने विश्वास व्यक्त गरे । स्वास्थ्य मन्त्रालयका सचिव डा. विकाश देवकोटाले अहिले ४० जिल्लामा सेवा प्रदान गरिरहेको निक साइमन्सले भविश्यमा देशका ७७ वटै जिल्लामा सेवा प्रदान गर्न सकोस भन्दै थोरै बजेटमा धेरै काम गर्न सकिने कुरा निक साइमन्सबाट स्वास्थ्य मन्त्रालयले सिक्न दोजेको बताए ।
कार्यक्रममा निक साईमन्स ईन्सिच्युटकी कार्यकारी निर्देशक डा. अर्चना अमात्यले निक साइमन्सका संस्थापक जीम साइमन्सको गत वर्ष निधन भएको स्मरण गर्दै उहाँको योगदानलाई सधै स्मरण गरिरहने बताइन । स्वर्गिय साइमन्स प्रति कार्यक्रममा एक मिनट मौन धारण समेत गरिएको थियो । कार्यक्रममा स्वर्गिय साइमन्सकी धर्मपत्नी डा. मारलिन साइमन्सले नेपालको ग्रामिण क्षेत्रका बासिन्दालाई विशेषज्ञ सेवा प्रदान गर्न थोरै सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै ग्रामिण क्षेत्रमा उत्कृष्ठ सेवा गर्ने स्वास्थ्यकर्मीलाई पुरस्कृत गर्ने प्रयासले सार्थकता पाएको बताइन । कार्यक्रममा निक साइमन्सका अध्यक्ष विद्याधर मल्लिक, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटी र स्वास्थ्य तालिम केन्द्रकी निर्देशक यशोदा अर्यालले निक साइमन्सले नेपालको ग्रामिण स्वास्थ्य सेवालाई गुणस्तरीय र सबैको पहूचमा पुर्याउन योगदान गरेको बताएका थिए । सम्मेलन ३ दिनसम्म चल्ने छ । सम्मेलनमा देशका विभिन्न जिल्लाबाट करिव १०० जना स्वास्थ्यकर्मी सहभागी छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विपद् जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी निर्देशक भट्टद्वारा पदभार ग्रहण
Next article स्वास्थ्यमा रिक्त दुई अतिरिक्त स्वास्थ्यका लागि बढुवा प्रक्रिया सुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132864
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web