• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्यमा रिक्त दुई अतिरिक्त स्वास्थ्यका लागि बढुवा प्रक्रिया सुरु

March 19th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्यमा रिक्त दुई अतिरिक्त स्वास्थ्यका लागि बढुवा प्रक्रिया सुरु

हेल्थ टुडे,
काठमाडौँ, ६ चैत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको दुई अतिरिक्त स्वास्थ्य सचिव पदका लागि बढुवा प्रक्रिया अघि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले बुधबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका कर्मचारीलाई आजको १५ दिन भित्र आफ्नो विवरण दर्ता गर्न आव्हान गरेको छ ।
गत १२ फागुनका दिन स्वास्थ्य सचिवबाट डा रोशन पोखरेल र अतिरिक्त स्वास्थ्य सचिवबाट डा दीपेन्द्ररमण सिंह अवकाशमा गएपछि स्वास्थ्य सेवाको अधिकृत १२ औं तहमा दुईवटा दरबन्दी खाली भएको हो ।
बढुवा समितिले स्वास्थ्य सेवा ऐन २०५३ को दफा २५(२) बमोजिम कार्यसम्पादन क्षमताको आधारमा बढुवा सिफारिस गर्ने बताएको छ । उसले २०८१ असार मसान्तसम्म ५ वर्ष सेवा अवधी पुरा भएका एघारौँ तहका अधिकृत कर्मचारीले १२ औँ तहमा बढुवाका लागि प्रतिस्पर्धा गर्न सक्ने भनेको छ ।
‘मन्त्रालयको वेवसाइटमा रहेको बढुवा सम्बन्धि व्यक्तिगत विवरण फारम डाउनलोड गरी उक्त विवरण सम्वन्धित निकायबाट प्रमाणित गराई आजको १५ दिन भित्र मन्त्रायको कर्मचारी प्रशासन शाखामा दर्ता गर्न गत ३ चैतको निर्णय अनुसार यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सेवाको १२ औँ तहको अधिकृत पदमा सचिव सहित पाँच जना रहने व्यवस्था छ ।
पछिल्लो १२ औँ तहका तीन जना अधिकृतमा स्वास्थ्य सचिव बनेका डा विकास देवकोटा, अतिरिक्त सचिव डा संगीता मिश्रा र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा टंकप्रसाद बाराकोटी रहेका छन् ।
स्वास्थ्य सचिव बाहेक १२ औँ तहको अधिकृतको दरबन्दी मन्त्रालयमा दुईवटा अतिरिक्त स्वास्थ्य सचिव पद, स्वास्थ्य सेवा विभागमा महानिर्देशक पद र वीर अस्पतालको प्रमुख हुने व्यवस्था छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ‘निक साईमन्स अवार्ड–२०२४’ धादिङका जनस्वास्थ्य निरीक्षक रविन थापालाई
Next article कार्यबोझले ’मानसिक रोगी’ भएको भन्दै भारतीय बैंकका कर्मचारी आन्दोलनमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132864
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web