• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोटेश्वर क्याम्पसमा जलवायु परिवर्तन तथा लैंगिकता सम्बन्धि कार्यशाला सम्पन्न

April 9th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोटेश्वर क्याम्पसमा जलवायु परिवर्तन तथा लैंगिकता सम्बन्धि कार्यशाला सम्पन्न

हेल्थ टुडे,
काठमाडौं, २७ चैत : कोटेश्वर बहुमुखी क्याम्पसमा बुधबार जलवायु परिवर्तन तथा लैंगिकता सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । कोटेश्वर क्याम्पस र युथ एडभोकेसी नेपालको संयुक्त आयोजना तथा आर.एम.सी. र मानविकी अनुसन्धान समितिको सहकार्यमा आयोजना गरिएको कार्यशालामा क्याम्पसका प्राध्यापक र विद्यार्थी गरि ७० जना भन्दा बढीको सहभागिता रहेको थियो ।
कार्यक्रमको उदघाटन सत्रमा बोल्दै कोटेश्वर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.प्रकाश पोखरेलले जलवायु परिवर्तनको असर समाजका हरेक पक्षमा परिरहेको वर्तमान अवस्थामा यसका विषयमा केन्द्रित रहेर छलफल गर्नु र यसको असरबाट बच्ने उपाय खोज्नु समय सान्दर्भिक पहल भएको बताए । क्याम्पस प्रमुख डा. पोखरेलले यस किसिमका कार्यशालाबाट विद्यार्थी र शिक्षक दबै पक्ष लाभान्वित हुने भएकाले समय सान्दिर्भिक कार्यशाला आयोजना गर्न क्याम्पससँग सहकार्य गरेकोमा युथ एडभोकेसी नेपाललाई धन्यवाद दिए । युथ एडभोकेसी नेपालका अध्यक्ष गणेश धामीले वातावरण संरक्षणमा शिक्षक र विद्यार्थी दुबैका उत्तिकै भूमिका हुने भएकाले जलवायु परिवर्तनका विषयमा सहभागीहरुलाई जानकारी दिन र उहाँहरुको अनुभव आदान प्रदान गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताए ।
कोटेश्वर क्याम्पस आर.एम.सी. विभाग प्रमुख सेदुनाथ ढकालले जलवायु परिवर्तनका कारण मानिसहरुको जिवनशैली नै परिवर्तन भइरहेको अवस्थामा यसका विषयमा सरकोकारवालाले छलफल गरेर यसको प्रभावबाट बाच्ने उपाय खोज्नु पर्ने बेला आइसकेको बताए । स्वतन्त्र विद्यार्थी युनियनका सभापति सञ्जय बुढाथोकीले विकशित देशहरुको असावधानिकाका कारण नेपाल जस्ता अल्यविकसित देशहरु जलवायु प्रदुशणको जोखिममा परेको दावी गरे । कार्यशालामा कोटेश्वर क्याम्पस स्नातक तह चौथो वर्ष (विएसडब्ल्यू) का विद्याथीहरु कञ्चन सापकोटा, सञ्जयप्रताप राणा लगायतले जलवायु परिवर्तनका विभिन्न आयाम र तिनले पारेको प्रभावका विषयमा प्रस्तुतिकरण गरेका थिए । युथ एडभोकेसी नेपालकी विपना विडारीले जलवायु परिवर्तन र लैंगिकता सम्बन्धि प्रस्तुतिकरण गरेकी थिइन । कार्यक्रमको संचालन मावविकी अनुसन्धान समितिका संयोजक विनोद अधिकारीले गरेका थिए ।
कार्यशालामा पुर्व क्याम्पस प्रमुख गोविन्द बहादुर कार्की, सहायक क्याम्पस प्रमुख नन्दी केशर नेपाल, मनोज अधिकारी सहित समाजशास्त्र, ग्रामिण विकास एवं पत्रकारिता विभाग प्रमुख कल्पना मरहट्ठा, शिक्षा विभाग प्रमुख विनोदकुमार कार्की, अर्थशास्त्र विभाग प्रमुख तुलसी कन्दड्वा, नेपाली विभाग प्रमुख केशव भट्टराई, अंग्रेजी विभाग प्रमुख सावित्री ढकाल र पब्लिक क्याम्पस प्राध्यापक संघका अध्यक्ष समेत रहेका व्यवस्थापन विभाग प्रमुख सुरेश पोखरेलको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा जलवायु परिर्तन र यसको असरका विषयमा सहभागीहरुले आफ्ना अनुभव समेत सुनाएका थिए । कार्यक्रम निकै फलदायी रहेको सहभागीहरुले बताए । स्नातक तह तेश्रो वर्षमा अध्ययनरत विद्यार्थी अभिषेक अधिकारीले कार्यक्रमबाट जलवायु परिवर्तनका विभिन्न कोणका विषयमा जानकारी प्राप्त भएका्े बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एघारौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन राजधानीमा भोलीबाट सुरु
Next article गोली लागेर घाइते भई उपचार गराईरहेकी कोटेश्वर क्याम्पसकी छात्रा रेविकालाई भेटे गृहमन्त्रीले

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132861
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web