• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

गोली लागेर घाइते भई उपचार गराईरहेकी कोटेश्वर क्याम्पसकी छात्रा रेविकालाई भेटे गृहमन्त्रीले

April 9th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गोली लागेर घाइते भई उपचार गराईरहेकी कोटेश्वर क्याम्पसकी छात्रा रेविकालाई भेटे गृहमन्त्रीले

हेल्थ टुडे,

काठमाडौँ, २७ चैत : चैत १५ गतेको घटनामा कोटेश्वर बालकुमारी नजिक गोली लागेर गम्भिर घाइते भएर हाल सिभिल हस्पिटलमा उपचार गराइरहेकी कोटेश्वर बहुमुखी क्याम्पस व्यवस्थापन संकाय तेश्रो वर्षमा अध्ययनरत छात्रा रेविका खत्रीलाई गृह मन्त्री रमेश लेखकले बुधबार भेटेका छन् । गृह मन्त्री मन्त्री लेखकले रेविका र उनका आफ्न्तसँग स्वास्थ्य अवस्था र उपचारका विषयमा कुराकानी गरेका थिए । मन्त्री लेखकले चैत १५ को घटनामा घाइते भएकाहरूको उपचार खर्च सरकारले व्यहोर्ने प्रतिबद्धता जनाएका छन् । लेखकले भने, ‘घाइतेहरूलाई निःशुल्क उपचार गर्ने निर्णय कार्यान्वयन हुन्छ ।’
घाइतेहरूले निःशुल्क उपचार प्राप्त गरेकी गरेनन् भनेर हेर्न आफू अस्पताल आएको उल्लेख गर्दै मन्त्री लेखकले भने, ‘खर्च गरेको बिल अस्पताल मार्फत स्वास्थ्य मन्त्रालयमा जान्छ, भुक्तानी स्वास्थ्य मन्त्रालयले गर्छ ।’
घाइतेका परिवारले खर्च गरेको भए पनि अस्पतालले बिल भौचर प्रमाणित गरेर पठाएको अवस्थामा भुक्तानी दिइने उनले बताए । बिरामीहरूलाई आश्वासन दिँदै उनले भने, ‘पहिला उपचार गर्नुस्, बाहिरबाट ल्याएको औषधीको पनि स्वास्थ्य मन्त्रालयमा मार्फत भुक्तानी हुन्छ ।’ रेविकाको उपचारमा कुनै कमि हुन नदिन कोटेश्वर क्याम्पस प्रशासन र स्वतन्त्र विद्यार्थी युनियनले गृह मन्त्री लेखकलाई ज्ञापन पत्र बुझाएका थिए । क्याम्पसका विद्यार्थीहरुले चार दिनसम्म सडकमा प्रदर्शन समेत गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोटेश्वर क्याम्पसमा जलवायु परिवर्तन तथा लैंगिकता सम्बन्धि कार्यशाला सम्पन्न
Next article स्वास्थ्य अनुसन्धान परिषदको काम प्रशंसनिय छ : शिक्षा मन्त्री भट्टराई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131648
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web