• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य अनुसन्धान परिषदको काम प्रशंसनिय छ : शिक्षा मन्त्री भट्टराई

April 10th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य अनुसन्धान परिषदको काम प्रशंसनिय छ : शिक्षा मन्त्री भट्टराई

हेल्थ टुडे,
काठमाडौँ, २८ चैत : शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नेपाल स्वास्थ्य अनुसनधान परिषद्ले वैज्ञानिक अनुसन्धान गर्ने र गराउने काममा खेलेको भूमिका प्रशंसनिय रहेको बताएकी छिन । एघारौ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलनको राजधानीमा बिहीबार उदघाटन गर्दै मन्त्री भट्टराईले यस किसिमका सम्मेलनबाट प्राप्त तथ्य र प्रमाणबाट सरकार लाई दिगो नीति बनाउन सहयोग पुग्नेमा जोड दिइन ।
तथ्य र प्रमाणमा आधारित नीतिले मात्र जनताको वास्तविक जिवनमा परिवर्तन ल्याउने दाबी गर्दै मन्त्री भट्टराईले परिषद्ले आफ्नो स्थापना कालदेखि अहिलेसम्म गरेको २०० वटा अनुसन्धानले सरकारलाई नीति निर्माण गर्ने कुरामा धेरै सहयोग पुगेको बताइन । मन्त्री भट्टराईले दिगो विकासका लक्ष्यहरु पुरा गर्न सम्मेलनले सहयोग पुग्ने बताइन ।
सम्मेलनको उदघाटन सत्रलाई सम्बोधन गर्दै योजना आयोगका उपाध्यक्ष प्रा.शिव अधिकारीले अहिलेसम्म परिषद्ले अहिलेसम्म गरेको अनुसन्धान सन्तोषजनक भए पनि प्रयाप्त भने नरहेकोले अझै नयाँ नयाँ अनुसन्धानमा लाग्नु पर्नेमा जोड दिए । योजना आयोगका सदस्य डा.आरपी बिच्छाले योजना आयोगलाई पनि भावी योजना बनाउदा तथ्य र प्रमाणमा आधारित योजना बनाउन अनुसन्धानको भूमिका अहं रहेको बताए ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अन्जनीकुमार झाले अनुसन्धान गर्नको लागि धेरै ठूलो बजेट नै चाहिन्छ भन्ने भ्रम त्यागेर सानो सानो बजेटमा पनि प्रभावकारी अनुसन्धान गर्न सकिने सुझाव दिए ।सम्मेलनमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्य सचिव डा.प्रमोद जोशीले सम्मेलनका सहभागीलाई स्वागत गरेका थिए भने परिषद्का उपाध्यक्ष डा.अजित राइमाझीले सहभागीलाई धन्यवाद दिएका थिए । तिन दिनसम्म चल्ने सम्मेलनमा देश र विदेशबाट गरि करिव एक हजार एक सय जना अनुसन्धानकर्ता सहभागी छन् । सम्मेलनको यस वर्षको मुख्य नारा “स्वास्थ्य, जलवायु र जनसंख्यामा परिवर्तनः दिगो र समावेशी भविष्यको लागि उत्थानशील स्वास्थ्य प्रणाली” रहेको छ ।
सम्मेलनमा १४६ वटा मौखिक र १३० वटा पोष्टर प्रस्तुतिकरण हुने छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गोली लागेर घाइते भई उपचार गराईरहेकी कोटेश्वर क्याम्पसकी छात्रा रेविकालाई भेटे गृहमन्त्रीले
Next article एनएचआरसीले अहिलेसम्म २०० अनुसन्धान गरेको छ, १५ हजारलाई स्वीकृति दिएको छ : डा.जोशी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133312
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web