• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मंगलबार पनि आकस्मिक बाहेकको उपचार ठप्प, चिकित्सक सडकमा

July 8th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मंगलबार पनि आकस्मिक बाहेकको उपचार ठप्प, चिकित्सक सडकमा

हेल्थ टुडे,
काठमाडौं, २४ असार : नेपाल चिकित्सक संघको अगुवाईमा भइरहेको चिकित्सक आन्दो्लनका कारण मंगलबार पनि देश भरिका प्रमुख अस्पतालहरुले प्रदान गर्ने सेवा ठप्प भएको छ । आकस्मिक बाहेकका सेवा प्रभावित भएपछि हजारौ विरामीले उपचार पाउन सकेका छैनन् । उपभोक्ता अदालतले चिकित्सक र अस्पताललाई दोषी करार गर्दै उनीहरुका विरुद्व फैसला गरेको भन्दै चिकित्सकहरु सडकमा उत्रिएका हुन । चिकित्सक आन्दोलनकै कारण हिजो आईतबार पनि आकस्मिक बाहेकका सेवा ठप्प भएका थिए । चिकितसकले सेवा ठप्प पार्दा समेत सरकारले वार्ता वा आन्दोलन रोक्न कुनै ठोस पहिल गरेको छैन ।
उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सेवा ठप्प पार्दा दैनिक ४ लाखभन्दा बढी बिरामी स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् ।मंगलबार यो विषयले संसदमा पनि प्रवेश पाएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले चिकित्सक आन्दोलनका कारण चिकित्सक सडकमा आएपछि उपचार सेवा ठप्प हुदा समेत सरकारले त्यसको समाधानका लागि पहल नगरेको भन्दै तत्काल समस्या समाधान गर्न सल्लाह दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि उपभोक्ता अदालतको फैसला विरुद्व जान नसकिरहेकोले चिकित्सक आन्दोलन सम्बोधन गर्न विज्ञप्ति समेत निकाल्न सकिरहेको छैन । सरकारले चिकित्सक आन्दोलन समाधान गर्न आनाकाना गरे आफै चिकित्सकहरुले आफ्नो लाइसेन्स नेपाल मेडिकल काउन्सिललाई बुझाउने तयारी संघले गरेको छ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले इमेल मार्फत चिकित्सकहरुका लाइसेन्स जम्मा गर्न लागिएको र संकलन गरिएपछि आजै मेडिकल काउन्सिलाई बुझाउने तयारी भएको बताएका छन् ।
मंगलबार अस्पतालको सेवा बन्द गरेर काठमाडौं उपत्यकाका चिकित्सक माइतीघरमा जम्मा भएका छन् । काठमाडौं बाहिर भने संघको शाखामा भेला हुने र स्वास्थ्य संस्थामा धर्ना दिने कार्यक्रम छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने
Next article नेपाली हेल्थका प्रधान सम्पादक न्यौपानेलाई ब्लोदानको सम्मान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132862
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

35
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web