• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरुद्वारा माइतिघरमा विरोध प्रदर्शन

July 29th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरुद्वारा माइतिघरमा विरोध प्रदर्शन

हेल्थ टुडे,

काठमाडौं, साउन १३ : वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमणको विरोधमा चिकित्सकहरुले माइतिघरमा विरोध प्रदर्शन गरेका छन । नेपाल चिकित्सक संघको अगुवाईमा भएको प्रदर्शनमा चिकित्सकहरुले शान्ति सुरक्षाको माग गर्दै प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन ।

उनीहरुले वीरगन्ज घटनामा चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गर्ने र घटनामा संलग्न दोषीलाई कानुनबमोजिम तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन् । नेपाल चिकित्सक संघका महासचिव डा. विश्वराज दवाडीले सरकारले चिकित्सकहरुको सुरक्षालाई बेवास्ता गरेकाले बाध्य भएर सडकमा आउनु परेको बताए । वीर अस्पतालमा वरिष्ठ न्युरो सर्जन डा. राजीव झाले सरकारले चिकित्सकलाई अस्पतालमा भयरहित वातावरणमा काम गर्ने वातावरण नबनाएसम्म अवस्था साम्य नहुने बताए । जुनै सरकारले पनि चिकित्सकको सुरक्षालाई ध्यान दिन नसकेको र अहिलेको सरकार पनि पहिलेका सरकार भन्दा भिन्न नरहेको उनले बताए ।

चिकित्सक संघले नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण अत्यन्त दुःखद र निन्दनीय भएको जनाएको छ । वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यसमिति सदस्य तथा नारायणी शाखाका अध्यक्षसहित चिकित्सकमाथि गरिएको दुव्र्यवहार प्रति पनि गम्भीर आपत्ति जनाएको छ ।

संघका अनुसार घटनामा गम्भीर चोट लागेका चिकित्सक डा. प्रमोद रामसहित अन्य चिकित्सक र स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण गर्ने व्यक्तिहरूलाई अविलम्ब पक्राउ गरी ’स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ बमोजिम कडा कारबाही गर्नुपर्ने माग गरिएको छ । साथै चिकित्सकको मानमर्दन गर्ने कार्यमा संलग्न भएको भन्दै सम्बन्धित प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथिसमेत आवश्यक कारबाही गर्न सरकारसँग आग्रह गरेको छ । नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने यस्ता घटनाको विरोधस्वरूप साउन १३ गते मंगलबार देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको थियो । उक्त सेवा आज बुधबार पनि बन्द छ ।
संघले आन्दोलनका क्रममा बिरामीलाई पर्न जाने असुविधाप्रति क्षमा याचना गर्दै त्यसको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने उल्लेख गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सा शिक्षा सुधारका कार्यक्रमलाई प्राथमिकता, आयोगद्वारा ६ अर्ब ५५ करोडको बजेट पारित
Next article आन्दोलनरत चिकित्सकको माग तत्काल सम्बोधन गर्न कांग्रेसको आग्रह

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134356
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web