• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा

July 30th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा

हेल्थ टुडे,

काठमाडौं, १४ साउन : चिकित्सकमाथि भएको आक्रमणको विरोधमा दुई दिनसम्म बन्द रहेको बहिरङ्ग (ओपीडी) सेवा बिहीबारदेखि पुनः सञ्चालन भएपछि काठमाडौं उपत्यकाका प्रमुख सरकारी अस्पतालहरूमा बिरामीको अत्यधिक चाप देखिएको छ ।

बिहानैदेखि त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, सिभिल अस्पताल, कान्ति बाल अस्पताल तथा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा टिकट काट्ने काउन्टरदेखि ओपीडी कक्षसम्म बिरामी र कुरुवाको लामो लाइन लागेको थियो । दुई दिनसम्म उपचारका लागि पर्खिएका नियमित फलोअपका बिरामी, नयाँ बिरामी तथा विभिन्न परीक्षणका लागि आएका सेवाग्राही एकैदिन अस्पताल पुगेपछि चाप बढेको अस्पतालहरूले जनाएका छन्।

ओपीडी सेवा बन्द हुँदा नियमित उपचारमा रहेका दीर्घरोगी, मुटु, मधुमेह, क्यान्सर, मिर्गौला तथा अन्य जटिल रोगका बिरामी सबैभन्दा बढी प्रभावित भएका थिए। धेरै बिरामी निर्धारित मितिमा चिकित्सकसँग परामर्श लिन नपाएकाले सेवा पुनः सुरु हुन बित्तिकै अस्पताल पुगेका हुन् । ’आज सामान्य दिनभन्दा धेरै बिरामी आएका छन्। दुई दिनको सेवाको चाप एकैदिन परेको देखिन्छ ।

बिरामीलाई सकेसम्म सहज रूपमा सेवा दिने व्यवस्था मिलाइएको छ,’ त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुभाष आचार्यले भने । अस्पतालमा पुगेका केही बिरामीले उपचार सेवा पुनः सञ्चालन भएकोमा राहत महसुस गरे पनि लामो समय लाइनमा बस्नुपरेको गुनासो गरेका छन् । ’दुई दिनदेखि उपचार रोकिएको थियो। आज बिहानैदेखि लाइनमा बसेपछि बल्ल चिकित्सकलाई देखाउन पाएँ,’ उपचारका लागि गोर्खाबाट आएका विरामी मिना पोखरेलले भनिन ।

नेपाल मेडिकल एसोसिएसन र सरकारबीच चिकित्सकको कार्यस्थल सुरक्षा सुनिश्चित गर्ने तथा दोषीमाथि कानुनी कारबाही अघि बढाउने सहमतिपछि देशभर बन्द रहेका नियमित स्वास्थ्य सेवा पुनः सञ्चालनमा आएका हुन् । आन्दोलनका क्रममा आकस्मिक सेवा भने निरन्तर सञ्चालनमा रहेको थियो । स्वास्थ्य विज्ञहरूका अनुसार दुई दिनको सेवा अवरोधका कारण रोकिएका बिरामीको संख्या धेरै भएकाले आगामी केही दिनसम्म काठमाडौंका ठूला अस्पतालहरूमा बिरामीको चाप सामान्यभन्दा बढी रहने सम्भावना छ । त्यसका लागि अस्पतालहरूले अतिरिक्त जनशक्ति परिचालन, सेवा व्यवस्थापन र बिरामीको भीड नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । अधिकांश अस्पतालमा बिहान ८ बजेदेखि नै टिकट काउन्टरमा सेवाग्राहीको भीड देखिएको थियो भने ओपीडी कक्षबाहिर पालो पर्खिने बिरामीको संख्या पनि उल्लेख्य थियो । अस्पताल प्रशासनले बिरामीलाई धैर्यतापूर्वक पालोअनुसार सेवा लिन आग्रह गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह
Next article चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134356
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web