हेल्थ टुडे,
काठमाडौं, ११ भदौ : कोटेश्वर बहुमुखी क्याम्पसले भोटेकोशी बाढी प्रभावितलाई ५१ हजार ५ सय रुपैया सहयोग गरेको छ । क्याम्पसका प्राध्यापक एवं कर्मचारीहरुले तत्कालका लागि आफुहरुबाट संकलन गरेको ५१ हजार ५ सय रुपैया बिहीबार प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा जम्मा गरेको प्राध्यापक संघ कोटेश्वर क्याम्पस ईकाई सभापति सुरेश पोखरेलले जानकारी दिए ।
भदौ १० गते भोटेकोशी नदीमा आएको अप्रत्यासित बाढीका कारण रसुवा, नुवाकोट, गोर्खा, धादिड लगायतका जिल्लाका नदी आसपासका १५ सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन भने हजारौ व्यक्ति प्रभावित भएका छन् भने बाढीमा परेर मृत्यु भएका २७० जनाको शव फेला परेको गृह मन्त्रालयले जनाएको छ । क्याम्पसले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै दैविक प्रकोपमा परि ज्यान गुमाएका श्रद्दान्जति व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समबेदना प्रकट गरेको छ । यस विपत्तिको घडीमा सक्दो सहयोग गर्न क्याम्पसले सम्पूर्ण क्याम्पसहरु, विद्यार्थीहरु र अभिभावकहरुलाई समेत अनुरोध गरेको छ ।







Leave a Reply