• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 31st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

रुघा लाग्दा यी १२ कुरा नगर्नुहोस्

November 23rd, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रुघा लाग्दा यी १२ कुरा नगर्नुहोस्

डा. विनिता शाह

वास्तवमै भन्ने हो भने रुघा ठूलो रोग होइन, सामान्य नियमहरूको पालना गरेमा यो आफैं ठीक हुन्छ । तर रुघा लाग्दा जथाभावी गरेमा त्यसबाट ठूलो समस्या आइपर्छ । रुघालाग्दा जथाभावी खाएमा रुघा बिग्रन्छ र पिनास हुने (पीप जम्ने), मासु बढ्ने, एलर्जी हुने, घाँटीसम्बन्धी रोग लाग्ने, आँखा दुख्ने, टाउको असैह्य गरी दुख्ने जस्ता समस्याहरू हुने गर्दछन् । रुघा लाग्दा जोडले सिंगान फ्याँक्ने गरेमा त्यसबाट कानको जाली फुट्ने पनि हुन्छ । रुघामा घाँटीदेखि कानसम्म पुग्ने नलीसम्म भाइरसको संक्रमण फैलिएमा मध्यकान पनि संक्रमित हुन पुग्छ । फलस्वरूप कान पाक्ने दुख्नेलगायत जाली बिग्रिने, कान नसुन्नेजस्ता समस्या हुन्छ । रुघा बिग्रिएकै कारण कडा पिनास र कान पाक्ने भएर मस्तिष्कमा समेत असर परी नराम्रो रोग हुनेलगायत रुघाबाट खोकी सुरु भई ब्रोङकाइटिस दम तथा छातीको संक्रमण एवम् एलर्जीजस्ता समस्याहरू पनि आइ पर्न सक्छन् । यसरी रुघाले अनेक समस्या ल्याउन सक्ने भएकोले रुघाप्रति लापरबाही कहिल्यै गर्नु हुँदैन ।

 रुघा लाग्दा यसो नगर्नुहोस्

१.रुघा लागेमा चिसोले मुख धुने, नुहाउने र चिसो छुने काम नगर्नुस् । शारीरिक व्यायाम, बढी दौडधुप नगर्नुहोस् ।

२. गम्म परेको वा बढी हावा चल्ने ठाउँमा नबस्नुस् । धूलो र धुँवाबाट बच्नुस्, खार (पकाएको धुँवा) आएको ठाउँमा नजानुस् । चिसोमा नहिँडनुस् । यदि हिँड्नै परेमा न्यानो लुगा लगाउने, कान, घाँटी छोप्ने र नाक एवं मुख छोप्ने गरी मास्क लगाउने गर्नुस् ।

३. रुघामा ज्वरो पनि आएको छ भने त पूर्णरूपले आराम गर्नुस् तर सिरक ओढ्ने नगर्नुस् ।

४. रुघा लाग्नासाथ दिनको तीन÷चार पटक तातो पानीले बाफ नाक र मुखबाट पालैसँग पाँचदेखि सात मिनेटसम्म लिनुस् ।

५. नाक बन्द छ भने नुनपानी मनतातो गरी नाकमा ५, ६ थोपाको दरले राख्नुस् । यदि यसले खुलेन भने षड््बिन्दु (आयुर्वेदिक) तेल वा अन्य नोजल ड्रप (नाक खुलाउने औषधि) प्रयोग गर्नुस् । तर नोजल ड्रपको प्रयोग लगातार र सकेसम्म गर्नु हुँदैन । बढी उकुसमुकुस भएर सुत्न बस्न गाह्रो भएमा मात्र नाकमा दुई, तीन थोपा प्रयोग गर्दा केही फरक पर्दैन ।

६.बाफ लिइसकेपछि (यदि ज्वरो छैन भने) नाक, घाँटी, छाती र ढाडमा तातोले १५, २० मिनेटसम्म सेक्नुस् । यसरी सेक्दा मेन्थोलयुक्त लेपनहरू (जस्तै मिक्स, बाम, स्विचो आदि) बाह्यरूपले छाती, घाँटी र ढाडमा दल्न सकिन्छ ।

७. बिहानबेलुका दुई पटक तातोपानीमा खुट्टा घुँडाभन्दा मुनिसम्म डुवाएर पटकपटक तातो पानी थप्दै १५ देखि ३० मिनेटसम्म बस्नुस् ।

८. यदि ज्वरो आएको छ भने वाफ लिने, आराम गर्ने र बढी ज्वरोमा पेटमा मात्र चिसो पट्टी राख्नुस् ।

९. रुघा लागेको बेला एनिमाको प्रयोग गरी पेट सफा गर्ने र उपवास गर्ने हो भने पनि फाइदा हुन्छ ।

१०. रुघा लाग्दा बेस्सरी सीँसीँ गरेर सिंगान फ्याक्ने, नाक कोट्याइरहने, नाकभित्र औंला छिराउने र बढी सिंगान पुछिरहने नगर्नुस् ।

११. तोरीको तेलमा ५।७ केस्रा लसुन काटेर फुराउने र कालो पार्ने, सेलाएपछि उक्त तेल (लसुन होइन) नाकमा ५।६ थोपा दिनको तीन, चार पटक हाल्ने एवम् छाती, ढाड, निधार र घाँटीमा पनि दल्ने गर्नुस् । बच्चाहरूलाई रुघा लाग्नासाथ यही प्रक्रिया अपनाउनुस्, तुरुन्तै फाइदा हुनेछ ।

१२. रुघा लाग्दा अन्य अनेकौं प्राकृतिक उपचार विधिहरू जस्तै नाक सफा गर्ने, स्टिम बाथ लिने, विभिन्न अक्युप्रेसर–मसाज तथा अन्य प्राकृतिक औषधिहरूको समेत प्रयोग गर्न सकिन्छ ।

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ब्लड क्यान्सरको उपचार नेपालमै
Next article  ख्याल गर्नुहोस् ब्लड प्रेसरको औषधि खाँदा

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132978
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

62
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

60
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

65
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web