• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

यौन सम्पर्क गर्दा कण्डम फुट्यो ! के गर्ने ?

November 26th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यौन सम्पर्क गर्दा कण्डम फुट्यो ! के गर्ने ?

हेल्थ टुडे,

गर्भ नरहोस र यौन रोगहरुबाट बच्न सकियोस भन्ने हेतुले प्राय मानिसहरुले यौन सम्पर्कको बेला कण्डमको प्रयोग गर्ने गर्दछन् । यदि यौन सम्पर्क गर्ने बेला जानी नजानी कण्डम फुटन गयो भने यौन सर्ने सम्भावना पनि त्यतिकै हुन्छ भने गर्भधारण हुन सक्ने सम्भावना पनि त्यतिकै हुन्छ । आफ्नो जोडीसँग गर्भ निरोधकका लागि या अपरिचितसँग यौनसम्पर्क गर्दा कण्डम प्रयोग गर्नुभएको बेला फुट्यो भने जो काही लाई पनि तनावको बिषय बन्ने गर्छ । त्यसमा पनि अपरिचितसँग यौनसम्पर्क गरेको बेला कण्डम फूटेमा कैयन् आशंका जन्मिन सक्छन् । कतिपय बेला योजना अनुसार बच्चा जन्माउन खोजिएको बेला यस्तो समस्याले थप चिन्ता बढाउन सक्छ । विवाहपूर्व यौनसम्पर्क भएर गर्भ रहँदा त्यस्तो गर्भ अनियोजित मात्र हुने होइन, अनिच्छित पनि हुन्छ र अनेक समस्या सिर्जना हुनसक्छ ।
खास गरी कण्डम फुटने समस्या युवा अवस्थामा बढी हुने गर्छ किनकी यौन सम्पर्कको लागी तयार हुने तर कण्डम प्रयोगको ज्ञान नहादा यसो हुने गर्दछ । युवा अवस्थामा यौन इच्छा एकदमै तीव्र हुने भए पनि यौनसम्पर्क र त्यसका असरका लागि हामी पूर्णरूपमा जानकार हुँदैनौ ं।
कण्डम फुट्नबाट जोगिन कण्डमको गुणस्तरीयता र सही ढंगले प्रयोग गर्न जान्नु पर्छ । खासगरी कण्डमको टुप्पोमा हावा रहन गएमा फुट्ने सम्भावना बढी हुन्छ ।

यदि कन्डम फुटेको थाहा भए पनि अत्तालिनु हुँदैन, शान्त रहने प्रयास गर्नुपर्छ जसले सही निर्णय गर्न सहयोग गर्छ । यौनसम्पर्क गर्दागर्दै वीर्य स्खलन हुनुभन्दा पहिले नै कन्डम फुटे यौनसम्पर्कलाई तुरुन्त रोकेर लिङ्ग निकाल्नुपर्छ र नयाँ कन्डम लगाएर मात्र यौनसम्पर्कलाई निरन्तरता दिनुपर्छ ।

यौनकर्मी महिला तथा अपरिचित व्यक्तिसँग यौनसम्पर्क गर्दा कण्डम फुट्यो भने केही समय भित्रै एचआइभीको परीक्षण गर्नु पर्दछ । यदि एचआइभी देखिएन तर तपाईले यौनसम्पर्क राखेको व्यक्तिमा एचआइभी हुनसक्ने या भएको खण्डमा तत्कालै प्रोफाइल्याक्सिस नामक औषधी सेवन गर्नुपर्दछ । यसले एचआइभीको संक्रमण हुन दिँदैन । वीर्य स्खलन भैसकेको भए, सावधानीपूर्वक लिङ्गलाई बाहिर झिक्नुपर्छ । त्यसपछि लिङ्ग तथा त्यसको वरिपरिको क्षेत्र साबुन तथा मनतातो पानीले राम्रोसँग पखाल्नुपर्छ । कन्डम फुटेको घटनाको सम्भावित असरका बारेमा आफ्नो जोडीसँग विस्तृत कुराकानी गर्नुपर्छ । आवश्यक लागे आकस्मिक गर्भ्निरोधको उपाय अपनाउनु उपयुक्त हुन्छ । यसका साथै यौनांग वरिपरि चिलाउने या घाउ खटिरा आएमा तत्कालै यौनरोगको पहिचान गरी उपचार गर्नुपर्दछ । अनिच्छित गर्भ रहन नदिन चिकित्सकको सल्लाहमा गर्भ रहन नदिने औषधी सेवन गर्न सकिन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यात्रामा वान्ता भए यसो गरौ
Next article स्टार हस्पिटलमा खुल्यो क्यान्सर सेन्टर

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131638
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web