• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 26th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चुनावले राजधानीमा मौसमी फ्लुका बिरामी

December 11th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चुनावले राजधानीमा मौसमी फ्लुका बिरामी

हेल्थ टुडे

काठमाडौं, २५ मंसिर : जाडो मौसम सुरु भएदेखि नै राजधानीमा सिजनल फ्लु (मौसमी रुघाखोकी) का विरामीको संख्या बढ्दै गइरहेको छ । दैनिक औसत १५ जना मौसमी फ्लुका बिरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आउने गरेको अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले बताए । हाल देखिएको फ्लु कात्तिकको तेस्रो साता देखा परेको फ्लुकै निरन्तर रहेको छ । ‘मौसम फेरिदा देखापर्ने फ्लुकै निरन्तरता हो,’ डा. पुनले भने, ‘रोगका बिरामी थुपै्र भए पनि सबै अस्पताल नआइपुगका छैनन् ।’

चिकित्सकका अनुसार अहिले देखा परेको यो फ्लु इन्फुएन्जा एच ३ र एच २ हुन् । यो भाइरसले आक्रमण गरेका व्यक्तिमा रुघाखोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र ज्वरो आउने जस्ता लक्षण देखिन्छन् । कात्तिकको तेस्रो सातादेखि देखा परेको यो इन्फ्लुन्जा मानिसको एक ठाउँबाट अर्को ठाउँमा आवात–जावात भएकाले समयमै नियन्त्रण हुन नसकेको हो । ‘ चुनावमा आवात–जावात बढेकोले समयमै नियन्त्रण नभएको हो,’ डा.पुनले भने ।

जाडो मौसममा देखिने यो इन्फ्लुएन्जा सुन्दा सामान्य लागे पनि वृद्ध–वृद्ध, दम, श्वास–प्रश्वासका रोगी र विभिन्न अंग प्रत्यारोपण गरेका व्यक्ति भने अस्पतालमै पुगेर उपचार गराउनु पर्छ । यस्ता व्यक्तिहरू समयमै अस्पताल नपुगेमा रोगले गम्भिर रूप लिन सक्ने भएकोले यो समूहका व्यक्तिहरू अस्पताल जानु पर्ने चिकित्सक सुझाउँछन् । ‘समयमा अस्पताल नपुगेमा कतिपयलाई आइसियुमै भर्ना गर्नुपर्ने अवस्था आउँछ,’ डा.पुनले भने ।

अन्य समूहका व्यक्तिमा यसको सामान्य आक्रमण भएमा भने झोल खाने कुरा प्रशस्त पिएर र आरम गरेर पनि बस्न सकिन्छ । बाहिर ननिस्की केही दिन  प्रशस्त झोल खाने कुरा पिएर बसेमा आफैं निको पनि हुन सक्ने चिकित्सकको सुझाव छ । तर सामान्य व्यक्तिमा पनि ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएको अवस्थामा भने चिकित्सकको सल्लाहमा मात्र औषधि प्रयोग गर्न उनले सुझाए । ‘सकेसम्म आफुखुशी औषधी किनेर नखानु,’ पुनले भने ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पूर्व स्वास्थ्य मन्त्री पोखरेलको ह्याट्रिक
Next article बच्चा किन खान मन गर्दैनन्

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132531
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web