• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

२ करोड बढी भ्रष्टाचारमा डा.पुष्पा चौधरीलाई कारवाही माग (अख्तियारको पत्र सहित)

December 12th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
२ करोड बढी भ्रष्टाचारमा डा.पुष्पा चौधरीलाई कारवाही माग (अख्तियारको पत्र सहित)

हेल्थ टुडे

काठमाडौ, २६ मंसिर : स्वास्थ्य मन्त्रालयकी निमित्त सचिव एवं प्रसूति गृहकी पूर्व निर्देशक डा.पुष्पा चौधरीलाई २ करोड रुपैया बढी अनियमितता गरेको भन्दै अख्यितार दुरुपयोग अनुसन्धान आयोगले कारवाही गर्न स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको छ । डा.चौधरी प्रसूति गृहको निर्देशक हुदा कार्यालय प्रमुखको हैसियतमा आर्थिक कार्यविधि नियमावली २०६४ विपरित अघिल्लो आर्थिक वर्षको बजेटबाट पछिल्लो आर्थिक वर्षमा भुक्तानी गर्न १ करोड ९९ लाख ६४ हजार रुपैया अस्पताल विकास समितिको फ्रिज नहुने खातामा राख्न स्विकृति दिएर नियम विपरित मिलेमतोमा उपकरण खरिद गरेर आर्थिक अनियमितता गरेको पाइएकोले डा.चौधरीलाई कारवाही गर्न स्वास्थ्य मन्त्रालयलाई अख्यियारले पत्र पठाएको हो ।

यसका साथै डा.चौधरीले खरिद सार्वजनिक खरिद एृेन र नियमावली विपरित सिमाभन्दा बढी रकमको रकमको समान पटक पटक सोझै खरिद गरेको, खरिद गर्नु पर्ने समानको स्पेसिफिकेसन नबनाएको, खरिद गरेको समानको गुणस्तर परिक्षण समेत नगराई भुक्तानीको लागि स्विकृत गरेको लगायतका अनियमितता गरेको पाइएकोले कारवाही गर्न आयोगले कारवाहीका लागि सिफारिस गरेको हो । आयोगले कारवाही गर्न गत असारमा स्वास्थ्य मन्त्रालयलाई पत्र पठाए पनि डा. पुष्पाले मन्त्रालयका अधिकारीसँग मिलोमतो गरि अख्तियारको उक्त पत्र लुकाउन लगाएकी थिइन । स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘उक्त पत्र नलुकाइएको भए मन्त्रालयले त्यति बेलै डा. पुष्पालाई निलम्बन गर्दथ्यो । त्यसैले उनकै मिलेमतोमा अख्यितारको चिठ्ठी लुकाइयो ।’  प्रसूति गृहको निर्देशक रहदा करोडौ रुपैया अनियमितता गरेको पाइएपछि यो भन्दा पहिले नै  अख्यितारले डा. पुष्पासँग स्पष्टिकरण सोधेको थियो । उनले दिएको स्पष्ठिकरण चित्त बोझ्दो नपाएपछि आयोगले कारवाही गर्न स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको हो ।

स्रोतका अनुसार डा. पुष्पाले आयोगको पत्र स्वास्थ्य मन्त्री र सचिवको हात पर्नै दिएकी थिइन । अस्पतालको विभिन्न किसिमका औषधि र उपकरण नियम बिपरित खरिद गरेर आर्थिक अनियमितता गरे पनि डा. पुष्पाले अस्पतालले विरामीको जयान बचाउन किनेको भन्दै आफ्नो बचाउ गर्दै आएकी थिइन । यस अगाडि पनि एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट समेत बिगत तिन वर्षदेखि महिनाको डेढ लाख रुपैया (१५ सय अमेरिकी डलर) तलव लिइरहेको प्रमाण फेला परेपछि दोहोरो सुविधा लिएका कारण डा. पुष्पा विवादमा तानिएकी थिइन ।

स्वास्थ्य सेवा ऐनले स्वास्थ्य सेवामा कार्यरत कुनै पनि सरकारबाट तलव सुविधा लिइरहेको कर्मचारीले अन्य राष्ट्रिय वा अन्तर्राष्ट्रिय संस्थाबाट दोहोरो तलव लिन पाइदैन् । तर डा. चौधरीले जनवरी १, २०१५ देखि २०१७ डिसेम्बर सम्मका लागि तीन वर्षका लागि महिनाको डेढ लाख (१५०० अमेरिकी डलर) पाउने सर्तमा स्त्री रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय संगठन फिगोसंग आफू कार्यक्रम संयोजकका रुपमा काम गर्ने गरि सम्झौता गरेकी थिइन् । उनी त्यति ेबला परिवार स्वास्थ्य महासाखाकी निर्देशक थिइन । यसका साथै उनले उक्त संस्थाको कार्यालय आफ्नै  घरमा राख्ने सम्झौता गर्न लगाएर पती डा. श्रवण चौधरीलाई घरधनी बनाएर महिनाको ४० हजार थप लिएकी छन् । डा.चौधरीको यस किसिमको  गैरकानूनी कार्यको विषयमा स्वास्थ्य मन्त्रालयमा उजुरी परेको थियो । मन्त्रालयले त्यसका बिषयमा जानकारी गराउन नेसोगलाई पत्र पठाएको थियो ।

डा.पुष्पाले विदेशी संस्थाबाट मासिक डेढ लाख रुपैया लिने गरेको पहिले उनी अध्यक्ष रहेको स्त्री रोग विशेषज्ञ समाज (नेसोग) की अध्यक्ष डा. लता बज्राचार्यले स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेकी थिइन । लामो समय प्रसूति गृहमा कार्यरत डा. चौधरी आफू त्यहाको निर्देशक भएका बेला ( सन् २०१३ देखि २०१५ सम्म ) नेसोगकी अध्यक्ष समेत थिइन । त्यही बेला उनले पिपिआईयूडी नामक प्रोजेक्ट सञ्चालनका लागि फिगोसँग सम्झौता गरेर आफू तलवी संयोजक भएकी थिइन । केपी ओली नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री भएका रामजनम चौधरीले डा.चौधरीलाई कारवाही गर्नुको सट्टा परिवार स्वास्थ्य महासाखाबाट स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक बनाएर जोगाएका थिए । काठमाडौंबाट कहिल्यै बाहिर सरुवा भएर नगएकी डा. चौधरी प्रशासन चलाउन समेत असक्षम भएपछि पूर्व स्वास्थ्य मन्त्री गगन थापाले उनलाई विभागको निमित्त महानिर्देशकबाट हटाएर मन्त्रालय सरुवा गरेका थिए । महानिर्देशकबाट डा. चौधरीलाई नहटाउन त्यति बेला पूर्व मन्त्री थापालाई उनका पति डा. श्रवण चौधरीले भारतीय दुतावास मार्फत दवाव दिन लगाएका थिए । वीर अस्पतालका पूर्व निर्देशक डा. श्रवण चौधरी त्यति बेला काठमाडौंस्थित भारतीय दुतावासमा मेडिकल कन्सल्टेन्टका रुपमा कार्यरत थिए ।

भारत माइती भएकी डा. चौधरीको नागरिकता र जन्म मिति समेत विवादको घेरामा रहेको मन्त्रालय स्रोतले बताएको छ । राजधानी बाहिर सेवा नगरेकाले डा. चौधरीलाई राजधानी बाहिरका स्वास्थ्य संस्थाको न त समस्या थाहा छ न समाधानका उपाय नै । यसका अलावा डा. चौधरीले पैसाभन्दा ठूलो केही नदेख्ने भएकाले स्वास्थ्य क्षेत्रमा कार्यरत दातृ निकाय पनि खुशी छैनन् । डा. चौधरी निमित्त महानिर्देशक भएका बेला कर्मचारी सरुवामा करोडौ कमाएको विभागका कर्मचारी बताउछन् । अहिले पनि डा. चौधरी पैसाको बलमा मन्त्रालयको सचिव बन्ने सपना पालिरहेकी छन् । मन्त्रालयका एक अधिकारीले भने, ‘स्वास्थ्य मन्त्रालयलाई अहिले अनुभवी र स्वच्छ नेतृत्वको खाचो छ । स्वास्थ्यलाई संघियता अनुसार विस्तार गर्नु पर्ने बेला राजधानी नछोडेको नेतृत्वबाट संभव छैन । त्यसका लागि डा. चौधरी उपयुक्त पात्र होइन । ’ मन्त्रालयका अर्का उच्च अधिकारले डा. चौधरीलाई सचिवमा बढुवा होइन, छानविन जागिरबाट बर्खास्त गरेर कारवाही गर्नु पर्ने बताए । स्वास्थ्य मन्त्रालयकी सचिव डा. किरण रेग्मी गत हप्तामात्र सेवा निवृत भएपछि डा. चौधरी निमित्त सचिव भएकी छन् ।

 

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कक्षा कोठामै यौन शिक्षा 
Next article परिवार स्वास्थ्यका निर्देशक डा.केसीको विदाई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133228
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

50
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

34
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

49
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web