• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 20th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

के हो हृदयाघातको कारण

December 14th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
के हो हृदयाघातको कारण

डा.प्रकाशराज रेग्मी

व्यायामले शरीरलाई बलियो मात्र बनाउँदैन, यसले धेरै प्रकारका रोगबाट बच्न सहयोग पु¥याउँछ भन्ने प्रमाणित तथ्य हो । अचेल हृदयाघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सरजस्ता नसर्ने रोग बढदै जानुको पछाडिको प्रमुख कारण व्यायामको कमी हो । वर्तमान युगलाई जीवनशैलीका दृष्टिले बटन थिचेरै चल्ने युग भनिन्छ । आजका मानिसको अत्यधिक समय टेलिफोन, टेलिभिजन, कम्प्युटर, मोटरकारलगायत अन्य थुप्रै सरसामानको बटन थिच्नमै बित्छ । विज्ञान र प्रविधिको विकास तथा औद्योगीकरणका कारण सिर्जित आजको जीवनशैलीमा शारीरिक निष्क्रियता बढेको छ । यदि शारीरिक सक्रियता बढाउनेतर्फ नसोच्ने हो भने मानिस झन्झन् रोगी र कमजोरी हुँदै जानेमा शंका गर्नुपर्ने ठाउँ छैन ।

हाम्रो देशको ठूलो भूभाग पहाडमा पर्छ । धेरै जनता गाउँमा बस्ने भएकाले दैनिक जीवनयापनका क्रममा यहाँका मानिसको प्रशस्त मात्रा शारीरिक गतिविधि हुनुपर्ने हो । विश्व स्वास्थ्य सगठनको पहलमा नेपालको पहाडी क्षेत्रमा केही समयपहिले भएको एक सर्वेक्षणअनुसार जम्मा ५.५ प्रतिशत नेपालीमा मात्र शारीरिक व्यायामको कमी छ भन्ने देखाएको छ । यो सकारात्मक हो । तर गाउँहरू धमाधम सहरीकरण भइरहेका छन् । गाउँले सहरबजारमा आएर बस्ने क्रम बढदो छ । पहाडका मानिस तराईतिर झरेका छन् । काठमाडौंको जनसंख्या अत्यधिक बढ्दो छ । ४० लाखभन्दा बढी मानिस यहाँ बस्छन् । सहरियाहरूको जीवनशैली हेर्दा यहाँका ८० प्रतिशतभन्दा बढी मानिसमा शारीरिक निष्क्रियता र व्यायामको कमी भएको पाइन्छ । मुटु, मधुमेह, क्यान्सरजस्ता रोग पनि सहरबजारमै बढी भेटिने गरेका छन । यी रोगको रोकथाम र नियन्त्रणका लागि जीवनशैलीका विविध पक्षहरूलाई स्वास्थ बनाउनुका साथै शारीरिक सक्रियता र व्यायाम बढाउनुपर्ने देखिन्छ ।

शारीरिक सक्रियता र व्यायाम दुई फरक अवस्थाहरू हुन । दैनिक जीवनयापनमा नियमित रूपमा सञ्चालन गरिने शारीरिक कार्यबाट सक्रिय वा निष्क्रिय भनी छुट्याइन्छ । शरीरलाई स्वस्थ्य, बलियो, सुगठित, लचकदार, तनावमुक्त राख्न अपनाइने विशेष प्रकारको शारीरिक कार्यलाई व्यायाम भनिन्छ । मानिस शारीरिक रूपले सक्रिय रहनुका साथै नियमित व्यायाम पनि गर्ने गरेमा शरीर स्वस्थ, बलियो र सुखी बन्दछ । नियमित व्यायामले मुटु र फोक्सोलाई ठीक अवस्थामा राख्न सहयोग गर्छ । ( डा. रेग्मी वीर अस्पतालका वरिष्ठ मुटुरोग विज्ञ हुन । )

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विरामीसँग कर लिएकामा कारण देखाउ आदेश
Next article कारागारभित्रै दम्पतीबिच यौन सम्पर्क

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131763
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web