• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

११ नपुग्दै महिनावारी

December 15th, 2017 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
११ नपुग्दै महिनावारी

सन्ध्या केसी

गृह मन्त्रालयमा कार्यरत महिमा शर्माकी छोरी विनीता अहिले ११ वर्षकी भइन् । विनीता अहिले कक्षा ६ मा पढ्दैछिन् । दसैं फूलपातीको दिन विनीता रजस्वला भइन् । पहिलो पटक रजस्वला भएपछि उनी रुन थालिन् । उनले कसैलाई यो कुरा बताउन सकिनन् । पछि उनका साथीमार्फत आमा महिमाले थाहा पाइन् । पछि उनले विनीतालाई सम्झाइन्, यो सामान्य क्रिया हो । सबै महिलालाई हुन्छ आत्तिनु पर्दैन । महिमालाई छोरी यति चाँडै रजस्वला होलिन् भन्ने सोचेकी पनि थिइनन् ।  त्यसैले उनले यस विषयमा पहिले नै विनीतालाई आवश्यक जानकारी दिएकी थिइनन् । महिमा भन्छिन्, ‘म १७ वर्षमा महिनावारी भएकी थिएँ । छोरी यति चाँडै होलिन् भन्ने त सोचेकै थिइनँ ।’ महिमामात्र नभएर वागमती नर्सरीकी सञ्चालिका भावी रावल पनि १२ वर्ष नपुग्नै नातिनीको रजस्वला सुरु भएपछि अचम्ममा परिन् ।

यति कम उमेरमै महिनावारी सुरु होला भन्ने कसैको दिमागमै थिएन । उनले भनिन्, जमाना बदलिसकेको छ । यी दुई त प्रतिनिधि घटनामात्र हुन् । अहिले किशोरीहरूको महिनावारी हुने उमेर घट्दै गइरहेको छ । पहिले पहिले १५, १६ वर्षमा महिनावारी हुन्थे । तर अहिले शारीरिक स्वस्थ्यता, पोषणयुक्त खानालगायतका कारण १०, ११ वर्षमै किशोरीहरू महिनावारी हुन थालेका छन् । त्यसैले आठ, नौ वर्षकै उमेर महिनावारी हुँदा ध्यान दिनुपर्ने कुरा आमाबुवाले छोरीलाई दिनु आवश्यक भइसकेको छ । स्त्री रोगविज्ञ डा. मीना झाका अनुसार महिनावारी हुने उमेर घट्दै जानु आफैंमा समस्या त होइन । तर यसका विषयमा किशोरीमा पर्याप्त जानकारी नभएपछि महिनावारी नै समस्या र तनाव बन्न सक्छ ।

महिनावारी हुँदा रगत किन आउँछ ? हरेक महिनामा एक पटक किशोरीहरूको योनीबाट रगत बग्छ । पेट दुख्छ । यस्तो पहिलो पटक हँुदा किशोरी अचम्ममा पर्छन् । अस्तिसम्म पिसाबमात्र आउने योनीबाट रगत आएपछि आत्तिन्छन् । उनीहरू यो कुरा सबैलाई भन्न चाहँदैनन् । कोहीकोही त मानसिक तनावमा समेत हुन्छन् । त्यसैले यस बेला महिनावारीका विषयमा सही सूचना दिनुपर्छ । महिनावारी भन्नाले नामैले हरेक महिना घट्ने घट्ना । यो महिलाको यौनांग पूर्ण रूपमा विकास भएको संकेत हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article महिनावारीका बेला धेरै रगत बगे के गर्ने
Next article ढिलो विवाह पनि बाझोपनको कारण

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134348
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web