• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 26th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अख्तियारको पत्र लुकाउने स्वास्थ्यका कर्मचारीमाथि कारवाही हुन्छ: बोहोरा

December 17th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अख्तियारको पत्र लुकाउने स्वास्थ्यका कर्मचारीमाथि कारवाही हुन्छ: बोहोरा

हेल्थ टुडे

काठमाडौं, २ पुष: स्वास्थ्य मन्त्री दीपक बोहोराले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोषी ठहर गरेर कारवाहीकालागि स्वास्थ्य मन्त्रालयलाई पठाएको पत्र गायव गर्ने स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई कारवाही गरिने बताएका छन् ।

स्वास्थ्य मन्त्रालयमा सोमबार आयोजित पत्रकार भेटघाटमा मन्त्री बोहोराले सञ्चारकर्मिको प्रश्नको जवाफ दिदै आफूलाई समेत अख्तियारको कारवाही पत्रका बिषयमा जानकारी नभएको बताउदै यस बिषयमा सोधखोज गरि पत्र लुकाउने र कारवाहीका लागि सिफारिस गरिएका चिकित्सक, स्वास्थ्यकर्मि र कर्मचारीलाई कारवाही गरिने प्रतिवद्घता व्यक्त गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रसूति गृहको निर्देशक हुदा २ करोड बढी रकममा अनियमितता गरेको लगायतका बिषयमा दोषी ठहर गरेर प्रसूति गृहकी तत्कालिन निर्देशक डा. पुष्पा चौधरी सहित प्रसूति गृहका पाँच कर्मचारीलाई कारवाही स्वास्थ्य मन्त्रालयलाई गत असार २ गते पत्र पठाएको थियो । डा.चौधरीसँगै कारवाहीका लागि सिफारिस भएका प्रसूति गृहका तत्कालिन लेखा अधिकृत अमित पौडेल हाल स्वास्थ्य मन्त्रालयमा साखा अधिकृतका रुपमा कार्यरत रहेकाले डा. चौधरीले पौडेलकै सहयोगमा कारवाहीबाट बच्न उक्त पत्र स्वास्थ्य सचिवसम्म पुग्नै नदिएर लुकाएको स्रोतको दाबी छ । स्वास्थ्य मन्त्रालयमा १२ औं तह ( प्रमुख विशेषज्ञ) मा कार्यरत तत्कालिन प्रसूति गृहकी निर्देशक डा.चौधरीको योजना अनुसार अख्तियारको पत्र मन्त्रालयमा गायव गरिएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार आफूमाथि कारवाही गरिए आफू सचिवको प्रतिस्पर्धाबाट बाहिरिने आशंकाले डा. चौधरीले पत्र लुकाइएको हो । दुई हप्ता अगाडि मात्र सेवा निवृत भएकी स्वास्थ्य मन्त्रालयकी सचिव डा. किरण रेग्मीले अख्तियारको पत्र आफू कहाँ नपुगेको बताएकी छन् । सचिवकी दावेदार डा. चौधरी यस अगाडि पनि एक अन्तर्राष्टिय गैरसरकारी संस्थामा महिनाको १ लाख ५० हजार रुपैया तलव पाउने गरि कार्यक्रम संयोजकका रुपमा नियुक्ती भएपछि दोहोरो तलब भत्ता लिएको भन्दै विवादमा तानिएकी थिइन । डा. चौधरीले भने आफू विरुद्घ षडयन्त्र भइरहेको प्रतिकृया दिदै यस बिषयमा छिट्टै पत्रकार सम्मेलन गरेर यथार्त बाहिर ल्याउने बताइन ।   

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article क्यान्सर, मिर्गौला र स्पाइनल पिडितलाई मासिक ५ हजार
Next article यसरि बढदैछ स्वास्थ्य बिमाको आकर्षण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132765
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web