• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मिर्गौंला कसरी जोगाउने ?

December 25th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मिर्गौंला कसरी जोगाउने ?

डा. सुमित आचार्य,
मिर्गौंला भनेको हाम्रो शरीरको पेटको पछाडि ढाडको दुवैतिर रहेको दुईवटा महत्वपूर्ण अंग हो । प्रत्येक मिर्गौंला सिमीको गेडा आकारको ४ देखि ५ इन्च लामो हुन्छ ।
मिर्गौंलाले एक दिनमा सरदर दुई सय लिटर रगत छान्छ र त्यसबाट उत्पन्न शरीरका विकार तत्वलाई पिसाबको रूपबाट बाहिर पु¥याउँछ । यसका अतिरिक्त मिर्गौलाले राता रक्तकोष उत्पादन गर्न, हाड मजबुत बनाउन र शरीरमा रक्तचाप नियन्त्रण गर्न मद्दत पु¥र्याउँछ ।
मिर्गौंला रोग लागेको पत्ता लगाउन सर्वप्रथम मिर्गौंला परीक्षण गर्नुपर्छ । मिर्गौंला रोगको लक्षण देखिएपछि उपचार गर्छु भन्नु एकदम खतरानाक हुन्छ । किनभने मिर्गौंला रोगको लक्षण देख्नु भनेको मिर्गौंला बिग्रिसकेको अवस्था हो । शरीरको अवस्थाका बारेमा बेलाबेलामा जानकारी लिनुपर्छ । मिर्गौंलाको रोग भनेको लक्षण नै नदेखि हुने समस्या हो । मिर्गौंलाको उपचार निकै नै महँगो पर्ने भएकाले यो रोग लागेपछि शरीरको अवस्था त कमजोर हुन्छ नै आर्थिक अवस्था पनि कमजोर बनाउँछ ।

मिर्गौंलाले के काम गर्छ ?
मिर्गौंलाले हामीले खाएको खाद्यपदार्थ जुन शरीरलाई चाहिँदैन त्यसलाई शरीर बाहिर फाल्ने काम गर्छ । दूषित पदार्थ शरीरमा नबसोस् भनेर मिर्गौंलाले पिसाबको माध्यमबाट फ्याक्ने गर्छ । मिर्गौंला रोग लागेपछि रगत छानेर दूषित पदार्थ पिसाबमा फाल्ने क्षमता घट्छ ।

मिर्गौंला रोगको लक्षणहरू
– शरीर सुनिने, पिसाब रातो हुने, पिसाब कम हुने, पिसाब धेरै लाग्ने ।
– खाना रुचि कम हुने, वाकवाक लाग्ने ।
– शरीरमा रगत कम भएर शरीर सेतो हुने ।
– शरीरको छाला गाढा कालो भएर जाने ।
– सास फेर्न गाह्रो हुने, छाती दुख्ने, मानिस बेहोससम्म हुने ।
– सानो उमेरमा नै उच्च रक्तचाप हुनुको प्रमुख कारण मिर्गौंलासम्बन्धी रोग हुन सक्छ ।
मिर्गौंला बिग्रनुका कारणहरू
– शरीरमा पानीको मात्रा कम हुनुजस्तै धेरै झाडापखाला लाग्नु वा बान्ता हुनु वा धेरै गर्मीमा काम गर्नु र पर्याप्त मात्रामा पानी नपिउनु ।
– पिसाब मार्गमा ढुंगा वा प्रोस्टेड ग्रन्थी बढेर अवरोध हुने ।
– धेरै मात्रामा औषधिहरू सेवन जस्तै– केही एन्टिबाइटिक र दुखाइ कम गर्ने औषधिहरू ।
– रोग प्रतिरोधात्मक शक्तिमा कमी ल्याउने रोगजस्तै स् एचआईभी एड्स हेपाटाइटिस ‘बी’ र ‘सी’ वा लामोसमयसम्म भाइरसको संक्रमण ।
– मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा नहुनु ।

मिर्गौंला रोगबाट बच्न के गर्ने ?
– रक्तचाप र मधुमेहको नियमित परीक्षण गरी नियन्त्रणमा राखौं ।
– स्वस्थ व्यक्तिहरूले पनि कम्तीमा वर्षको एक पटक स्वास्थ्य परीक्षण गराई रगत पिसाबको जाँच गराऔं ।
– प्रशस्त मात्रामा पानी पिऔं र जथाभावी औषधि सेवन नगरौं ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य विमाको कार्यकारी निर्देशकबाट डा. लोहनीको राजिनामा
Next article आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखाको खाचो   

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131769
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web