• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

जाडोमा जोर्नी दुख्ने समस्याको घरेलु उपचार

January 5th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जाडोमा जोर्नी दुख्ने समस्याको घरेलु उपचार

जाडोमा हातखुट्टाका जोर्नी दुख्नु गम्भीर समस्या हो । एकपटक यस्तो समस्या देखियो भने यसबाट मुक्त हुन निकै गाह्रो हुने अनुभवीहरु बताउँछन् । यसलाई बेवास्ता गर्दा भविष्यमा निकै भारी मूल्य चुकाउनुपर्ने हुनसक्छ । जाडोमा नसा खुम्चने, रक्तसञ्चार उच्च हुने तथा मुटुसम्बन्धी समस्या हुने भएकाले हाड जोर्नीमा समस्या उत्पन्न हुन्छ र दुख्छ । कसैलाई बाथ रोग वा युरिक एसिडको समस्या छ भने त्यस्ता व्यक्तिलाई यसले झनै दुःख दिनसक्ने बताउँछन्, सहिद गंगालाल तथा सरुवा रोग अस्पतालका जनरल फिजिसियन डा. शेरबहादुर पुन । उनका अनुसार, घुँडा तथा जोर्नी दुखाइका पछाडि धेरै कारण हुन सक्छन् । आर्थराइटिसको कारण दुख्न सक्छ, बुढ्यौलीमा पनि दुख्न सक्छ । यसबाहेक अरु कारण पनि हुनसक्छ ।
हामीलाई हिँडडुल गर्न, उभिन वा आराम गर्दा पनि दुख्न थाल्यो भने हामीले हाडजोर्नीसम्बन्धी समस्या देखिएको हुनसक्छ । यस किसिमको पीडा वा दुखाइ बढ्दै गयो भने हामीलाई बाथ रोगले समाएको पनि हुनसक्छ । त्यस्तै जाडो बढ्दै जाँदा दुखेका ठाउँमा चिसो हुँदै जाने पनि हुनसक्छ । घुँडा तथा जोर्नीको दुखाइबाट राहत पाउने सबैभन्दा उत्तम उपाय भनेको जाडोदेखि बच्नु नै हो । जाडो याममा न्यानो कपडा लगाउने, तातो सुप खानुपर्ने डा. पुनको सुझाव छ । यसका अतिरिक्त घरमै बसेर पनि निम्न उपायहरु अपनाउन सकिन्छ :
अदुवाः अदुवा यस्तो औषधि हो जसले घुँडाको दुखाइमा रामवाणको काम गर्छ । यसलाई चियासँग सेवन गर्न सकिन्छ । अथवा यसको रस पिउँदा पनि हुन्छ । साथै महसँग पनि यसको सेवन गर्न सकिन्छ ।
कागतीः कागतीको सेवनले पनि घुँडाको दुखाइ कम गर्छ । यसलाई घुँडामा दल्दा पनि राहत मिल्छ ।
तोरीको तेलः तोरीको तेलमा लसुन मिसाएर हल्का तताउने । नियमित रुपमा तातो तेलले मालिस गर्ने । यसो गर्दा घुँडाको दुखाइ पक्कै कम हुन्छ ।
सिधे नूनः घुँडाको दुखाइमा सिधे नून एकदमै असरदार हुन्छ । यसलाई पानीमा हालेर दुखेको ठाउँमा लगाउँदा आराम मिल्छ । यो एउटा घरेलु उपचार हो ।
बेसारः घुँडाको दुखाइ कम गर्न बेसार एक प्रभावकारी प्राकृतिक उपचार हो । बेसारमा रहने कुरक्युमिनले एन्टिअक्सिडेन्टको रुपमा काम गर्छ र दुखाइ कम गर्न सहयोग गर्छ ।
मेवाको बिउः मेवाको बिउ अत्यन्तै उपयोगी हुन्छ । यसलाई पिसेर तेलमा लगाएर आफ्नो घुँडामा दल्नुपर्छ । दुखाइबाट उन्मुक्ति पाइन्छ ।
गाजरः गाजरले हाम्रो शरीरलाई पौष्टिक तत्व प्रदान गर्छ । घुँडाको दुखाइबाट पीडित हुनुहुन्छ भने बढीभन्दा बढी गाजर खानुपर्छ । यसले शरीरलाई शक्ति प्रदान गर्नुका साथै घुँडाको दुखाइबाट छुट्कारा दिलाउँछ ।
मेथीको बिउः घुँडाको दुखाइ छ भने मेथीको बिउलाई पिसेर तेलमा मिलाएर हल्का हातले लगाउनुपर्छ । यसबाट घुँडाको पीडा शान्त पार्छ ।
प्याजः प्याजले पनि घुँडाको दुखाइबाट छुट्कारा दिलाउन सक्छ । सोझै प्याज खाएर वा पिसेर घुँडामा लगाउनाले यसबाट लाभ हासिल गर्न सकिन्छ ।
नरिवलको तेलः खुट्टा मर्किएको बेला नरिवलको तेल लगाएर मालिस गर्दा आराम मिल्छ । साथै घुँडाको दुखाइमा पनि यसको प्रयोग गर्न सकिन्छ ।
रातो खुर्सानीः रातो खुर्सानीको प्रयोगले घुँडाको दुखाइमा राहत दिन्छ । यसमा रहेको केपसाइसिन तत्वले पेनकिलरको जस्तै काम गर्छ ।
ओमेगा ३ फ्याटी एसिडः यो फ्याटी एसिडले शरीरलाई शक्ति प्रदान गर्नुका साथै विभिन्न रोगहरुसँग लड्न क्षमता प्रदान गर्छ । यसका लागि बदाम, दुध जस्ता चिजहरु सेवन गर्नुपर्छ । दैनिकरुपमा यी वस्तुहरु सेवन गर्दा घुँडाको दुखाइ कम हुन्छ ।
क्याल्सियमयुक्त खानाः क्याल्सियमयुक्त खानाले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । शरीरमा क्याल्सियमको कमीले गर्दा नै हड्डीको दुखाइ उत्पन्न हुने हो । त्यसैले क्याल्सियम भएका खानेकुराहरु भरपुर सेवन गर्नुपर्छ ।
एक्सरसाइजः घुँडाको दुखाइ हुनेहरुले नियमित एक्सरसाइज गर्नु आवश्यक छ ।
योगः योग गर्नु धेरै हिसाबले लाभदायक छ । कठिन शारीरिक अभ्यासबिनै आफूलाई स्वस्थ राख्न चाहने हो भने नियमित योग गर्नुपर्छ । यसले घुँडाको समस्याबाट पनि छुटकारा दिलाउँछ ।शुक्रबारबाट

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article महोत्तरी जिल्ला अस्पताल बन्यो गौचरन
Next article सरोगेसी सेवालाई प्रतिबन्ध

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132976
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

78
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

73
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

78
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web