• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

राजधानीका ४ अस्पताललाई लालबाबुको कारवाही 

February 25th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
राजधानीका ४ अस्पताललाई लालबाबुको कारवाही 

हेल्थ टुडे,

काठमाडौं, १३ फागुन : सोमबार बिस्तार हुने मन्त्रीमण्डलमा स्वास्थ्य मन्त्री हुने अनुमान गरिएका जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले काठमाडौंका  चार वटा निजी अस्पताललाई कारवाही गर्न स्वास्थ्य मन्त्रालयलाई पत्र काटेका छन् । मापदण्ड पूरा नगरी सञ्चालन गरिएको भन्दै मन्त्री पण्डितले काठमाडौंको कलंकीमा रहेको नेसनल हस्पिटल, महाराजगञ्जको अन्तर्राष्ट्रिय मैत्री बाल हस्पिटल, भृकुटीमण्डपको काठमाडौं मोडल हस्पिटल र त्रिपुरेश्वरको काठमाडौं अस्पतालमाथि कारवाहीका लागि स्वास्थ्य मन्त्रालयलाई पत्र काटेका हुन ।

वातावरण संरक्षण ऐन २०५३ र नियमावली २०५४ विपरीत सञ्चालनमा नआएको पाइएपछि ती अस्पताललाई कारवाही गर्ने निर्णय जनसंख्या तथा वातावरण मन्त्रालयले गरेको हो । अस्पतालहरुलाई मन्त्रालय स्वयंले कारवाही गर्न नमिल्ने भएकाले स्वास्थ्य मन्त्रालयलाई कारवाहीका लागि पत्र पठाइएको मन्त्री पण्डितले बताए । मापदण्ड पूरा नगरी सञ्चालन गरिएको भन्दै मन्त्रालयले काठमाडौंको कलंकीमा सञ्चालित नेसनल हस्पिटल, महाराजगञ्जको अन्तर्रा्ष्ट्रिय मैत्री बाल हस्पिटल, भृकुटीमण्डपको काठमाडौं मोडल हस्पिटल र त्रिपुरेश्वरको काठमाडौं अस्पतालमाथि कारवाहीका लागि स्वास्थ्य मन्त्रालयलाई पत्र काटिएको हो । पण्डितले नियम बिपरित सञ्चालनमा रहेका सोल्टी सहितका होटल र उद्योगहरुलाई समेत जरिवाना सहित कारवाही गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article माइग्रेन भए यसो गरौ 
Next article दोषीलाई कारबाही नगरे आन्दोलन गर्ने चिकित्सक संघको चेतावनी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131767
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web