• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

माइग्रेन भए यसो गरौ 

February 25th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
माइग्रेन भए यसो गरौ 

डा. कृष्ण ढुंगाना,

माइग्रेन एक प्रकारको टाउको दुखाइ हो । यो अहिलेको बढदो सहरी कारणले गर्दा बढेको तनाब हतार र खानपिनले धेरै मानिसमा देखिएको छ । यो धेरै मानिसमा देखिने रोग हो । पुरुषमा २० जनामा एकजनालाई माइग्रेन हुन्छ भने महिलामा ६ जनामा एक जनालाई हुन्छ । माइग्रेन धेरैजसो बिसदेखि तिस वर्षको उमेरमा सुरु हुन्छ । उमेर बढ्दै जाँदा कतिमा माइग्रेन कम हुँदै जान्छ र हट्न पनि सक्छ । माइग्रेन बच्चाहरुमा पनि देखिन सक्छ । यो वंसाणुगत रुपमा पनि देखिन सक्छ ।

माइग्रेनको दुखाइ धेरै साह्रो हुन सक्छ । धेरै जसो ब्लक ब्लक गरेर टाउको दुख्छ र टाउकोको आधा भाग दुख्छ । टाउको दुख्दा उल्टी हुन खोज्ने वा उल्टी हुन सक्छ । टाउको दुख्दा केही सुन्न मन नलाग्ने वा अँध्यारोमा बस्न मन लाग्ने हुन सक्छ । माइग्रेनले टाउको दुखाई भएको बेलामा शारिरिक बल पर्ने काम गर्यो भने टाउको दुखाई झन् सारो भएर जान्छ ।  माइग्रेनको टाउको दुखाईको कारणले गर्दा अफिस गएर काम गर्न नसकिने हुन सक्छ । माइग्रेनको टाउको दुखाई चार घण्टा देखि तिन दिनसम्म हुन सक्छ । माइग्रेन दुइ किसिमको हुन्छ । एक तिहाईमा टाउको दुख्नु आगाडि औरा भन्ने लक्षण देखिन्छ । औरा हुँदा आँखामा चम्किएको सेतो बत्ति देखिने, रंगी बिरंगी  देखिने वा देखिएको ठाउँमा धब्बा देखिने हुन सक्छ ।. कहिले काहंी अनुहारको एक भाग वा एउटा हात वा खुट्टामा झम–झम हुन सक्छ ।

तल उल्लेखित कारणहरुले टाउको दुख्यो भने डाक्टरलाई भेट्न जरुरी छ ।

१) बिजुली चम्किए जस्तो एक्कासी एकदम जोरसंँग टाउको दुख्यो भने

२) टाउको दुखाईसंँग ज्वरो आयो, घाँटि अररो भयो, होश कम भयो वा हातखुट्टा कमजोर भयो भने

३) पचास वर्ष कटेपछि पहिलो पटक टाउको दुख्यो भने ।

४) खोक्दा वा थोरै बल गर्दा टाउको दुखाई बढ्यो भने ।

माइग्रेनको टाउको दुखाई धेरै कारणले गर्दा बल्झन सक्छ । कति महिलामा महिनावारीको वरिपरि टाउको दुखाई बल्झन सक्छ । रक्सी , कालो चकलेट र चीज ले पनि माइग्रेनको टाउको दुखाई बल्झिन्छ ।  मौसम परिबर्तनले पनि माइग्रेनको टाउको दुखाई हुन्छ । त्यसैगरी अनिन्द्रा भयो वा अत्यधिक मात्रामा सुत्यो भने पनि माइग्रेनको टाउको दुखाई बल्झिन्छ ।

लामो समयसम्म टाउको दुख्यो वा अत्यधिक मात्रामा टाउको दुख्यो भने न्यूरोलोजिस्ट डाक्टरको परामर्श लिनु पर्छ । टाउको दुखाइर्, टाउकोमा मासु पलाएर वा टाउकोको रगतको नसा बन्द भएर पनि हुन सक्छ । समयमा रोग पत्ता लग्यो भने यो रोग निको हुन्छ । उपचार गर्न ढिलो हँुदा कहिले काहीं ठूलो समस्या हुन सक्छ । न्यूरोलोजिस्टले राम्ररी जाँच गरेर बिरामीलाई सी टि  वा एम आर आइ जस्ता जाँच गर्नु पर्छ वा पर्दैन छुट्याउन सक्छन् ।

माइग्रेनमा दुइ किसिमको उपचार हुन्छ । माइग्रेनको टाउको दुखाई महिनामा एक पटक वा दुइ तिन महिनामा एक पटक भयो भने दुखेको बेलामा मात्रा औषधि खान सकिन्छ ।  सिटामोल (नेप्रोक्सिन) भन्ने औषधि टाउको दुखेको बेलामा खान सकिन्छ । माइग्रेनको टाउको दुखाई सुरुमा कम भै  बिस्तारै बढ्दै  जाने गर्दछ । अलि अलि दुखेको बेलामा औषधि सेवन गर्दा औषधि बढी  प्रभावकारी हुन्छ । महिनामा धेरै पटक दुख्यो वा धेरै लामो समयसम्म दुख्यो भने प्रोफाईल्याक्टिक उपचार चलाउनु पर्ने हुन्छ । यो उपचारले  माइग्रेनको टाउको दुखाई छिटो छिटो नहुने,टाउको दुखाई कम हुने र काम गर्न धेरै सजिलो हुन्छ । यो उपचार टाउको दुख्न कम भएपछि कम्तिमा छ महिनासम्म चलाउनु पर्दछ ।

माइग्रेन भएको बिरामीहरुले औषधि उपचार संँगसंँगै अरु कुरामा पनि ध्यान दिनु पर्छ । पानी र झोल कुरा प्रशस्त खानु पर्ने हुन्छ ।  फलफूल र साग पात खानमा बढी ध्यान दिनुपर्छ । धेरै चिल्लो पिरो अमिलो खाना, खानु हुँदैन स्वस्थ जीवन शैली आपनाउँदै समयमा सुत्ने बानि बसाल्नु पर्छ । यति गरे माइग्रेन निको भई स्वस्थ जीवन वाँच्न सकिन्छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article राजधानीका ४ अस्पताललाई लालबाबुको कारवाही 
Next article नर्भिकको चरम लापर्वाही, देब्रो खुट्टाको अपरेशन गर्नुपर्नेमा दाहिने घुँडाको अप्रेसन

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

41
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web