• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

मोटोपनले यौन क्षमतामा कमी

February 26th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मोटोपनले यौन क्षमतामा कमी

केशर कार्की,

कुनै समय थियो, मानिसहरू खाना नपाएरै मर्थे । अहिले जमाना फेरिएको छ । अचेल मानिसहरू ‘बढी खाएर’ नजानिँदो किसिमले ज्यान गुमाइरहेका छन् । अर्थात् आधुनिकतासँगै मानिसको खानपान र रहनसहनले उसभित्र अनेक रोगको बीउ रोपिने गरेको छ ।

केही दशक अगाडिसम्म अहिलेको जस्तो खानपानमा विविधता थिएन । खानेकुरामा मानिसको सहज पहुँच पनि थिएन । भए पनि आर्थिक सामथ्र्यले भ्याउँदैनथियो । परिवर्तित समयसँगै यतिबेला प्रायजसो सहरिया मानिसको आधुनिक परिकारमा पहुँच भएको छ । गाउँघरको परिवेश छोडेर सहरियामा बन्ने होडबाजी जारी छ । सुविधाभोगी सहरिया जीवनले शारीरिक अभ्यासलाई पछाडि धकेलिदिएको छ ।  यही अनियन्त्रित खानपान र जीवनशैलीले हिजोआज ठूलो संख्यामा मोटोपनको समस्या बढ्दै गएको छ । मद्यपान धूमपान र जंकफुडको चंगुलमा विश्व नै परेको छ । कुन खाना कति खाने, केका लागि खाने, कसरी खाने, कति बेला खाने र किन खाने भन्ने कुराको हेक्का नराख्दा र हेक्का राखे पनि तिनलाई व्यवहारमा लागू गर्न नसक्दा मोटोपनको समस्या बढ्दै गएको विज्ञहरू बताउँंछन् ।

अहिले विश्वमा मानिसको मृत्युको प्रमुख कारण पनि यही अनियन्त्रित खानपान हुने गरेको तथ्यांकहरूले प्रमाणित गरेको छ । हिजोआज मोटोपन पनि नसर्ने रोगहरूको प्रमुख कारकका रूपमा देखिएको छ । आधुनिक युगमा ८० प्रतिशत मानिस खाएरै मर्छन् । १० प्रतिशत हर्मोनका कारण र  बाँकी १० प्रतिशत मानिसको ज्यान वंशानुगत रोगका कारण जाने गरेको छ विज्ञहरूको दाबी छ । हामीले खानपान र जीनवशैलीबीच तालमेल मिलाउन नसकेपछि यो अवस्था आएको हो । सहरमा पाइने  अधिकांश खानेकुरा विषादीयुक्त हुनु, खाद्यान्नमा मिसावट हुनु र त्यस्तो किसिमका उपभोग्य वस्तुप्रति सचेत नभइकनै उपभोग गर्नुले मोटोपन बढ्दै गइरहेको छ । 

हामीले अहिले अपनाइरहेको जीवनशैली पनि हाम्रै लागि घातक भएको विश्व स्वास्थ्य संगठनको ठहर छ । जन्मँदै मानिस सुविधाभोगी भएर जन्मने, ऐसआराममा प्यासी हुने र दुःख गर्नै नरुचाउने । अनि अबेर राति सुत्ने र अबेर बिहानसम्म उठ्ने कारणले पनि मानिसमा मोटोपन बढ्दै गएको पाइएको छ । अनियन्त्रित खानपान र अव्यवस्थित जीवनशैलीकै कारण १२ वर्षकै बालक पनि सय किलोग्रामसम्मको हुने गरेका छन् ।   मोटोपन भएका व्यक्तिमा यौन क्षमता कम हुने विभिन्न अध्ययनहरुले देखाइको छ । यौन सम्पर्क गर्न रुची नलाग्ने, सुविधा जनक ढंगले यौन सम्पर्क राख्न नसक्ने र एक दुई पटकमै थाक्ने जस्ता मोटोपन भएका व्यक्तिमा समस्या हुने गरेको उक्त अध्ययनले देखाएको छ । मोटोपनको समस्याबाट वर्तमानमा कोही अछुतो देखिँदैन । प्रौढमात्र होइन बालक, युवा सबैमा यो समस्या देखिएको छ । स्वास्थ्य सुविधा बढेपछि अस्पताल छँदैछ नि भन्ने मानसिकतामा विकास भइरहेको छ हिजोआज ।  जसको परिणाम मानिसले आफैं अपनाउन सक्ने स्वास्थ्यसम्बन्धी सावधानीसमेत अपनाउनमा लापरबाही गर्ने गरेको पाइएको छ । पोषणविद् प्राडा उमा कोइराला भन्छिन्, ‘धेरै मोटोपन रोगहरूको घर हो भन्ने कुरा मानिसले हेक्का नै नराखेका कारण जीवनमा अनेक रोगले मानिसलाई गाँज्दै लगेको छ ।’ मोटोपनकै कारण मधुमेह, उच्च रक्तचाप, बाँझोपन, नसा च्यापिने, कब्जियत, थाइरोइडलगायतका समस्या बढेदै गएको डा. कोइरालाको ठहर छ ।

मोटोपन घटाउने नाममा हिजोआज सहरमा अनेक नाम राखेर स्लिमिङ सेन्टर स्थापना भएका छन् । यस्ता सेन्टरहरूले विभिन्न मिडियामा विज्ञापन प्रकाशन प्रसारण गरेर आआफ्नै खालको डम्फु बजाउने गरेका छन् । यिनीहरूमध्ये एउटाले मोटोपन घटाउन डाइटिङ गर्नुस् भन्छ त अर्कोले डाइटिड नगरेरै घटाउन सकिन्छ । तेस्रोले मेसिनबाट घटाउन सुझाउँछ । फेरि अर्कोले हामीले उपलब्ध गराएको खाना खानुस् र घटाउनुस् भन्छ । केहीले भन्छन्, हाम्रोमा आएर शारीरिक अध्यास गर्नुस् । कस्को कुरा पत्याउने वा कस्को कुरा नपत्याउने भन्नेमा मानिस झन् दोधारमा परेका छन् । विभिन्न किसिमका सेन्टरका अनेक किसिमका सुझाव र विज्ञापनले मोटोपनको समस्यामा परेकाहरू झन् दिग्भ्रमित बनेका छन । कता जाने र नजानेको अवस्थामा उनीहरू देखिन्छन् ।

मोटोपनको समस्या झांगिँदै गइरहेको भए पनि नेपालका अस्पतालमा न मोटोपन घटाउने विशेषज्ञ छन् न त आधुनिक प्रविधि नै । अस्पतालहरूमा डाइटिसियनको दरबन्दी हुन्छ तर ती डाइटिसियन नै ९० देखि एक सय २० केजीसम्म तौल भएका भेटिन्छन् । मोटोपनको समस्या लिएर उनीहरू कहाँ पुगेपछि ‘मै त मोटो छु मैले कसलाई भन्ने’ जस्ता जवाफ पाइने गरेको सेवाग्राहीको गुनासो छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यी हुन स्वास्थ्य सेवा पुरस्कार पाउने स्वास्थ्यकर्मी
Next article उच्च रक्तचापको समस्याबाट मुक्त रहने १० उपाय

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134430
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web