• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 27th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सरकारी अस्पतालको फार्मेसी सेवा विस्तार

February 28th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सरकारी अस्पतालको फार्मेसी सेवा विस्तार

चितवन १६ फागुन,: जिल्लाको सरकारी अस्पताल भरतपुर अस्पतालमा शुरु गरिएको आफ्नै फार्मेसी प्रभावकारी भएपछि यसलाई विस्तार गरिएको छ । निजी क्षेत्रलाई भाडामा फार्मेसी दिइँदै आएकोमा गत वर्षको कात्तिक ७ गतेबाट अस्पताल आफँैले फार्मेसी सञ्चालनमा ल्याएको थियो ।

बाहिर मात्र फार्मेसी भएपछि औषधि किन्नेलाई लामो समय पालो पर्खनुपरेको थियो । यसलाई मध्यनजर गर्दै बहिरंग विभागमा नयाँ फार्मेसी शुरुवात गरिएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीका अनुसार सहजरुपमा बिरामीले औषधि पाउन् भन्ने उद्देश्यका साथ सेवा विस्तार गरिएको हो ।

उहाँका अनुसार अस्पतालमा भर्ना भएर बसेका बिरामी, सघन उपचार कक्ष र शल्यक्रियाका बिरामीका लागि छुट्टै फार्मेसी व्यवस्थापन गरिँदै छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रुद्र मरासीनिका अनुसार निजीमा भन्दा आधासम्म सस्तोमा बिरामीले अस्पतालको फार्मेसीबाट औषधि पाएका छन् ।
अस्पतालको औषधि खरिद मूल्य र निजीले बिक्री गर्ने गरेको मूल्यको नाफामध्ये आधा अस्पतालले राखेर आधा बिरामीलाई छुट दिइँदै आएको उहाँले बताउनुभयो ।
फार्मेसी विभागका प्रमुख राजकुमार ढुंगानाका अनुसार फार्मेसी स्थापनापछि रु नौ करोड ३३ लाख ६७ हजारको औषधि बिक्री गरिएको छ । जसबाट रु दुई करोड २६ लाख अस्पताललाई नाफा भएको छ । त्यति नै रकम बिरामीले छुट्टै पाएको उहाँले बताउनुभयो ।

अस्पतालको सघन उपचार कक्षमा बढी प्रयोग हुने एण्टिीबायोटिक सुई पिप्रासिलिन प्लस टाजोब्याक्टस बाहिर बजारमा एक डोजको रु ५२४ पर्दछ भने अस्पतालले रु ३४४ मा बिक्री गर्दै आएको छ ।
त्यस्तै सघन उपचार कक्षमा नै बढी प्रयोग हुने अर्को सुई म्यानकोमाइसिन निजीमा रु ६०८ पर्दछ भने अस्पतालको फार्मेसीमा रु ४३६ मा बिक्री गरिन्छ ।

भरतपुर अस्पतालमा ६०० श्यया रहेको छ । दैनिक एक हजार भन्दा बढीले बहिरंग सेवा लिने गर्दछन् । वार्षिक ठूला शल्यक्रिया नौ हजारको हाराहारी हुने गर्दछन् । चितवन र छिमेकी जिल्लाबाट सेवा लिन बिरामी यहाँ आउने गर्दछन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बागलुङमा चौबीस हजारले गरे स्वास्थ्य बीमा
Next article बङ्गलादेशको प्रधानमन्त्री गोल्ड मेडलबाट डा. पन्थी सम्मानित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133154
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web