• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बीमांक योगदान भन्दा बढी उपचार खर्च

March 27th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बीमांक योगदान भन्दा बढी उपचार खर्च

चितवन, १३ चैत: चितवन जिल्लामा बीमांक योगदान रकमभन्दा बढी सेवा प्रदायकले उपचार खर्च लिएका छन् ।स्वास्थ्य बीमा बोर्डका ३ नम्बर प्रदेशका संयोजक कृष्णप्रसाद भट्टराईका अनुसार जिल्लामा बीमा योगदान रकम रु छ करोड ४७ लाख ३० हजार ६७० संकलन भएको छ भने सेवा प्रदायकलाई रु आठ करोड दुई लाख ४९ हजार २६५ भुक्तानी भएको छ ।देशभरका ३१ जिल्लामा बीमा कार्यक्रम सञ्चालन भइरहेको छ । भट्टराईका अनुसार सबैभन्दा बढी बीमा भएको जिल्ला र बीमा योगदान रकमभन्दा बढी प्रदायकलाई भुक्तानी भएको जिल्ला पनि चितवन हो । उहाँका अनुसार चितवनमा एक लाख नौ हजार ३०६ जनाले बीमा गरेका छन् जसमध्ये ५७ हजार ४५० जनाले सेवा लिइसकेका छन् ।

विसं २०६८ को जनगणनाअनुसार जिल्लाको जनसंख्या पाँच लाख ९२ हजार ६०१ रहेको छ । कूल जनसंख्याको १८ दशमलव ४४ प्रतिशत जनताले बीमा गरेको उहाँले बताउनुभयो ।

भट्टराईका अनुसार बीमा लागू भएका ३१ वटा जिल्लामा पाँच लाख ८६ हजार ८२७ जनाले बीमा गरेका छन् जसमध्ये एक लाख १४ हजार ९०७ जनाले सेवा लिएका छन् । कूल बीमा योगदान रकम रु ३२ करोड १९ लाख दुई हजार ५०० संकलन भएको उहाँले बताउनुभयो । सेवा भुक्तानीबापत रु १५ करोड ५० लाख भुक्तान भएको छ ।

सचेत नागरिक भएकै कारण चितवनमा बीमाप्रतिको आकर्षण बढेको अनुमान छ । जिल्लाका १२ वटा अस्पतालले सेवा दिइरहेका छन् जसमध्ये सबैभन्दा बढी चितवन मेडिकल कलेजले ३५ हजार १८ जनालाई बीमा दाबी उपचार गरेको जनाएको छ ।

ती अस्पतालमध्ये गुञ्जमानसिंह अस्पतालबाट भने अहिलेसम्म कसैले पनि बीमा दाबी गरेर उपचार गरेका छैनन् । जिल्लामा असार १ गतेबाट बीमा कार्यक्रम शुरु भएको हो ।  (रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हरेक वडामा सरकारी स्वास्थ्य संस्था : स्वास्थ्य राज्यमन्त्री
Next article फूड सप्लिमेन्ट्स व्यवसायीको महाधिवेशन बैसाख ८ मा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133244
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

44
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

47
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web