• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जलवायु परिवर्तन र स्वास्थ्य सम्बन्धि सम्मेलन सुरु

March 29th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जलवायु परिवर्तन र स्वास्थ्य सम्बन्धि सम्मेलन सुरु

हेल्थ टुडे,

काठमाडौं, १५ चैत : जलवायु परिवर्तन र स्वास्थ्य सम्बन्धि पहिलो सम्मेलन बिहीबारदेखि राजधानीमा सुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा जलवायु परिवर्तनले स्वास्थ्यमा परेको र पार्न सक्ने प्रभाव तथा अवलम्बन गर्नु पर्ने रणनीतिका बिषयमा सरोकारवालाहरु बिच गहन छलफल हुनेछ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजना तथा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहयोगमा सुरु भएको सम्मेलनको स्वास्थ्य राज्यमन्त्री पद्मा आर्यालले उद्घाटन गरेकी हुन । राज्यमन्त्री आर्यालले जलवायु परिवर्तनले स्वास्थ्यमा प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पारिरहेकोले यसका बिषयमा गहन छलफल गरि ठोस निश्कर्ष निकाल्न सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरिन । उनले यो बिषयलाई सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयले छुट्टै साखा खडा गरेर काम अगाडि बढाइसकेको जानकारी दिइन ।

कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिष्दका अध्यक्ष डा. अञ्जनीकुमार झाले विकसित राष्ट्रहरुले वातावरण प्रदुशणका क्षेत्रमा गरेका नकारात्मक कामको असर नेपाल जस्तो विकाशोन्मुख देशका जनताले बेहोर्नु परेको तथ्यांक प्रस्तुत गर्दै यसका बिषयमा आवश्यक नीति निर्माण गरेर कार्यन्वयन गर्नु पर्नेमा जोड दिए । डा. झाले भने, ‘जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको र पार्न सक्ने प्रभाव तथा समस्या समाधानका लागि आवश्यक पर्ने अनुसन्धान गर्न हामी तयार छौ । यस बिषयमा सबैको चासो र चिन्ता हुनु पर्छ । ’

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोस भेन्डेलियरले तापक्रम वृद्घिले सरुवा रोगको संक्रमण मात्र नभए नसर्ने रोगको संक्रमण समेत बढिरहेको बताए । जलवायु परिवर्तनका कारण स्वास्थ्यमा पार्ने प्रभावका बिषयमा स्पष्ट नीति बनाएर अगाडि बढ्नु आवश्यक रहेको उनले बताए ।  कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. शुशिलनाथ प्याकुरेलले जलवायु परिवर्तनकै कारण दार्चुला र मुस्ताङ जस्ता हिमाली जिल्लामा समेत मलेरियाका बिरामी फेला परको बताउदै यसका बिषयमा समयमै पहल कदमी गर्न स्वास्थ्य मन्त्रालय अगाडि बढीरहेको जानकारी दिए । स्वास्थ्य मन्त्रालय, चिकित्सा महासाखा प्रमुख डा. भोलाराम श्रेष्ठले जलवायु परिवर्तन स्वास्थ्यको मात्र एजेण्डा नभएकाले सबै मन्त्रायल बिच समुन्वय हुनु पर्नेमा जोड दिए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वातावरण विज्ञ डा. मेघनाथ धिमालले जलवायु परिवतनका कारण बढ्दो तापक्रमले डेंगू, मलेरिया, झाडापखाला जस्ता किटजन्य रोगहरुको संक्रमण बढिरहेको तथ्यांक प्रस्तुत गर्दै एक डिग्री सेन्टिग्रेट तापक्रम बढ्दा नेपालमा करिव ४ प्रतिसत झाडापखालाको संक्रमण बढ्ने गरेको जानकारी दिए । शुक्रबारसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तन र स्वास्थ्यका बिषयमा विभिन्न विज्ञहरुका एक दर्जन जति कार्यपत्र प्रस्तुत हुने छन् । सम्मेलनले यस बिषयमा सरकारलाई प्रष्ठ दिशावोध गर्ने छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्रालयको विभागीय जिम्मेवारी राज्यमन्त्रीलाई
Next article डान्स, रेन्टुराँमा काम गर्ने महिलालाई पाठेघरको समस्या

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Aug 27th 10:49 AM
समाचार

बाढीले यातायत अवरुद्द भएपछि हुम्ला भन्दा पनि दुर्गम भयो त्रिशुली अस्पताल

Aug 27th 10:14 AM
समाचार

कोटेश्वर क्याम्पसका प्राध्यापक एवं कर्मचारीद्वारा भोटेकोशी बाढी प्रभावितलाई ५१ हजार सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134296
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web