• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 15th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

समयमा उपचार नहुँदा अपाङ्ग बन्दै कुष्ठरोगी

April 4th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
समयमा उपचार नहुँदा अपाङ्ग बन्दै कुष्ठरोगी

ललितपुर, २१ चैत : कीटाणु फैलिएपछि मात्रै उपचारका लागि आउँदा कुष्ठरोग प्रभावित बिरामी अपाङ्ग बन्दै गइरहेका छन् ।रोगप्रतिको सामाजिक दुष्टिकोण बदलिन नसक्दा बिरामीले रोगको लक्षण देखिनासाथ उपचारका लागि अस्पताल जाने नगरेको आनन्दवन अस्पतालका तालीम संयोजक गोपाल पोखरेलले बताउनुभयो ।समयमै उपचार गर्दा रोग निको हुन्छ, उहाँ भन्नुहुन्छ, “शुरुमा उपचार गर्दा रोगको कीटाणु फैलन पाउँदैन तर ढिला उपचार गर्दा बिरामीको अङ्गभङ्ग हुन्छ ।”

यो रोगको उपचारमा ढिलाइ गर्दा हात र खुट्टामा लाटोपना(स्पर्श शक्ति नहुने) र औंला कमजोर एंव बाङ्गो हुनथाल्छ । उहाँ भन्नुहुन्छ, “कीटाणु प्रवेश गरेर पनि उपचार शुरु नगर्दा बिरामीले पोलेको वा किला बिजेको समेत थाहा नपाउने हुन्छ ।” ढिलो औषधि खाँदा निको नभए पनि थप अङ्गभङ्ग हुनबाट जोगिन्छ ।

यो रोगलाई धर्मसँग हेरिएका कारण बिरामी समयमा उपचारका लागि अस्पताल नपुग्ने पोखरेल बताउनुहुन्छ । पहिले कुष्ठरोगलाई कुष्ठी, कोढ, महारोग वा सुनबैरी भन्ने गरेको थियो । यसलाई पूर्व जन्मको पाप, देवता लागेर वा नाग लागेर भन्ने धेरैमा विश्वास रहेको थियो । अझै पनि धेरैले यसलाई वंशाणुगत रोगका रुपमा लिने गरेका छन् ।

उहाँ भन्नुहुन्छ, “अरु सरुवा रोग जस्तै कुष्ठरोगको कीटाणु शरीरमा प्रवेश गरेपछि मात्रै रोग लाग्छ भन्ने आम मानिसलाई बुझाउन खाँचो छ ।” शरीरमा धेरै कीटाणु भएका र उपचार शुरु नगरेका बिरामीबाट हावामार्फत रोग सर्छ । सरकारले सात वर्ष पहिले कुष्ठरोग निवारण घोषणा गरे पनि नयाँ बिरामीको संख्या वर्सेनि बढिरहेका छन् । (रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मालश्री काफ्लेको स्मृतिमा भागवत गीता प्रवचन र योगा
Next article जिल्ला जनस्वास्थ्य कार्यालय तत्काल खारेज नहुने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131962
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web