• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

एचआइभी भन्ने सुन्नासाथ नकारात्मक सोच जन्मिन्छ

April 18th, 2018 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एचआइभी भन्ने सुन्नासाथ नकारात्मक सोच जन्मिन्छ

तेह्रथुम, ५ वैशाखः जिल्लाका सर्वसाधारण आफूलाई एचआइभी रहे÷नरहेको परीक्षण गर्नै नमान्ने गरेका चिकित्सकले बताएका छन् ।
जिल्ला अस्पताल सहित अन्य स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये अधिकांशले एचआइभी परीक्षण गर्नु पूर्व जानकारी दिँदा परीक्षण गर्नै नमान्ने गरेका हुन् । जिल्ला भित्र ल्याब सेवा रहेको जिल्ला अस्पताल सहित वसन्तपुर र सक्रान्ति प्राथमिक स्वास्थ्य केन्द्रमा एचआइभी परीक्षण गर्ने सुविधा छ ।
त्यस बाहेक हालैमात्र जिल्ला जनस्वास्थ्य कार्यालयको निर्देशन बमोजिम सबै स्वास्थ्य संस्थामा एचआइभी भए÷नभएको परीक्षण गर्न गर्न थालेपनि जिल्लाका स्वास्थ्य संस्थामा आउने बिरामीले परीक्षण गर्नै नमान्ने गरेका जिल्ला जनस्वास्थ्य प्रमुख डा मुक्तिनारायण शाहले बताउनुभयो । “एचआइभी भन्ने सुन्नासाथ नकारात्मक सोच जन्मिएर होला, कसैले पनि परीक्षण गर्न मान्दैनन् ।” लाज, डर र त्रासका कारण परीक्षण गराउन नमान्ने गरेका उहाँको बुझाइ छ ।”
जिल्लामा गर्भवती महिलाको भने अनिवार्य एचआइभी परीक्षण हुने गरेको छ । अन्य व्यक्तिमा भने शंका लागेमामात्र परीक्षण गर्ने गरिएको छ । कार्यालयले हालै शुरु गरेको सेवाबाट विशेषगरी गर्भवती महिलामा एचआइभी भाइरस पोजेटिभ रहे÷नरहेको प्रारम्भिक जानकारी हुनेछ । सो सुविधा जिल्ला अस्पताल सहित ३२ वटै स्वास्थ्य चौकीमा शुरु भएको डा शाहले बताउनुभयो । जिल्ला अस्पतालको ल्याबमा हरेक दिन सयौँ बिरामी आउँछन् । धेरैजना बिरामीको रगत परीक्षण भइरहेको हुन्छ तर ती बिरामीको रगत परीक्षण गर्दा एचआइभी परीक्षण गर्न सुझाव दिए परीक्षण नै गर्न नमान्ने गरेका कार्यालयका सूचना अधिकारी लभरेञ्ज शाहले बताउनुभयो । एचआइभीको भाइरसले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा क्रमशः ह्रास ल्याउँदै मृत्युसम्म पु¥याउन सक्छ । यसको संक्रमणबाट जीवनभर मुक्त हुन सकिँदैन तर प्रारम्भिक अवस्थामै रोग पत्ता लगाई रोकथामका उपाय अपनाउन सके केही समयसम्म सहजै बाँच्न सकिने स्वास्थ्यकर्मी बताउँछन् । यो भाइरसबारे सर्वसाधारणमा चेतना नभएका कारण यस्तो भएको जिल्ला जनस्वास्थ्य प्रमुख डा शाहले बताउनुभयो ।
यो रोगबारे चेतना वृद्धि गर्न सरकारले वर्षेनी करोडौँ रुपैयाँ लगानी गरिरहे पनि त्यो लगानी नागरिकको तहसम्म पुग्न सकेको छैन । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३÷७४ मा ४६४ जनाले एचआइभी परीक्षण गराएका छन् ।
जिल्ला अस्पतालमा यौन रोगीलाई परामर्शका लागि छुट्टै कक्ष अर्थात् भिसिटी सेन्टरको व्यवस्था गरिएको छ । अस्पतालमा आउने यौन रोगीमा गरिएको परीक्षणबाट रोग पत्ता लागेकासंग परामर्श गरी औषधि सेवनका लागि पठाइने गरिएको छ तर यौन रोग लागेर परामर्शका लागि आउने बिरामीमध्ये धेरैले परीक्षण गर्नै नमान्ने गरेको उहाँले बताउनुभयो ।
परीक्षण गर्दा एचआइभी पोजेटिभ देखिए सार्वजनिक हुने त्रासका कारण कमैले मात्र परीक्षण गर्न सहमति दिने गरेको स्रोत व्यक्ति श्रेष्ठको दाबी थियो । एचआइभी रोगीलाई औषधि सेवनका लागि सहज होस् भन्ने ध्येयले सरकारले त्रैमासिक रुपमा रु दुई हजार सहयोग गर्दै आएको छ ।
नेपालमा सन् १९८८ देखि देखिएको एचआइभीबाट हाल ५० हजार २८८ जना संक्रमित छन् । विशेषगरी रगतको माध्यमबाट एकबाट अर्को व्यक्तिमा सर्ने भएकाले यो रोगको संक्रमण असुरक्षित यौन सम्पर्कबाट फैलिने गरेको चिकित्सक बताउँछन् ।
(रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बाजुरामा नौ वटै स्थानीय तहमा औषधिको अभाव
Next article कुन समय बढी डस्छ सर्पले ?

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

Jun 4th 7:32 AM
समाचार

चिकित्सक संघ, रोटरी क्लव र डब्लूएचओको पहलमा सर्पदंश रोकथाम सम्वन्धी कार्यशाला सम्पन्न

Jun 3rd 12:24 PM
समाचार

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

Jun 3rd 12:13 PM
समाचार

मेड आईक्यूले ल्यायो ‘हस्पिटल अपरेटिङ सिस्टम’ नामक आधुनिक सफ्टवेयर

Jun 1st 9:20 AM
समाचार

नेपाल र किम्स अस्पतालबीच स्वास्थ्य सेवामा सीप र क्षमता अभिवृद्धिका लागि सहकार्य

May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:02 PM
समाचार

मेडिकल पत्रका सम्पादक कट्टेल सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131559
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

13
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web