• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 25th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

कुन समय बढी डस्छ सर्पले ?

April 19th, 2018 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कुन समय बढी डस्छ सर्पले ?

डा. हिमेशचन्द्र साह,

गर्मी र बर्खाको मौषम सुरु भएको छ । यो बेला तराईमा बढी गरेर सर्पदंशको बिगबिगी हुन्छ । सर्पले कसैलाई हानि पु¥याउनमा मानिसको लापरबाही पनि उत्तिकै जिम्मेवार हुन्छ । सावधानी अपनाउन सके सर्पदंशबाट धेरै हदसम्म जोगिन सकिन्छ ।

बिहान सबेरै ३ बजेदेखि ६ बजेसम्म सर्पले सबैभन्दा बढी डस्ने गरेको पाइएको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनी भन्छन्, चर्पी टाढा हुने, बाटो सफा नहुने र टर्च उपयोग नगर्ने बानीले झिसमिसेको यो तीन घन्टामा सर्पदंश बढी हुने गरेको छ । बिहानै चर्पी जाँदा आउँदा होसियारी अपनाउन सके तराईमा सर्पदंशको घटना दुई तिहाइले घट्न सक्छ ।

इपिडिमियोलजीको तथ्यांकअनुसार मुलुकमा बर्सेनि करिब १० हजार सर्पदंशको घटना हुने गरेको छ । सम्पूर्ण सर्पदंशमध्ये २५ देखि ३० प्रतिशत जति विषालु सर्पको टोकाइ हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानद्वारा प्रकाशित नेपालका विषालु सर्पहरू पुस्तकको अनुसार मुलुकमा सर्पदंश क्षेत्रमा बर्सेनि प्रतिलाख एक सय ६२ जनाले ज्यान गुमाउँछन् । सर्पदंश गर्मी क्षेत्रको ग्रामीण र गरिब जनसमुदायमा बेवास्ता गरिएको एउटा स्वास्थ्य संकट हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को आंकलन अनुसार विश्वमा बर्सेनि ५० लाख व्यक्तिलाई सर्पले टोक्ने गरेको छ । यसमध्ये अधिकांश दक्षिणपूर्व एसिया र अफ्रिकाका छन् ।

सम्पूर्ण टोकाइमध्ये करिब २४ लाख विषालु सर्पको डसाइ हुन्छ । बर्सेनि विषालु सर्पको टोकाइले एक लाख २५ हजारसम्म मृत्यु हुन्छ भने करिब चार लाख व्यक्तिको अंग काट्नुपर्नेलगायत अन्य शारीरिक समस्या देखिने गरिएको डब्लूएचओले उल्लेख गरेको छ ।

डब्लूएचओका अनुसार करिब ६ सय प्रजातिका सर्प विषालु हुन्छन् भने यिनीहरूको ५० देखि ७० प्रतिशतसम्मको टोकाइ विषालु हुने गरेको छ । नेपालमा करिब ८९ प्रजातिका सर्प पाइएको तथ्यांक छ । यसमध्ये करिब १७ प्रतिशत सर्प खतरनाक मानिन्छ । डब्लूएचओका अनुसार विषालु सर्पले डसेपछि उपयुक्त एन्टिभेनमसँग तुरुन्त चिकित्सा सेवा आवश्यक हुन्छ ।

जुलाईदेखि सेप्टेम्बरसम्म सर्पको टोकाइ सबैभन्दा बढी हुन्छ । सर्पले टोकेपछि बिरामीलाई तुरुन्त एन्टिस्नेक भेनम उपलव्ध अस्पतालमा पु¥याएर उपचार गराउनुको कुनै विकल्प छैन ।   मुलुकमा सबैभन्दा बढी गोमन र करेतको टोकाइ हुने गरेको छ । करेतले धेरैजसो राति सुतेको बेला थाहै नहुने गरी डस्ने गर्छ भने गोमनले सामान्यतः दिउँसो कामको समय वा साँझ बिहान डस्ने गरेको छ । पूर्वी नेपालमा गोमन र पश्चिमी नेपालमा करेतको टोकाइ बढी देखिन्छ ।

गोमन र करेतजस्ता विषालु सर्पले टोक्दा हरेक पटक मान्छेलाई मार्न सक्ने मात्रामा विष छोड्न सक्दैन । ड्राई बाइट भनिने यस्तो टोकाइबाट प्रभावितमा विषको लक्षण देखिँदैन । मुलुकमा विषालु सर्पले टोकेकामध्ये करिब १० प्रतिशत जति मात्र ड्राई बाइट हुन्छ । सर्पको विष नलागे पनि वा विषहीन सर्पले टोके पनि पीडितको आत्तिएर समेत ज्यान जाने गरेको छ ।

विषालु सर्पको टोकाइले शरीरमा रासायनिक प्रभाव उत्पन्न हुने मात्रामा विष छोड्न सक्दैन । गोमन सर्पको ३० प्रतिशत टोकाइ, मलयन पिट भाइपर र रसेल्स भाइपरको ५० प्रतिशत टोकाइ र साउ स्केल्ड भाइपरको ५ देखि १० प्रतिशत टोकाइले शरीरमा कुनै पनि प्रकारको विषको लक्षण उत्पन्न हुँदैन । टोके पनि सर्पले आफूसँग संरक्षित राखेको विष शरीरमा हाल्न सक्दैन ।

सर्पको टोकाइमा विषले नभएर आत्तिएर समेत ज्यान जाने घटना प्रशस्त देखिने गरिएकोले बिरामीलाई सान्त्वना दिनु आवश्यक हुन्छ ।

विज्ञहरूको अनुसार सर्प विषलाई सामान्यतः चार वर्गमा बाँडिन्छ । पहिलो वर्ग अन्तर्गतको साइटोटाक्सिनले स्थानीय तन्तु (टिस्यु) लाई क्षतिग्रस्त पार्छ । यस्तै हिमोटाक्सिनले गर्दा आन्तरिक रक्तस्राव हुन्छ ।  विषमा रहेको न्युरोटाक्सिन स्नायु यन्त्रलाई क्षतिग्रस्त गर्छ र कार्डियोटक्सिनले सीधा मुटुमा असर गर्छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वीर अस्पताललाई थाइराइडको क्यान्सर पत्ता लगाउने सफ्टवेयर हस्तान्तरण
Next article एचआइभी भन्ने सुन्नासाथ नकारात्मक सोच जन्मिन्छ

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Aug 25th 11:56 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८ औं कलेजो प्रत्यारोपण सफल

Aug 25th 11:42 AM
समाचार

पाँच महिना बित्दा पनि सकिएन स्वास्थ्यमा सरुवा : नीति योजनामा डा. विवेक र क्षयरोगमा डा. गुणनीधि

Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134266
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

97
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

100
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web