• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 27th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सन् २०३० भित्र संसारबाटै रेबिज उन्मूलन गर्ने प्रतिबद्धता

May 2nd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सन् २०३० भित्र संसारबाटै रेबिज उन्मूलन गर्ने प्रतिबद्धता

हेल्थ टुडे,
काठमाडौं, १९ बैशाखः थाइल्यान्डकी राजकुमारी डा. चुलावर्न मैडोलले रेबिज उन्मूलनका लागि भएका प्रगतिका विषयमा छलफल गर्न विश्व स्वास्थ्य संगठनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले आगामी दुई वर्ष्भित्र थाइल्यान्डबाटै रेबिज उन्मूलन गर्ने प्रतिबद्धता जनाएकी छन् । मंगलबार काठमाडौंको होटेल र्या्डिसनमा भएको उद्घाटन सत्रमा प्रमुख अतिथि रहेकी मैडोल सन् २०२० भित्र थाइल्यान्डलाई रेबिजमुक्त बनाउन कटिबद्ध रहेको बताएकी हुन ।
राजकुमारी चुलावर्नको अगुवाइमा थाइल्यान्डमा रेबिज विरुद्धको खोप, कुकुरको सही व्यवस्थापन र जनचेतनाका काम भइरहेका छन् । रेबिज उन्मूलनका लागि सर्वसाधारणमा यसबारे ज्ञान बाँड्नुपर्ने र उनीहरुको उत्तरदायी बताइदिनुर्ने उनको भनाई छ । उनले आफ्नोे ठाउँमा रेबिजबाट मान्छे मर्न दिनुहुँदैन भनेर उत्तरदायित्व बहन गरिरहेको बताइन ।
स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले राजकुमारी चुलावर्नले रेबिज उन्मूलनका लागि लिएको नेतृत्वको प्रशंसा गर्दै नेपालको अवस्था अवगत गराएकी थिइन् । तीन चौथाइ नेपालीहरु रेबिजको जोखिममा रहेको बताउँदै उनले वर्षेनी सय जनाको मृत्यु हुने जानकारी गराइन् । हामी रेबिज नियन्त्रणका लागि पछिल्लो एक दशक देखि सक्रिय रुपमा लागिरहेको अवगत गराउदै सन् २०३० भित्र संसारबाटै रेबिज उन्मूलन गर्ने लक्ष्यप्रति प्रतिबद्ध रहेको जानकारी गराइन ।
संगठनका सहायक निर्देशक मिघुई रेनले सहभागीलाई स्वागत गर्दै विश्वमा रेबिजको वर्तमान अवस्था र विश्व स्वास्थ्य संगठनले उन्मूलनका लागि गरिरहेका प्रयासबारे जानकारी गराएका थिए। स्वास्थ्य सचिव डा पुष्पा चौधरीले अध्यक्षता गरेको उद्घाटन कार्यक्रममा कृषि सचिव प्रकाश माथेमाले समेत मन्तव्य राखेका थिए ।
तीन दिनसम्म चल्ने कार्यक्रममा रेबिज उन्मूलनका लागि हालसम्म भएका प्रयास र आगामी दिनमा चाल्नुपर्ने कदमका विषयमा छलफल आयोजकले जनाएका छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गर्भपतनका लागि औषधी रुचाउछन महिला
Next article गर्मीमा छालाको चिन्ता छ? यसो गर्नुस्

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132767
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web